उद्योग स्थापना गर्न एकद्वार प्रणाली लागू गर्नुपर्नेमा उद्योगी व्यवसायीकाे जाेड
आर्थिक परिवेश१६ माघ काठमाडौँ । उद्योगी–व्यवसायीले नवप्रवर्तन, साना तथा मझौला उद्योग स्थापनाका लागि लगानीको वातावरण बनाइ कानुनी जटिलता हटाएर एकद्वार प्रणाली लागू गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालयमा आजदेखि सुरु गरेको नवप्रवर्तन तथा एसएमई सम्मेलनको दोस्रो समूहगत छलफलका वक्ताहरूले सरकारले लगानीका लागि कानुनी जटिलता हटाउनुपर्नेमा जोड दिएका हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले सरकारले ल्याएको अध्यादेशले उद्योगी व्यवसायीलाई सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले ल्याएको अध्यादेश महत्वपूर्ण छ । यसलाई छिट्टै कार्यान्वयनमा ल्याएर सहयोग गर्न पनि पनि आग्रह गर्दछु ।” नेपाल महिला उद्यमी महासङ्घका अध्यक्ष…
यूएसएआइडीको अनुदान अन्तर्गतका परियोजनाको काम नगर्नु : अर्थ मन्त्रालय
आर्थिक परिवेश१४ माघ, काठमाण्डौ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआइडी) र नेपाल सरकारबीच भएको अनुदान सहयोगअन्तर्गतका केही परियोजनाको काम नगर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ । अर्थ मन्त्रालयले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै यूएसएआइडीको सहवित्तीय लगानी भएका आयोजनामा उसको स्रोतमा दायित्व सिर्जना हुने गरी काम नगर्न निर्देशन दिएको जनाएको छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको बजेटमा परेका आयोजनामा आउने अनुदान ९० दिनका लागि रोकिएको जानकारी अर्थ मन्त्रालयलाई गराएकाले उसको स्रोतबाट हुने खर्चअन्तर्गतका काम रोक्न निर्देशन दिइएको मन्त्रालयका सहसचिव महेश भट्टराईले जानकारी दिनुभयो । ती आयोजनामा नेपाल सरकारबाट स्रोत बेहोर्ने गरी तय भएका कामहरू भने रोकिने छैनन् ।
सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलियाे
आर्थिक परिवेश११ माघ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ब्रेक थ्रु गर्दै वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको स्पष्ट गर्नुभएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको हो । प्रधानमन्त्री ओली स्थलगतरुपमा पुग्ने कार्यक्रम रहे पनि स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअलरुपमा उपस्थित हुनुभएको हो । प्रधानमन्त्री ओलीले पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यस मार्गका यात्रीहरूलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना साबित हुने बताउँदै यसबाट लाभ…
देशकाे दाेश्राे सिद्धबाबा सुरुङ मार्ग छिचाेलिंदै पहाड तराईसँग जाेडिने
आर्थिक परिवेश११ माघ काठमाडौं | पहाडलाई तराईसँग अर्थात रुपन्देही जिल्लालाई पाल्पासँग जाेड्ने सिद्धबाबा सुरुङ मार्गको मुख्य टनेल छिचाेल्ने ‘ब्रेक थ्रू’ आज, ( शुक्रबार) गर्ने तयारी भएकाे छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबा मन्दिर नजिक रहेको बहुचर्चित सुरुङको मुख्य टनेलको ‘ब्रेक थ्रू’को सबै तयारी पूरा भएको आयोजक सिद्धबाबा सुरुङमार्ग आयोजना प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो। अधिकारीका अनुसार ‘ब्रेक थ्रू’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायत अन्य अधिकारीहरूको उपस्थिति हुनेछ। यो सुरुङ निर्माणको काम गत वर्ष माघ ४ गतेदेखि शुरू भएको थियो। ‘ब्रेक थ्रू’का लागि साढे १ मिटर भाग सुरक्षित राखिएको छ र बाँकी भागमा ब्लास्टिङ गरेर सिद्धबाबा मन्दिर…
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि (आरएनपी–एआर) प्रणाली लागु
आर्थिक परिवेश१० माघ, भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहीबारदेखि ‘रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन–अथोराइजेसन रिक्वायर्ड’ (आरएनपी–एआर) प्रणाली लागु भएको छ । भिजिबिलिटी समस्या समाधान गर्न यसअघि लागु गर्ने भनिएको ‘इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम’ (आईएलएस) प्रणालीलाई भारतले अनुमति नदिएपछि भूउपग्रहमा आधारित आरएनपी–एआर प्रणाली लागु गरिएको हो । विशेषगरी मंसिर, पुस र माघमा बाक्लो हुस्सुले भिजिबिलिटी कम हुने समस्याले गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय मात्र नभई आन्तरिक उडान समेत स्थगन हुने गरेको छ । यो समस्या समाधानका लागि आरएनपी–एआर प्रणाली लागु गरिएको हो । हाल यान्त्रिक विधि (आईएफआर) मा उडान गर्दा विमानस्थलको न्यूनतम भिजिबिलिटी १ हजार ८ सय मिटर चाहिने अवस्था रहेकोमा अब आरएनपी–एआर विधिमा ९ सय…