प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका उपाध्यक्ष बीच भेटवार्ता
आर्थिक परिवेश०२ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सिपिपिसिसी)का उपाध्यक्ष बार्टरले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता तथा सहमति कार्यान्वयनका विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्री दाहालले पछिल्लो समय आफ्नो चीन भ्रमणका क्रममा भएका सम्झौता क्रमशः कार्यान्वयनमा गइरहेकामा खुसी व्यक्त गर्नुभएको प्रधानमन्त्री दाहालका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटाले जानकारी दिनुभयो । प्रधानमन्त्रीले नेपाल–चीन सीमा क्षेत्रमा रहेका परम्परागत १४ वटा नाका सञ्चालनमा ल्याउने तथा महत्वपूर्ण सम्झौता क्रमशः कार्यान्वयन हुँदै गएकामा चीन सरकारलाई धन्यवाद दिनुभयो । प्रधानमन्त्री दाहालले दुई देशबीच भएको…
११ महिनामा सरकारको विकास खर्च ४४ दशमलव ६८ प्रतिशत मात्रै
आर्थिक परिवेश०२ असार,काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सरकारको विकास खर्च ४४ दशमलव ६८ प्रतिशत मात्रै भएको छ । यस अवधिमा सरकारले चालुतर्फ वार्षिक लक्ष्यको ७२ दशमलव छ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७२ दशमलव सात प्रतिशत बजेट खर्च हुदाँ विकास खर्च भने ४४ दशमलव ६८ प्रतिशत मात्रै भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आवका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । उक्त बजेटमा चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर विनियोजन भएकोमा जेठ मसान्तसम्ममा आठ खर्ब २२ अर्ब ८० करोड ९३ लाख बराबर मात्रै…
नुवाकाेटकाे रातामाटेमा एमसिसीले चार सय केभी सबस्टेसन बनाउन भारतीय कम्पनीसगँ सम्झौता
आर्थिक परिवेश०१ असार, काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)नेपालले नुवाकोटको बेलकोटगढी नगरपालिका रातमाटेमा चार सय केभी सबस्टेसन निर्माण गर्न सम्झौता गरेको छ । भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडसँग सबस्टेसन निर्माण गर्न सम्झौता गरेको एमसिए नेपालले जनाएको छ । सम्झौता संगै ४०० केभी ग्यास इन्सुलेटेड स्वीचगियर सवस्टेसन ३९ महिनाभित्र निर्माण गरिने छ । पाँच करोड १६ लाख अमेरिकी डलरमा निर्माण गरिने नयाँ रातमाटे सबस्टेसनले लप्सीफेदी र नयाँ हेटौँडा सबस्टेसनहरूबीच विद्युत् प्रसारणका लागि महत्वपूर्ण सेतुका रूपमा काम गर्ने एमसिए–नेपालले जनाएको छ । एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालले एमसिसी र एमसिए–नेपालका…
दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयन हुँदैछ : प्रधानमन्त्री
आर्थिक परिवेश३२ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धी हासिल हुने विश्वास व्यक्त गर्नुभएको छ । हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा भएको दीर्घकालिन विद्युत् व्यापारको प्रारम्भिक सहमति र त्यसपछि भएको अन्तिम सम्झौताले नेपालमा रहेको अपार जलविद्युतको सम्भावनालाई विकास गर्न बजार सुनिश्चित गरेको उल्लेख गर्नुभयो । “केही दिनअघि भारतीय समकक्षी नरेन्द्र मोदीजीको सपथ ग्रहण कार्यक्रममा जाँदा भएको भेटमा विगतमा गरिएका द्विपक्षीय सम्झौताहरूलाई अझै सशक्त रूपमा कार्यान्वयन गर्ने विषयमा कुराकानी भएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यसले दुई मुलुकबीचको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धी हासिल हुने छ…
नेपालकाे ऊर्जा क्षेत्रमा नयाँ क्रान्तिको सुरुआत भएको छ : शक्तिबहादुर बस्नेत
आर्थिक परिवेश३२ जेठ, काठमाडौं । ऊर्जा, सिँचाइ तथा जलश्रोतमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा ऊर्जा क्षेत्रमा नयाँ क्रान्तिको सुरुआत भएको बताउनुभएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा आज आयोजित ४०० केभी क्षमताको सवस्टेसन उद्घाटन समारोहमा उहाँले राजनीतिक परिवतनपछि ऊर्जा क्षेत्रमा नेपालमा उल्लेखनीय प्रगति भएको बताउनुभयो । मुलुकमा थप २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजनाका साथ सरकार अघि बढेको मन्त्री बस्नेतले बताउनुभयो । विद्युत् उत्पादनमा वृद्धि भएसँगै अब निर्यात गरी आयश्रोत वृद्धि गरिने उहाँको भनाइ थियो । तीनवटै तहका सरकार, नीजि क्षेत्र र जनसहभागितामा ‘जनताको जलविद्युत् कार्यक्रम’ सञ्चालन गर्न लागिएको सो अवसरमा मन्त्री बस्नेतले जानकारी दिनुभययो । समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री…