महासंघले अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने
आर्थिक परिवेश१० चैत्र,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्ने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आगामी वैशाख २५ देखि २९ गतेसम्म काठमाडौंमा हुने भएको छ। यस वर्ष मेलाको लागि चीन, भारत, पाकिस्तान, बङ्गलादेश, र भुटानबाट सहभागिता हुने महासंघले जनाएको छ। नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ दशौँ संस्करण हो। मेलामा मेड इन नेपाल पेभेलियन तथा वस्तुगत संघहरुको पेभेलियन रहनेछ। नेपाल सरकार/उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र्रको प्रवद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टको रुपमा उक्त मेला आयोजना हुन लागेको महासंघले जानकारी दिएको छ। कुल ३०० भन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं…
फागुनमा वीरगंजकाे राजस्व संकलन घट्याे
आर्थिक परिवेश०२ चैत्र,वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले त्यस भन्सार कार्यालयलाइ एक खर्ब ३९ अर्ब ७३ करोड राजस्व सङ्कलनको लक्ष्य दिएकाे थियो । भन्सार प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार राजस्व सङ्कलनमा क्रमशः सुधार भएको छ । चालु आव बाँकी चार महिनामा राजस्व सङ्कलनमा थप सुधार हुने उहाँको विश्वास छ । अन्य क्षेत्रको तुलनामा यहाँ पेट्रोलियम पदार्थ र सवारीसाधनबाट राजस्व सङ्कलन अधिक हुने गरेको छ । वीरगञ्ज भन्सारले चालु आवको साउनमा १२ अर्ब १५ करोड ,भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३…
नेपाली बजारमा सुनको मुल्यमा ऐतिहासिक रेकर्ड
आर्थिक परिवेश०१ चैत्र,काठमाडौ । नेपाली बजारमा शुक्रबार सुनको मुल्य इतिहासकै उच्च कायम भएको छ । यसअघिका सबै भाउको रेकर्ड तोड्दै सुन तोलाको लगभग पौने २ लाख रुपैयाँ पुगेको छ । शुक्रबार छाप भएको सुन एकै पटक ४ हजार रुपैयाँ बढेर तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको हो । यसअघिको रेकर्ड भाउ १ लाख ७१ हजार रुपैयाँ थियो । बुधबार छाप भएको सुन १ लाख ७० हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । बिहीबार सार्वजनिक बिदा परेकाले मूल्य निर्धारण भएको थिएन । यस्तै, बुधबार तोलामा २ हजार रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रवार बढेर २ हजार ५० रुपैयामा…
सात महिनामा नेपालमा ६ अर्ब २६ करोड ५४ लाख रुपियाँको सुकेको लसुन आयात
आर्थिक परिवेश२६ फागुन, काठमाडौ । चालु आर्थिक वर्ष २०८१र८२ को सात महिनामा नेपालमा कुल ६ अर्ब २६ करोड ५४ लाख रुपियाँ बराबरको चार करोड ७५ लाख ६१ हजार केजी सुकेको लसुन आयात भएको छ। यो अकल्पनीय मात्रामा भएको लसुनको आयातले आन्तरिक खपतमा बढोत्तरी भएको हो वा अन्य कुनै कारणले आयात भएको हो भन्ने आशङ्का उत्पन्न भएको छ। भन्सार विभागले पनि यसलाई अस्वाभाविक आयातको रूपमा हाइलाइट गरेको छ। नेपालमा लसुनको आयात पाँच वर्षअघि आव २०७६र७७ मा मात्र ३१ करोड रुपियाँको भएको थियो। यद्यपि, चालु वर्षको पहिलो सात महिनामा ६ अर्ब २६ करोड रुपियाँ बराबरको लसुन आयात भएको छ, जसको कारण सरकारी निकायहरूले…
माघ सम्ममा नेपालकाे निर्यात ४६.५ प्रतिशतले वृद्धि
आर्थिक परिवेश२६ फागुन, काठमाडौ । चालु आर्थिक वर्षको सातौ महिनामा नेपालको कुल वस्तु निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको छ । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी नेपाल राष्ट्र बैकको प्रतिवेदन अनुसार यस अवधीमा नेपालको निर्यात १ खर्ब २७ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा यस अवधीमा भारत,चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६६.९प्रतिशत,८.६ प्रतिशत र ३.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टर यार्न र थे्रड,चिया,अलैंची, पार्टिकल बोर्ड लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल,जिंक शिट,अदुवा,जडिबुटी,तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको…