नेपाल, भारत, चाइना एक्सपो शुरू
आर्थिक परिवेश

११ फाल्गुन,पोखरा ।    पर्यटनको राजधानी पोखरामा भोलि (सोमबार) देखि नेपाल, भारत, चाइना एक्सपो २०२५ हुने भएको छ । पोखरासहित नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा उक्त कार्यक्रम हुने कार्यक्रम संयोजक सुनिल भट्टराईले बताउनुभयो । प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपाल च्याप्टरको आयोजनामा हुने उक्त कार्यक्रममा सहभागी हुन नेपाल सहित भारत र चाइनाबाट क्रेताहरू, विक्रेताहरू, सञ्चारकर्मी र विज्ञ वक्ताहरू लगायत पर्यटनसँग सम्बद्ध सरोकारवालाहरू पोखरामा आइसक्नुभएको एसोसिएसनका सदस्य एवं कार्यक्रम संयोजक भट्टराईले जनाउनुभयो । पोखराको वुलौदी स्थित पोखरा इभेण्ट सेन्टरमा सोमबार बिहान ८ः३० बजेदेखि अनौपचारिक रुपमा कार्यक्रम सुरु हुने भएको छ भने बेलुका ६ः०० बजेपछि उक्त कार्यक्रमको नेपाल सरकारका संस्कृति पर्यटन तथा…

नेपालकाे स्वीटजरल्याण्ड जिरी भ्रमण बर्ष घोषणा
आर्थिक परिवेश

२१ माघ जिरी दोलखा ।    दोलखाको जिरी नगरपालिकाले सन् २०२५ लाई जिरी भ्रमण बर्ष घोषणा गरी विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । आन्तरिक एवम् बाह्र पर्यटकलाई जिरीमा भित्राएर आर्थिक विकास गर्ने लक्ष्य सहित नगरपालिकाको १५ औँ नगरसभाले सन् २०२५ लाई जिरी भ्रमण बर्ष घोषणा गरेको नगरप्रमुख मित्र जिरेलले बताउनुु भयो । सगरमाथाको प्रवेशद्वारको नामले परिचित जिरीमा विशिष्ट भौगोलिक विशेषता, सामाजिक, सांस्कृतिक तथा धार्मिक धरोहर, लोभलाग्दोट्ठवी हावापानी र जैविक विविधता सहित उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको पालिका प्रमुख मित्र जिरेल बताउनुु हुुन्छ । आगामी फागुन ३ गते जिरी भ्रमण बर्ष २०२५ को औपचारिक उद्घाटन गरिने नगरपालिकाले जनाएको छ । एक वर्षको…

भिजिबिलिटी कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित
आर्थिक परिवेश

 २१ पुष  काठमाडौँ ।    प्रतिकूल मौसमका कारण मुलुकका विभिन्न विमानस्थलहरुबाट हुने  हवाई उडान आइतवार  प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुनसकेको छैन । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौँ बाहिरका विमानस्थलमध्ये भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतबाहेक अन्य विमानस्थलमा उडान हुनसकेको छैन । काठमाडौँ विमानस्थलमा भने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रूपमा सञ्चालन भइरहेको छ । आन्तरिकतर्फ काठमाडौँबाट सिधा उडान हुने कतिपय विमानस्थलमा उडान हुन नसकेको जनाइएको छ । बुद्ध एयरका प्रवक्ता…

नेपालमा सञ्चालित होटल तथा लजले एकै पटक २२ लाख ३५ हजार जनालाई सेवा दिनसक्ने
आर्थिक परिवेश

१७ पुष   काठमाडौँ ।    नेपालमा हाल सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानको सङ्ख्या करिब डेढ लाख हाराहारी पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधवार सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८० प्रतिवेदन अनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानको सङ्ख्या एक लाख ४२ हजार दुई सय २३ छ । सबैभन्दा धेरै बागमती प्रदेशमा ५२ हजार एक सय २३ वटा होटल तथा रेस्टुरेन्ट रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा सात हजार एक सय १० रहेको छ । त्यस्तै, कोशीमा २५ हजार आठ सय ८७, मदेशमा ११ हजार सात सय ४०, गण्डकीमा १६ हजार नौ सय…

२०२३ को तुलनामा २०२४ मा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढ्याे
आर्थिक परिवेश

१७ पुष,काठमाडौ ।   सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । मंगलवार बिहानसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ । सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढेको बोर्डका निर्देशक मरिणराज लामिछानेले जानकारी दिनुभयो । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो ।