निगमले पेट्रोलियम पदार्थको मूल्य घटायाे
आर्थिक परिवेश

काठमाडौँ, १५  भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी डिजेल-मट्टितेलमा प्रतिलिटर चार रुपियाँ, इवाई इन्धन (आन्तरिकतर्फ) मा एक रुपियाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर सातले घटाएको हो । पेट्रोल तथा एलपी ग्यासको बिक्री मूल्य भने यथावत् राखिएको छ । नयाँ बिक्री मूल्यअनुसार डिजेल÷मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर क्रमशः १४२ रुपियाँ ५० पैसा, १४४ रुपैयाँ र १४५ रुपियाँ तोकिएको छ । यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपियाँ तोकिएको छ । हवाई इन्धन अन्तरराष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ९६६ निर्धारण गरिएको निगमले जनाएको छ ।…

१ महिनामा ८ अर्ब ४५ करोड १३ लाख मूल्य बराबरका नेपाली उत्पादन निर्यात
आर्थिक परिवेश

११ भदाै   वीरगञ्ज ।   वीरगन्ज भन्सार नाका हुँदै आर्थिक वर्ष २०८२/०८३ को साउन महिनामा भारत तथा तेस्रो मुलुक तर्फ ८ अर्ब ४५ करोड १३ लाख मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ । गत आर्थिक बर्ष २०८१/०८२ को साउन महिनाको तुलनामा यस आर्थिक वर्षको साउनमा १ सय ७६ प्रतिशतले निर्यात वृद्धि भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८१/०८२ को साउनमा भारत तथा तेस्रो मुलुकतर्फ ३ अर्ब ५ करोड ३२ लाख मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको थियो । वीरगन्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकहरूमा तेल, जुस, कपडा…

डब्लुटिओले विश्व वस्तु व्यापार वृद्धिदरको पूर्वानुमान घटाएर १.८ प्रतिशतमा झार्याे
आर्थिक परिवेश

२४ साउन जेनेभा ।   विश्व व्यापार सङ्गठन (डब्लुटिओ)ले सन् २०२६ का लागि विश्व वस्तु व्यापार वृद्धिदरको पूर्वानुमान घटाएर १.८ प्रतिशतमा झारेको छ । यसअघि सो दर २.५ प्रतिशत हुने अनुमान गरिएको थियो । डब्लुटिओले यो गिरावटको प्रमुख कारणको रूपमा अमेरिकाले भन्सार शुल्क वृद्धि गरेको नीतिलाई औंल्याएको छ । डब्लुटिओले शुक्रबार सार्वजनिक गरेको पछिल्लो व्यापार पूर्वानुमान अनुसार, हालैका भन्सार परिवर्तनहरूले विश्व व्यापारको समग्र अवस्था कमजोर बनाउने देखिएको छ । अमेरिकाले अगस्ट ७ मा लागु गरेको ’पारस्परिक भन्सार दर’ले न केवल अमेरिकाको आयात घटाउने छ, तर साझेदार मुलुकहरूको निर्यातमा समेत गम्भीर असर पार्ने अनुमान गरिएको छ । अनुमानले भन्सार नबढाउने अवस्थामा गरिएको…

बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा जाेशी, राणा र श्रेष्ठ नियुक्त
आर्थिक परिवेश

१५ साउन, काठमाण्डौ ।    सरकारले निजी क्षेत्रका तीन प्रतिनिधिहरूलाई बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कुशकुमार जोशी, विदुषी राणा र ज्योत्सना श्रेष्ठलाई बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त गरेको जनाएको छ । विद्यमान वाणिज्य नीतिमा व्यापार सुधार, निजी क्षेत्रको सक्रियता, नीति निर्माणमा समन्वय, र सरकारी तथा निजी क्षेत्रबीच सहकार्य मजबुत बनाउन बोर्ड अफ ट्रेडको भूमिकालाई महत्वपूर्ण आधारको रूपमा लिइएको उद्योग मन्त्रालयले जनाएको छ । बोर्ड अफ ट्रेड नेपालको व्यापार नीतिको कार्यान्वयन, नीति सिफारिस, समन्वय र सहजीकरणका लागि प्रमुख संस्थागत संयन्त्र हो । बोर्डले नीति निर्माणमा सरकारलाई सघाउने, निजी क्षेत्रका चुनौतीहरू पहिचान…

स्थानीय उत्पादन र सामाजिक उत्तरदायित्वमा आधारित उद्यम देशको भविष्य निर्माणमा महत्त्वपूर्ण : राणा
आर्थिक परिवेश

 १४ साउन  कास्की । परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले दिगो पर्यटन, स्थानीय उत्पादनको प्रयोग र सामाजिक उत्तरदायित्वमा आधारित उद्यमहरू देशको भविष्य निर्माणमा महत्त्वपूर्ण बन्ने बताउनुभएको छ । अंशुभरा ग्रुपद्वारा प्रवर्द्धित पर्यावरणमैत्री लक्जरी रिसोर्टको बुधवार पोखरामा उद्घाटन गर्दै मन्त्री देउवाले पछिल्लो पुस्ताले व्यवसायमा देखाएको सक्रियता प्रशंसायोग्य भएको बताउँदै देशमै अवसर र सम्भावनाको खोज गर्न आग्रह समेत गर्नुभयो । बगैँचाजस्तो लगानीमैत्री परियोजनाहरूले सस्टेनेबल टुरिजम अर्थात् दिगो पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । ‘सस्टेनेबल टुरिजमको अवधारणालाई आत्मसात् गर्दै बगैँचाले एउटा उदाहरणीय काम गरेको छ । यसले पोखराको पर्यटन मात्र होइन, सम्पूर्ण मुलुकको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउनेछ’ उहाँले भन्नुभयो ।…