
एसियाली विकास बैङ्कले नेपाललाई ४६ अर्ब सहुलियत ऋण दिने
आर्थिक परिवेश२१ असार, काठमाडौँ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालले निर्माण गर्ने विद्युत् प्रसारण लाइन तथा सवस्टेसनका लागि सिन्धुपाल्चोक, पाल्पा तथा नवलपरासी पूर्व जिल्लाका जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो । उहाँले भन्सार तथा लजिष्टिक्स सुधार कार्यक्रम अन्तर्गत एसियाली विकास बैङ्कबाट बजेटरी सहायताको रुपमा प्राप्त हुने ५० मिलियन र सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न…

बिहिवार १० अर्ब रूपैयाको विकास ऋणपत्र जारी हुने
आर्थिक परिवेश२० असार, काठमाडौँ । नेपाल राष्ट्र बैंकले यही असार २१ गते बिहिवार १० अर्ब रूपैयाको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले आन्तरिक ऋण उठाउने उपकरणका रुपमा विकास ऋणपत्र प्रयोग गर्दै आएको छ । सरकारको तर्फबाट राष्ट्र बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८६ ‘च’ निष्काशन गर्न लागेको हो । छ वर्षे अवधिको यो विकास ऋणपत्र बैङ्क तथा वित्तीय संस्था, गैर–बैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकले समेत खरिद गर्न सक्नेछन् । यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइनेछ ।…

इमानदार प्रयास र पहलबाट चुनौतीलाई अवसरमा बदल्न सकिन्छः प्रधानमन्त्री
आर्थिक परिवेश१५ असार , पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार गठनको ६ महिनाको अवधिमा सरकारले महत्वपूर्ण उपलब्धिहरू हासिल गरेकोले दृढ इच्छाशक्ति, इमानदार प्रयास र पहलकदमीबाट जस्तासुकै चुनौतीलाई अवसरमा बदल्न सकिने बताउनु भएको छ। शुक्रबार पोखरामा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले आर्थिक वर्ष २०८०।८१ को बजेट तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रतिनिधि सभामा आफूले निराशा र कुण्ठा होइन, आशा र विश्वासका साथ अघि बढ्नुको विकल्प नभएको बताउनुभएको स्मरण गर्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘६ महिनाको अवधि सरकारको समग्र मूल्याङ्कनका निम्ति पर्याप्त होइन, यद्यपि यस अवधिमा सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा महत्वपूर्ण कामहरू भएका छन्। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी…

भैरहवामा पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा
आर्थिक परिवेश१४ असार, भैरहवा । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको लगानीमा भैरहवामा पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा आएको छ । साढे २ अर्ब रुपैयाँ लगानीमा चार बिघा क्षेत्रफलमा निर्माण भएको उक्त होटलमा विभिन्न सेवाहरू सहित ८५ कोठा सहितको लुम्बिनी घुमघाम गर्न आउने पर्यटक र व्यापारिक वर्गलाई लक्षित गर्दै पाँच तारे होटल निर्माण गरिएको हो । विगत लामो समयदेखि कटेज रेस्टुराँ, तीनतारे र चार तारे स्तरका होटल सञ्चालन गर्दै आएको यस ग्रुपको ४ बिघा क्षेत्रफलमा फैलिएको यो पहिलो पाँचतारे होटल हो । कोरोना महामारी र आर्थिक मन्दीका कारण निर्माण ढिलाइ हुँदा लागत बढेको सिद्धार्थ ग्रुपका सिइओ कृष्ण न्यौपानेले बताउनुभयो । सो होटलमा…

विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्नेमा प्रधानमन्त्रीकाे जाेड
आर्थिक परिवेश१२ असार,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन दिनुभएको छ । त्रिभुवन विश्वविद्यालय सभाको ६४औँ वार्षिक दिवसको अवसरमा आयोजित बैठकलाई मंगलवार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्नु विश्वविद्यालयका पदाधिकारीको आधारभूत दायित्व भएको स्मरण गराउनुभएको छ । “विश्वविद्यालयले शैक्षिक क्यालेन्डर बनाई सोहीअनुसार कार्यान्वयन गरोस”, बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकको समय, खर्च र भविष्यको सुरक्षा विश्वविद्यालयका पदाधिकारीलाई विशेष रूपले निर्देशित गर्दछु ।” कुलपतिको हैसियतबाट आफूले नेपालका विश्वविद्यालयका शैक्षिक, प्राज्ञिक तथा प्रशासनिक पक्षलाई गम्भीरतापूर्वक नियाएको…