नेप्से रिसूचक १६ दशमलव ६७ अङ्कले बढेर दुई हजार ५०३ पुग्याे
आर्थिक परिवेश

 ०२ कार्तिक  काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६ दशमलव ६७ अङ्कले बढेर दुई हजार ५०३ दशमलव ८५ को बिन्दुमा कायम भएको छ । आइतवार ३२३ कम्पनीको ६१ लाख ९९ हजार ९२९ कित्ता शेयर २८ हजार ७३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु दुई अर्ब ७९ करोड ११ लाख ८९ हजार ९०९ मा खुम्चिएको छ । आज विकास बैङ्क समूह शून्य दशमलव २१, म्युचुअल फण्ड शून्य दशमलव १३ र निर्जीवन बिमा समूह शून्य दशमलव ३४ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । आइतवार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर…

तुइन खाेलामा अवरुद्ध सडक सञ्चालनमा
आर्थिक परिवेश

 १३ असोज, मुग्लीन । छ घण्टापछि तुइनखोलाको पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालनमा ल्याएको छ । दसैं मनाउन हिडेका यात्रु मुग्लिन–नारायणगढ सडक खण्डको तुइनखोलामा आएको पहिरोले अड्काएको थियो । मध्यान्न १२ बजे सुख्खा पहिरो खसेर अवरुद्ध भएको राजमार्ग साँझ ६ बजे खुलाइएको थियो । सार्वजनिक विदा भएको दिन सोमबार यात्रुको चाप धेरै भएको थियो । मध्यान्हबाटै मुख्य राजमार्गअवरुद्ध भएपछि सडकमा थामनिसक्नुको भिड भएको थियो । पहिरो पन्छाएपछि दुईतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो ।

बचत तथा ऋण सहकारी संस्थाहरुको दर्ता अभिलेखिकरण सम्बन्धी मापदण्ड जारी
आर्थिक परिवेश

१० असोज, काठमाण्डौ ।    राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाहरुको दर्ता अभिलेखिकरण सम्बन्धी मापदण्ड २०८२ शुक्रवार जारी गरेको छ । देशभर सञ्चालनमा रहेका बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाहरुको सुपरिवेक्षण तथा नियमन प्रयोजनका लागि प्राधिकरणले दर्ता अभिलेखिकरण मापदण्ड जारी गरेको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका अध्यक्ष डा खगराज शर्माले बताउनु भयो । मापदण्ड अनुसार देशभरका सबै प्रदेश र स्थानीय तहमा रहेका बचत तथा ऋणका सहकारीहरुले प्राधिकरणमा दर्ता अभिलेखिकरण गर्नु पर्नेछ । अभिलेखिकरणका लागि प्राधिकरणले आधारभूत विवरण, वित्तीय विवरण र अन्य विवरण गरी ३१ प्रकारका विवरणहरु विद्युतीय माध्यमबाट प्राधिकरणमा दर्ता अभिलेखिकरण गर्नु…

प्रदर्शनबाट भएकाे क्षतिको २२ अर्ब २५ करोड ६५ लाख बराबर बीमा दाबी
आर्थिक परिवेश

  ०७ असाेज  काठमाडौँ  ।  जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका क्षतिको  २२ अर्ब २५ करोड ६५ लाख बराबर बीमा दाबी पुगेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार बिमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । सो प्रदेशमा  १७ अर्ब ९७ करोड ७२ लाख बराबरको बिमा दाबी परेको छ । कूल एक हजार ३४३ वटा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ । माइक्रो इन्स्योरेन्स कम्पनीसहित कूल १८ वटा बिमा कम्पनीमा दुई हजार ४७८ वटा दाबीको आवेदन परेका प्राधिकरणले जनाएको छ । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोडलगायत घटना भएका थिए । प्राधिकरणले…

निजी क्षेत्रमा ४० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान
आर्थिक परिवेश

  २९ भदाै,काठमाडाैं ।  देशभर दुई दिनसम्म चलेको जेनजी आन्दोलनले निजी क्षेत्रमा धनजनमा  ठुलो क्षति पुर्‍याएको प्रारम्भिक तथ्यांकले देखाएको छ। नेपाल बीमा प्राधिकरणले आज निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग गरेको छलफलमा ४० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको हो। सो क्षतिबाट करिब २० अर्ब रुपैयाँभन्दा बढीको दाबी भुक्तानी गर्नुपर्ने देखिएको छ। प्राधिकरणका अनुसार प्रारम्भिक मूल्याङ्कन अहिलेसम्म संकलन गरिएका विवरणमा आधारित छ र यकिन तथ्यांक आउन अझै केही दिन लाग्नेछ। सम्बन्धित बीमा कम्पनीलाई बुधबारसम्म सम्पूर्ण विवरण पेस गर्न पत्राचार गरिएको प्राधिकरणले जनाएको छ। सबैभन्दा ठूलो क्षति भाटभटेनी सुपरमार्केट चेनमा भएको छ। भाटभटेनीमा मात्र २० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको…