कस्ताे छ आइतवारकाे लागि विदेशी मुद्राको विनिमयदर
आर्थिक परिवेश२३ कार्तिक काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ…
प्राकृतिक ग्यास विद्युत र मल उत्पादन,खाना पकाउन तथा यातायात सञ्चालन गर्ने क्षेत्रमा प्रयोग गर्न सुझाव
आर्थिक परिवेश२२ कार्तिक,काठमाण्डौ । सरकारले दैलेखस्थित पेट्रोलियम अन्वेषण परियोजनाबाट निस्कने प्राकृतिक ग्यासको उपयोग कसरी गर्ने भन्ने सम्बन्धमा अध्ययन सम्पन्न गरेको छ । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले आफनो प्रतिवेदन उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयमा पेश गरेको छ । नेपाल आयल निगमका निर्देशक विनितमणि उपाध्यायको संयोजकत्वमा गठित कार्यदलले करिव २ महिनाभन्दा बढी समय लगाएर अध्ययन गरेको हो । अध्ययन प्रतिवेदनले प्राकृतिक ग्यासलाई विद्युत उत्पादन, रसायनिक युरिया मल उत्पादन,खाना पकाउने तथा यातायात सञ्चालन गर्ने जस्ता क्षेत्रमा प्रयोग गर्न सकिने देखाएको छ । त्यसका लागि आवश्यक पूर्वाधारहरुको निर्माण निर्माण हुनु पर्नेमा प्रतिवेदनले जोड दिएको छ । प्रशोधन स्थलबाट सुर्खेत…
सरकारले काठमाडौं उपत्यकाको शहरीकरणको ५० वर्षे गुरुयोजना तयार गर्ने
आर्थिक परिवेश१५ कात्तिक, काठमाडौं । सरकारले काठमाडौंको उपत्यकाको शहरीकरणको ५० वर्षे गुरुयोजना तयार गर्ने भएको छ । वागमती सफाइ महाअभियानको ६५० औं हप्ता पूरा गरेको अवसरमा राजधानीमा आयोजित कार्यक्रम ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौं उपत्यकाका शहरीकरको गुरुयोजना तयार गरी सोही बमोजिम योजना कार्यान्वयन अगाडि बढाइने बताउनुभयो । ‘अहिले हामीसँग छोटो समय छ तर काठमाडौं उपत्यकामा आगामी ५० वर्षमा बढ्ने जनसङ्ख्याको प्रक्षेपण गरी सुन्दर बनाउन दीर्घकालीन गुरुयोजना बनाएर सोही बमोजिम शहरलाई सुन्दर बनाउन ढल, विद्युत, खानीपानी, सडक, फोहोर व्यवस्थापन, ढल प्रशोधन केन्द्र स्थापनालगायतका योजना एकीकृत रुपमा बनाएर सोही बमोजिम काम अगाडि बढाउन लागेका…
नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले लगानीका दायरा विस्तार गर्ने
आर्थिक परिवेश१५ कार्तिक, काठमाण्डौ । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले लगानीका दायरा विस्तार गर्दै ठूला र रोजगारमुलक आयोजनामा लगानी गर्ने निर्णय गरेको छ । कम्पनीको शनिवार सम्पन्न साधारणसभाले सरकारी, राष्ट्रिय,अन्तर्राष्ट्रिय तथा गैरसरकारी कोषसँग सार्वजनिक–निजी साझेदारीमार्फत सहकार्य गर्दै सम्भाव्यता देखिएका जलविद्युत्, पर्यटन, सूचना प्रविधि जस्ता ठूला सहरी परियोजनाका लगानी गर्ने निर्णय गरेको हो । त्यसका अतिरिक्त साधारणसभाले कृषि, घरेलु, साना तथा मझौला उद्योगमा लगानी विस्तार गरी ग्रामीण क्षेत्रमा रोजगारी सृजना गर्ने, एनडिपी भेञ्चर तथा एनडिपी डेभलपर नामका छुट्टै संरचना खडा गरी पिइभीसी तथा सहरी पूर्वाधार तथा आवास क्षेत्रमा लगानी गर्ने निर्णय गरेको छ । साधारणसभामा कम्पनीको प्रथम वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका…
मुख्यमन्त्री आचार्यसँग युएनडिपीका प्रतिनिधिकाे भेट
आर्थिक परिवेश१२ कार्तिक दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) को एक प्रतिनिधि मण्डलबिच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी)मा बुधबार भएको हो । भेटमा मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादन अभिवृद्धि गर्दै रोजगारीका पर्याप्त अवसर सृजना गर्न समुदाय परिचालनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले दातृ निकायहरूले समेत सरकारका प्राथमिकतासँग मेल खाने गरी योजनाहरू अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री आचार्यले जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण गर्न समुदायको उत्थानशीलता बढाउने गरी अनुकूलन कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको स्पष्ट पार्नुभयो । उहाँले लुम्बिनी प्रदेशलाई अर्ग्यानिक प्रदेश बनाउने उद्देश्यअनुसार प्राङ्गारिक मल उत्पादनलाई मुख्य कार्यसूचीमा राखिएको बताउनुभयो…