धान,चामल, गहुँ, मकै,फापर काेदाे जस्ता मुख्य खाद्यान्न ठूलाे मात्रामा नेपाल भित्रियाे
आर्थिक परिवेश

  १० साउन,  बीरगंज ।   मुलुकको प्रमुख भन्सार नाका बीरगंजको आईसिपी भन्सार हुँदै आर्थिक वर्ष २०८१/०८२ मा २४ अर्ब १३ करोड ६० लाख ५५ हजार मूल्य बराबरको धान, चामल, मकै लगायतका खाद्यान्न भित्रिएको छ । बीरगंज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब १४ करोड ५० लाख ६९ हजार मूल्य बराबरको धान भित्रिएको छ भने सो अवधिमा २ अर्ब ४१ करोड ७७ लाख ५३ हजार मूल्य बराबरको चामल भित्रिएको छ । त्यसैगरी आईसिपी भन्सार नाकाबाट सो अवधिमा ८ अर्ब १४ करोड ४२ लाख ४७ हजार मूल्य बराबरको मकै भित्रिएको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको…

बीरगंजबाट गत आर्थिक वर्षमा १ खर्ब १ अर्ब ८५ करोड मूल्यका नेपाली उत्पादन निर्यात
आर्थिक परिवेश

०८ साउन,  बीरगंज ।   बीरगंज भन्सार नाका हुँदै आर्थिक वर्ष २०८१/०८२ मा भारत तथा तेस्रो मुलुक तर्फ १ खर्ब १ अर्ब ८४ करोड ७४ लाख मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ ।                                                                                               बीरगंज-आइसिपी-भन्सार-कार्यालय गत आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा २ सय २७ प्रतिशतले निर्यात वृद्धि भएको वीरगंज स्थित…

 भारत र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता एकअर्का देशका उत्पादनले सहज प्रवेश पाउने
आर्थिक परिवेश

   ०८ साउन,काठमाडाै।   भारत र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता (एफटीए) सम्पन्न भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणको अवसर पारेर दुई देशले विहीबार उक्त सम्झौता भएकाे हाे  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री किर स्टारमरले सम्झौतालाई ऐतिहासिक भन्दै त्यसले दुई देशबीचको आर्थिक सम्वन्ध थप प्रगाढ बनाएको दावी गर्नु  भएकाे छ । भारतीय प्रधानमन्त्री मोदीले सम्झौताले भारतीय कपडा, जुत्ता, आभुषण र गहना, समुद्री खाना र इन्जिनियरिङ सामानहरूको साथै भारतका कृषि उत्पादन र प्रशोधन गरिएका खाद्य उद्योगका लागि बेलायतको बजारमा नयाँ अवसरहरू सिर्जना हुने बताउनु भयाे । हाल बेलायतले हरेक वर्ष २३ अर्ब डलरभन्दा बढी यस्ता उत्पादनहरू आयात…

रसुवागढीबाट हुने नेपाल चीन दुइपक्षीय व्यापार पूर्णरूपमा विच्छेद
आर्थिक परिवेश

२४ असार, काठमाडौं ।   नेपालर चीन बीचकाे दाेस्राे ठूलाे  व्यापारिक नाका रसुवागढीबाट हुने दुइपक्षीय व्यापार पूर्णरूपमा विच्छेद भएकाे  छ । बाढीले पुरयाएकाे  क्षतिका कारण त्यहाँबाट हुने व्यापार समेत अनिश्चित बनेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (जेठ महिना) सम्म रसुवागढी नाकाबाट ८० अर्ब ९१ करोड ४८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । १ अर्ब ९६ करोड १४ लाख बराबरको वस्तु निर्यात भएको छ । चीनतर्फको अर्को नाका तातोपानीबाट यो अवधिसम्म ४६ अर्ब ८९ करोडको आयात भएको छ । निर्यात व्यापार शून्य छ । चीनतर्फ हवाईमार्गबाट हुने बाहेक व्यापार यी दुई नाकाबाट मात्र हुने  गरेको छ…

रसुवा नाकाबाट ८० अर्ब बराबरको सामग्री आयात हुँदा तीन अर्बकाे  निर्यात
आर्थिक परिवेश

०४ असार,काठमाण्डौ ।      रसुवाको टिमरे भन्सार कार्यालयले चालु आर्थिक बर्षको ११ महिनामा २८ अर्ब ७१ करोड राजस्व संकलन गरेको छ । छिमिकी मुलुक चीनबाट आयात भएका वस्तुको भन्सार शुल्कबापत प्राप्त राजस्व भन्सार कार्यालयले सार्वजनिक गरेको हो । प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी राजस्व वृद्वि भएको । गत आवको ११ महिनामा १८ अर्ब ९८ करोड २१ लाख राजस्व सङ्कलन भएको थियो । चालु आवमा विद्युतीय सवारीसाधन र अन्य गरी करिब ८० अर्ब बराबरको सामग्री आयात भएको छ भने तीन अर्ब बराबरका सामग्रीहरु निर्यात भएका छन् । सो नाका हुदै गत…