अर्थतन्त्र सुधार्न गोलमेच बैठक बोलाउने प्रधानमन्त्रीकाे तयारी, सोमबार तयारी बैठक
आर्थिक परिवेश

०३ मंसिर,काठमाडौं।  बिग्रँदो अर्थतन्त्र सुधार्ने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार डाकेको बैठक अनौपचारिक तयारी बैठक मात्र हुने भएको छ। सोमबार दिउँसो ४ बजे बैठक तय भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। सोमबारको बैठकमा प्रधानमन्त्री दाहालले अर्थमन्त्री डा प्रकाशशरण महत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायतलाई डाक्नु भएकाे  छ । सोमबारको बैठक अनौपचारिक हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनु भयाे । ‘सोमबारको बैठक ब्रिफिङका लागि मात्र हो। यसमा सरकारी निकायहरुबीच आन्तरिक ब्रिफिङ हुने र गोलमेच बैठकको कार्ययोजना बनाउने विषयमा केन्द्रित हुनेछ,’ आचार्यले जानकारी दिनु भयाे । शुक्रबार दिउँसो तनहुँको आबुखैरनीमा आय‍ोजित पार्टी…

सरकारले चार महिनामा करिव १० प्रतिशत मात्र पूँजीगत खर्च गरयो
आर्थिक परिवेश

०२ मंसिर,काठमाण्डौ ।  चालु आर्थिक वर्षको पहिलो चार महिनाकाे  अवधिमा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत मात्र बजेट खर्च गरेको छ । कात्तिक मसान्तसम्म चालुतर्फ २३ दशमलव ७५, पुँजीगततर्फ नौ दशमलव ९३ र वित्तीय व्यवस्थातर्फ १७ दशमलव ७२ प्रतिशत बजेट खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार कात्तिक मसान्त सम्ममा सरकारको बजेट तीन खर्ब ५५ अर्ब ६३ करोड ४० लाख बराबर खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले चालु खर्च शीर्षकमा हालसम्म दुई खर्ब ७१ अर्ब १७ करोड ४७ लाख बराबर खर्च भएको छ । यस अवधीमा पूँजीगत शीर्षकमा कात्तिक मसान्तसम्ममा २९ अर्ब ९८ करोड ९४ लाख…

कर्जाको माग घटेर तरलता बढेपछि बाणिज्य बैकहरुले ब्याजदर एकल दरमा झारे
आर्थिक परिवेश

३० कार्तिक , काठमाडौं ।   कर्जाको माग अपेक्षा अनुसार नबढेपछि मंसिरबाट लागू हुने गरी अधिकांश बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । पछिल्लो समय बैकहरुमा लगानी योग्य रकम तरलता प्रयाप्तताको अवस्थामा  सुधार भएको छ । बैकहरुले गर्ने नाफामा कमि भएको तथा खराव कर्जाको अवस्था पनि बढेकोले बैकहरुले आपसी समझदारीमा ब्याजदर एकलदरमा झारेका छन् । बैकहरुले लिने ब्याजदर धेरै भएको भन्दै देशका विभिन्न स्थानहरुमा केही समय अघि आन्दोलनहरु समेत भएका थिए । धरै व्यापारीहरुले बैक ब्याजदर तिर्न नसकेको भन्दै ब्यापार र व्यवसाय समेत बन्दगर्नु परेको बताउदै आएका छन् । हाल कायम २० बाणिज्य बैकहरु मध्ये १३ वटा बैंकले व्यक्तिगत र संस्थागत दुवै…

अझै २ र ३ महिनासम्म आइपिओ जारी नगर्ने क्रम लम्ब्याउने तयारी रहेको छ : अध्यक्ष हमाल
आर्थिक परिवेश

२९ कार्तिक, काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले हाल मुुलुकको अर्थतन्त्र र धितोपत्र बजारको अवस्थालाई ध्यानमा राखि आइपिओ तथा एफपिओहरुलाई स्वीकृती दिने क्रमलाई केही सूस्त बनाएको छ । बजारमा आइपिओ तथा एफपिओ निष्काशनका लागि आवेदन दिने कम्पनीहरु धेरै रहेको अवस्था हाल रहेको छ । बजारको घटदो अवस्था तथा लगानीर्ताहरुको कमजोर मनस्थिति जस्ता कुरालाई आधार मानेर स्वीकृती प्रदान गर्ने क्रमलाई केही समयका लागि सुस्त बनाएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले बताउनु भयो । बोर्डले विगत दुई महिनादेखि यो क्रमलाई सुस्त बनाएको र अझै २ र ३ महिना सम्म यस क्रममालाई लम्ब्याउने तयारी रहेको अध्यक्ष हमालले बताउनु भयो । आइपिओ तथा…

झापामा केरा खेतीबाट युवाहरूले राम्राे कमाइ गर्दै, एकै फार्मबाट ३ कराेड बढीकाे बिक्री
आर्थिक परिवेश

२९ कार्तिक, झापा ।  विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका पाँच युवाले एक वर्षअघि पाँच करोडको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन थालेको छ । भद्रपुर नगरपालिका–५ मा २० बिघा र गौरादह–५ मा ५७ बिघा जग्गा भाडामा लिएर वासुदेव उप्रेती, कमल थापा, प्रेम खड्का, प्रकाश निरौला र दारोगा जैसवालले ‘श्रीगणपति एग्रिकल्चर प्रालि’मार्फत केराखेती गर्नुभएको हो । भद्रपुरको खेतबाट एउटा यामको उत्पादन चाडबाडकै अवसरमा बजारमा पुगिसकेको छ भने गौरादहको उत्पादन चाँडै बजार लैजाने तयारी भइरहेको कम्पनीका अध्यक्ष वासुदेव उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार भद्रपुरको केराखेतीमा दसैँ र तिहारको समयमा २८ हजार घरी केरा…