सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने निर्णयले नकारात्मक असर पार्छ : क्यान महासंघ
आर्थिक परिवेश

२३  भदाै, काठमाडौँ ।     नेपाल सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणमा नआएका सबै सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने निर्णयमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आफ्नो ध्यानाकर्षण गराएको छ । महासंघले सामाजिक सञ्जाललाई सूचीकरण मार्फत नियमन गर्ने सरकारको मूल उद्देश्यप्रति समर्थन जनाए पनि पूर्ण प्रतिबन्धले ल्याउन सक्ने नकारात्मक असरहरूप्रति सरकारलाई सचेत गराएको हो । नेपालमा सूचीकरण नभएकै कारण अपराध, गलत सूचना र व्यक्तिगत सुरक्षासम्बन्धी समस्यामा औपचारिक सम्पर्क कार्यालय नहुनु चुनौती भएको महासंघको भनाइ छ । “सामाजिक सञ्जाल दर्ता प्रक्रियामा ल्याउने सरकारको निर्णयलाई हामी सकारात्मक रूपमा लिन्छौँ । यसले प्रयोगकर्ताको सुरक्षामा टेवा पुग्नेछ, साइबर अपराध नियन्त्रण र राजस्व वृद्धिमा…

सुनको मूल्यमा वृद्धि नयाँ रेकर्ड निर्माण
आर्थिक परिवेश

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला सुन रु दुई लाख पाँच हजार ९०० मा कारोबार भएकोमा आज प्रतितोला रु दुई हजार बढेको हो । चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर रु दुई हजार ४८० कायम भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

कर्णालीमा उद्यमशीलताको विकासका लागि ‘स्टार्टअप कर्जा’ कार्यक्रमले सहयोग पुग्ने
आर्थिक परिवेश

१७ भदाै सुर्खेत ।    कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले प्रदेशको औद्योगिक विकासलाई द्रुत गतिमा अघि बढाउन ‘स्टार्टअप कर्जा कार्यक्रम’ प्रभावकारी हुने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशले आयोजना गरेको ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम अन्तर्गत म‌गलवार सुर्खेतको वीरेन्द्रनगरमा प्रादेशिक कार्यशाला आयोजना  गर्याे  । ‘स्टार्टअप कर्जा कार्यक्रम’ सम्बन्धी प्रादेशिक कार्यशालालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले लगानी अभावमा पछाडि परेको कर्णालीको समृद्धिका लागि उद्यमशीलताको विकासमा ‘स्टार्टअप कर्जा’ कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । सङ्घीय सरकारले ल्याएको ‘स्टार्टअप कर्जा कार्यक्रम’ प्रदेश, स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा व्यवसाय प्रवर्द्धन, बजारीकरणसँगै मूल्य शृङ्खलाको विकासका लागि समेत…

लुम्बिनी र गण्डकी बिच विकास निर्माणमा सहकार्य हुने
आर्थिक परिवेश

१६ भदाै, काठमाण्डौ । लुम्बिनी र गण्डकी प्रदेशबीच विकास निर्माणसँग सम्बन्धि कार्यक्रमलाई थप प्रभावकारी र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सोमवार नौबुँदे निर्णय भएको छ । स्याङ्जाको गल्याङमा सोमवार सम्पन्न मुख्यमन्त्रीस्तरीय दोस्रो बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले साझा विकाससँग सम्बन्धित नौबुँदे निर्णयमा हस्ताक्षर गर्नुभयो । सीमा जोडिएका यी दुई प्रदेशबीच यसअघि २०८१ माघ ३० गते पाल्पाको रानीमहलमा सम्पन्न मुख्यमन्त्रीस्तरीय बैठकमा साझा हित र चासोका विषयमा सहकार्य गर्ने प्रतिबद्धतासहित २१ बुँदे निर्णय भएको थियो । बैठकमा बजेट तथा नीतिगत प्राथमिकतामा रहेका विषयलाई कार्यान्वयनमा जोड दिने र नेपाल सरकारसँग नियमित समन्वय गर्न व्यवस्था मिलाइने, प्रतिबद्धता गरिएअनुसार…

सुदूरपश्चिममा लगानी विस्तार गर्न मुख्यमन्त्री शाहकाे आग्रह
आर्थिक परिवेश

१६ भदौ काठमाण्डौ ।    नेपाल उद्योग परिसंघ र सुदूरपश्चिम प्रदेश सरकारबीच प्रदेशले आयोजना गर्न लागेको लगानी र विकास सम्मेलनका विषयमा केन्द्रित सोमवार छलफल भएको छ । परिसंघको सचिवालयमा भएको छलफलमा मुख्यमन्त्री कमल बहादुर शाहले लगानी सम्मेलनमा सहभागी हुन आग्रह गर्दै सुदूरपश्चिम प्रदेशका उच्च सम्भावना भएका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । प्रदेशमा लगानी भित्र्याउन नेपाल उद्योग परिसंघलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न समेत आग्रह गर्नुभयो । मुख्यमन्त्री शाहले लगानीमैत्री वातावरण बनाउन, सोही अनुरुप कानुनी एवं नीतिगत सुधार गर्न र लगानीको सुरक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सो अवसरमा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको…