घोषणापत्रमा शिक्षा क्षेत्रकाे दीर्घकालीन दृष्टिकोण समेट्न माग
आर्थिक परिवेश२५ माघ, काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आगामी निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा शिक्षा क्षेत्रप्रति स्पष्ट, सन्तुलित र दीर्घकालीन दृष्टिकोण समेट्नुपर्ने माग गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले सार्वजनिक, निजी र सामुदायिक क्षेत्रको साझा प्रयासबाट नेपालको शिक्षा प्रणाली विकास हुँदै आएको उल्लेख गर्नु भयाे । निजी विद्यालयहरू समस्या नभई शिक्षा सुधारका महत्त्वपूर्ण साझेदार भएको बताए। उनले शिक्षा क्षेत्रलाई राजनीतिक प्रयोगको विषय नबनाई राष्ट्र निर्माणको आधारका रूपमा हेर्नुपर्नेमा जोड दिनु भयाे । उनले शिक्षा क्षेत्रलाई सार्वजनिक–निजी–सामुदायिक सहकार्यको मोडेलमा अघि बढाउने स्पष्ट नीति आवश्यक रहेको उल्लेख गर्दै शिक्षा सुधारका लागि निजी क्षेत्रलाई…
नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न
आर्थिक परिवेश२५माघ, काठमाडौं । नेपालको निर्माण क्षेत्रको विकासमा केन्द्रित ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’को एघारौँ संस्करण आईतबार सम्पन्न भएको छ । निर्माण क्षेत्रसँग सम्बन्धित स्वदेशी तथा विदेशी प्रविधि, सामग्री र सेवाहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यका साथ काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा माघ २२ गते देखि सञ्चालनमा आएको प्रदर्शनीमा ६५,००० अवलोकनकर्ताहरुले भ्रमण गरेका छन् । ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता रहेको उक्त प्रदर्शनीमा २०० भन्दा बढी स्टलमार्फत निर्माण उद्योगका नवीनतम सेवा तथा सामाग्रीहरू प्रदर्शन गरियो। विगत एक दशकदेखि मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचर एक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा सम्पन्न हँदै आएको नेपाल बिल्डकनले सुरुवातीकाल देखि नै…
चिनिया लगानीकर्ताहरू लुम्बिनीमा लगानी गर्न इच्छुक
आर्थिक परिवेशबुटवल,रुपन्देही । लुम्बिनी प्रदेशमा औद्योगिक विकास, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यसहित लगानी गर्न चिनिया लगानीकर्ताहरूले चासाे देखाएका छन् । चिनिया कम्पनी जिङ्सेङ (हाइनान) इन्भेस्टमेन्ट होल्डिङ कम्पनी लिमिटेडले लुम्बिनी प्रदेश सरकारसँग विकास सहकार्य गर्न प्रस्ताव अघि सारेको छ । कम्पनीले प्रदेश सरकारसँग रणनीतिक साझेदारी स्थापना गर्न चाहेको औपचारिक जानकारी दिँदै समझदारी पत्र (एमओयु)मा हस्ताक्षरका लागि प्रस्ताव समेत गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत स्टेवार्ड चोङले १ फेब्रुअरी २०२६ मा लुम्बिनी प्रदेश सरकारलाई सम्बोधन गर्दै पठाएको पत्रमार्फत औद्योगिक विकास, नेपाली उत्पादनको ब्रान्डिङ र चीन निर्यात प्रवर्द्धनका विषयमा सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्नु भएकाे छ । पत्रअनुसार जिङ्सेङ (हाइनान)…
एपोलो हाइड्रोपावरलाई शेयर निष्काशनका लागि अनुमति
आर्थिक परिवेश२१ माघ, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको छ । कम्पनीलाई अङ्कित मूल्य रु एक सयमा रु १४ करोड १० लाख बराबरको १४ लाख १० हजार कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो । सो कम्पनीको शेयर बिक्री प्रबन्धमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । एपोलो हाइड्रोपावरले ओखलढुंगामा एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । बोर्डले चालु आवको हालसम्म कूल १५ कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ । त्यसमा नौ वटा जलविद्युत् कम्पनी, चार वटा उत्पादन कम्पनी, होटल तथा पर्यटन, विकास बैंक भने एक÷एक वटा रहेका छन्…
औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.५ प्रतिशत
आर्थिक परिवेश२७ पुस, काठमाडौं । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशतले बढेर ५५ खर्ब ९९ अर्ब ९५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १७८ अर्ब २९ करोड (३.५ प्रतिशत) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ मङ्सिर मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.६ प्रतिशतले बढेको छ । २०८२ मङ्सिर मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको…