नेपालमा सञ्चालित होटल तथा लजले एकै पटक २२ लाख ३५ हजार जनालाई सेवा दिनसक्ने
आर्थिक परिवेश

१७ पुष   काठमाडौँ ।    नेपालमा हाल सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानको सङ्ख्या करिब डेढ लाख हाराहारी पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधवार सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८० प्रतिवेदन अनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानको सङ्ख्या एक लाख ४२ हजार दुई सय २३ छ । सबैभन्दा धेरै बागमती प्रदेशमा ५२ हजार एक सय २३ वटा होटल तथा रेस्टुरेन्ट रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा सात हजार एक सय १० रहेको छ । त्यस्तै, कोशीमा २५ हजार आठ सय ८७, मदेशमा ११ हजार सात सय ४०, गण्डकीमा १६ हजार नौ सय…

सरकारले शुरू गरयाे वैकल्पिक विकास वित्त कानून तर्जुमाको तयारी
आर्थिक परिवेश

१४ पुष, काठमाडौँ ।   नेपाल सरकारले वैकल्पिक विकास वित्त सम्बन्धी  कानूनकाे तयारी शुरू गरेको  छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकाङ्क्षालाई सम्बोधन गर्न वैकल्पिक विकास वित्त सम्बन्धी  कानूनकाे तर्जुमा शुरू गरिएकाे  बताउनु भएकाे हाे । “राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित परम्परागत स्रोतले मात्र वित्त व्यवस्थापन र विकासको तीव्र आकाङ्क्षा तथा चाहनालाई सम्बोधन गर्न चुनौतीपूर्ण रहेकाेले बैकल्पीक लगानीकाे श्राेतकाे रूपमा  वैकल्पिक विकास वित्त सम्बन्धी  कानून बनाउने प्रकृया शुरू भएकाे छ,अर्थ मन्त्रालयमा आयाेजित आन्तरिक छलफलमा अर्थमन्त्री पौडेलले भन्नुभयो ,। “त्यसैले दीर्घकालीन विकासको आवश्यकतालाई समेत सम्बोधन गर्ने गरी वैकल्पिक विकास वित्तका निम्ति सार्थक र प्रभावकारी कदम चाल्न वैकल्पिक विकास…

कर्णाली चिसापानीमा जालपादेवी केबलकार निर्माण हुने  
आर्थिक परिवेश

१३ पुस, कैलाली ।   कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको   शनिवार शिलान्यास भएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लम्कीचुहाँ नगरपालिका-३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको शिलान्यास गर्नु भकाे हाे  । शिलान्यास कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री डा. राणाले जालपादेवी केबलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताउनु भयाे  । उहाँले  ‘सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ। प्राकृतिक स्रोत एवं सम्पदाहरूले यो भूगोल जति सम्पन्न छ त्यति नै यहाँका नागरिकमा सांस्कृतिक एकता र सद्भाव पनि छ । यसकारण मुलुकको सुदूरपश्चिम क्षेत्रका समुदायहरू विकासप्रेमी पनि छन्। हाम्रो सुदूरपश्चिम प्रदेशमा…

शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ उन्मुख हुनु पर्छ : प्रधानमन्त्री
आर्थिक परिवेश

 २९ मंसिर,    काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाका माध्यमबाट मुलुक आत्मनिर्भरतातर्फ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)को ३०औँ दीक्षान्त समारोह (पहिलो चरण)लाई सम्बोधन गर्दै रोजगारी खोज्ने शिक्षा नभई रोजगारी सिर्जना गर्ने आत्मनिर्भरतामा आधारित शिक्षा दिने ढङ्गले सरकार अघि बढ्ने बताउनुभयो । “अब जब दिने शिक्षा दिने हैन, जब सिर्जना गर्ने खालको शिक्षा, आत्मनिर्भर ढङ्गले जब दिने शिक्षातर्फ अघि बढ्नका छौँ, यसका  केयूलगायतका विश्वविद्यालय नमूनाका रूपमा अघि बढिरहेका छन्” केयूका कुलपति समेत रहनुभएका ओलीले भन्नुभयो । उहाँले विद्यार्थीलाई पढाइसँगै रोजगारीमा जोड्दै आत्मनिर्भर बनाउन देशका नमूना विश्वविद्यालयसँग सहकार्य र समन्वय गर्दै जाने…

महासंघमा वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने व्यवस्था हटेको छ
आर्थिक परिवेश

२५ मंसिर, काठमाडौ ।    नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने व्यवस्था हटेको छ। हाल वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठपछि प्रत्यक्ष निर्वाचन हुने भएको हो। मंगलबार बसेको विशेष साधरणसभाले ६ वटा संशोधन गरेको छ। जसमा अध्यक्षको कार्यकाल २ वर्ष, उपाध्यक्ष ५ जना र १ जना वरिष्ठ उपाध्यक्ष हुने व्यवस्था गरेको छ। हाल उपाध्यक्ष रहेका हेमराज ढकाल, ज्योत्सना श्रेष्ठले अझै २ कार्यकालपछि मात्रै प्रत्यक्षमा निर्वाचन गर्नुपर्ने माग गरेका थिए। तर साधरणसभामा उपस्थित अधिकांश सदस्यले अञ्जन श्रेष्ठपछि नै प्रत्यक्ष निर्वाचन माग गरेकाले त्यसलाई सर्वसम्मत रुपमा पारित गरिएको हो। ‘मंगलबार बसेको विषेश साधरणसभाले अञ्जन श्रेष्ठपछि अध्यक्षमा निर्वाचन हुने व्यवस्था गरेको छ,’ कार्यसमिति…