नेपालको अर्थतन्त्रमा सुधारको प्रारम्भिक सङ्केत देखिएकाे छ : अन्तर्राष्ट्रिय मुद्रा कोष
आर्थिक परिवेश

  काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको अर्थतन्त्रमा सुधारको प्रारम्भिक सङ्केत देखिएको एको छ । आईएमएफको श्रीलङ्काका लागि आवासीय प्रतिनिधि सारवत् जहाँको नेतृत्वमा यही सेप्टेम्बर ११ देखि २२ तारिखसम्म नेपाल भ्रमणमा रहको आईएमएफ टोलीले उक्त भ्रमणबारे प्रेस विज्ञप्ति जारी गर्दै क्षेत्रगत सुधारका लागि नेपालले थप कदम चाल्नुपर्ने जनाएको हो । यो भ्रमणको मुख्य उद्देश्य आईएमएफले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधा (इसिएफ) कार्यक्रमको कार्यान्वयनको अवस्थाबारे समीक्षा र समष्टिगत आर्थिक स्थितिको जानकारी लिनु रहेको विज्ञप्तिमा उल्लेख छ । “नेपालको अर्थतन्त्रले पुनःउत्थानको प्रारम्भिक सङ्केत देखाइरहेको छ । नयाँ तथ्याङ्कले आयातको वृद्धि सकारात्मक दिशामा प्रवेश गरिरहेको देखाएको छ । कर सङ्कलनमा सुधार…

सामान्य प्रक्रियाबाट फर्छ्यौट हुन नसकेका बेरुजु फर्छ्यौट गर्न बेरुजु फर्छ्यौट समिति बनाउने सरकारकाे निर्णय
आर्थिक परिवेश

   ०४ असाेज  काठमाडौँ ।   सरकारले सामान्य प्रक्रियाबाट फर्छ्यौट हुन नसकेका बेरुजु फर्छ्यौट गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा ‘बेरुजु फर्छ्यौट समिति’ गठन गर्ने र समितिको कार्यक्षेत्र तोक्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसको रुपमा मनाउने निर्णय भएको जानकारी दिनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका गुरुङले भन्नुभयो, “आगामी कात्तिक ५ देखि १० सम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा आयोजना हुने विश्व बैङ्क समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग…

सरकारले शुरू गरयाे चाडपर्व लक्षित सुपथ मूल्य पसल देशभर ७४ स्थानमा
आर्थिक परिवेश

०३ असाेज,काठमाडौँ ।   सरकारले  विजयादशमी,  नेपाल संवत्,  शुभ दीपावली र छठलगायतका चाड पर्वका अवसरमा चाडपर्व लक्षित सुपथ मूल्य पसल शुरू गरेकाे छ । देशका विभिन्न भागमा संचालन हुने सुपथ मुल्य पसलकाे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको काठमाडाैकाे थापाथलीस्थित प्राङ्गणमा सुपथ मूल्य पसल उद्घाटन गरेर शुभारम्भ गर्नु भयाे  । सुपथ मूल्य पसल उद्घाटन कार्यक्रममा   उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधानमा खाद्य सुरक्षा र सम्प्रभुता मौलिक हकका रुपमा राखिएकाले त्यसको कार्यान्वयनमा सरकार लागेको बताउनु भयाे । उहाँले संविधानमा गरिएका व्यवस्था जति छिटो कार्यान्वयन गरियो, त्यति नै सुशासन हुने बताउनुभयो । चाडपर्वका अवसरमा बिहिवारदेखि देशका ७४…

नेपाल र अमेरिका टिफा काउन्सिल बैठक सम्पन्न शुन्य भन्सार सहुलियत निरन्तरताका लागि जाेड
आर्थिक परिवेश

३१ भदौ,काठमाडौ ।   नेपाल र संयुक्त राज्य अमेरिकाबीच गठित व्यापार तथा लगानी ढाँचा सम्झौता अन्र्तगतको परिषद् (टिफा काउन्सिल)को सातौँ बैठक दुई पक्षीय व्यापार तथा लगानीका विभिन्न पक्षमा छलफल गर्दै सम्पन्न भएको छ । बैठकमा नेपाल र अमेरिका बीचको आपसी व्यापार, अमेरिकाले नेपाली ७७ वस्तुहरुमा उपलब्ध गराउदै आएको शुन्य भन्सार सहुलियतमा वस्तुहरुको सूचि थप गर्ने तथा विस्तार गर्ने, नेपालमा अमेरिकी लगानी तथा प्रविधिको विस्तार लगायतका विषयहरुमा छलफल भएको छ । बैठकमा नेपालले अमेरिकी पक्षलाई टिफा प्रमेवर्क अन्र्तगत नेपाली वस्तुहरुको थप सूचि समेत उपलब्ध गराउनुका साथै भन्सार सुविधालाई नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नती भएपछि पनि निरन्तरता दिन आग्रह गरेको छ । बैठकमा…

कोषले ५ लाख ७५ हजार सञ्चयकर्ताको करिव ६ खर्ब बराबरको रकम व्यवस्थापन गर्दै
आर्थिक परिवेश

३१ भदौ,काठमाडौ ।  कर्मचारी सञ्चय कोषले आप्फनाे स्थापनाको ६३ औ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरको आयोजना गरी मनाएको छ । वार्षिकोत्सवको अवसरमा काठमाण्डौको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित समारोहमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सञ्चयकर्ताको भरोसालाई विश्वासमा लिन औषत भन्दा अधिकतम प्रतिफल दिने किसिमले काम गर्न आग्रह गर्नुभयो । कर्मचारी सञ्चय कोषले नेपाल सरकारले मानव जीवनचक्रको आधारमा सञ्चालित सामाजिक सुरक्षाका योजनामा सरकारलाई गरिरहेको सहयोगको लागि धन्यवाद दिदै कोेषलाई औसत गतिमा सिमित नभई सञ्चयकर्ताको भरोसालाई विश्वासमा लिन औषत भन्दा पनि अधिकतम प्रतिफल दिने किसिमले काम गर्न आग्रह गर्नुभयो । उहाँले सञ्चयकर्ताहरुको दायरा विस्तार गर्ने र आकर्षण वढाउने किसिमका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने वताउनुभयो ।…