८ महिनामा वीरगंजबाट हुने निर्यात १८ प्रतिशतले बढ्याे
आर्थिक परिवेश०९ चैत,काठमाण्डौ । बीरगंज नाका हुदै चालु आर्थिक बर्षको ८ महिनाको अवधीमा भारत तथा तेश्रो मुलुकतर्फ ६६ अर्ब ४८ करोड ६३ लाख मूल्य बराबरका नेपाली उत्पादनहरु निर्यात भएका छन् । गत आर्थिक बर्षको ८ महिनाको अवधीको तुलनामा यस आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्ममा तयसतो निर्यात १८ प्रतिशतले बृद्घि भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीेले जानकारी दिनुभयो । वीरगंज हुँदैभारत,डेनमार्क,अष्ट्रेलिया,अमेरिका,चीन,रुस,फिलिपिन्स,थाईल्याण्ड लगायतका मुलुकहरुमा तेल,जुस,कपडाका जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जडीबुटि निर्यात भएको वीरगंज स्थित आईसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक मैनालीेले जानकारी दिनुभयो । वीरगन्ज भन्सार नाकाहुदै चालु आर्थिक बर्षमा सबैभन्दा धेरै ३५ अर्ब ५८ करोड मुल्य…
८ महिनामा करिब ११ खर्बको व्यापार घाटा
आर्थिक परिवेश८ चैत, काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब ११ खर्बको व्यापार घाटा बेहारेको छ । भन्सार विभागले आइतवार सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार उक्त अवधिमा कुल १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाखको कुल वैदेशिक व्यापार हुदाँ मुलुकले १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख घाटा बेहोरेको हो । पछिल्लो आठ महिनामा १२ खर्ब ८९ अर्ब २५ करोडको आयात र एक खर्ब ९१ अर्ब ११ करोड २० लाख बराबरको निर्यात भएको विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १२ दशमलव ५४ र…
श्रीराम ग्यासकाे डिपोमा ठूलो परिमाणमा स्टक भेटियाे
आर्थिक परिवेश०२ चैत्र,काठमाडौँ । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला ललितपुरकाे हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको डिपोमा ठूलो परिमाणमा ग्यास स्टक गरेर राखिएको फेला परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा गएको बजार अनुगमन टोली उद्योगको डिपोमा पुग्दा ६ हजार ३ सय ७७ वटा भरिएका ग्यास सिलिन्डर स्टोर गरेर राखिएको फेला पारेको हो । अनुगमनका क्रममा श्रीराम ग्यास उद्योगले १४.२ केजीका ६ हजार ३ सय ७७ वटा सिलिन्डर डिपोमा थुपारेर राखेको तर बजारमा पठाउन आनाकानी गरेको पाएपछि विभागले अनुचित व्यापारिक क्रियाकलाप’ गरेको कसुरमा उद्योगलाई ३ लाख रुपैयाँ तत्काल जरिबाना गरेको छ । विभागले…
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाएर बिक्री वितरण गर्न बाटो खुल्ला
आर्थिक परिवेश२८ फागुन, काठमाडौं । सरकारले पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाएर बिक्री वितरण गर्न बाटो खोल्दै ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२’ जारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै स्वदेशी कच्चापदार्थमा आधारित इथानोल उत्पादन प्रवर्द्धन गर्ने, रोजगारी सिर्जना गर्ने र पेट्रोलियम पदार्थ आयात न्यूनीकरण गर्ने उद्देश्यले यो आदेश जारी गरेको हो । आदेशको मुख्य उद्देश्य स्वदेशी कच्चापदार्थमा आधारित इथानोल उत्पादन प्रोत्साहित गरी रोजगारीका अवसर सिर्जना गर्नु र विदेशी मुद्राको ठूलो हिस्सा खर्च हुने पेट्रोल आयात कटौती गर्नु हो । यसका लागि सरकारले इथानोल उत्पादनमा प्रयोग हुने कच्चापदार्थको स्रोतसमेत स्पष्ट किटान गरेको…
पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने
आर्थिक परिवेश१८ फागुन, काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यसका लागि सार्वजनिक बिदाका दिनमा समेत आयात–निर्यातसम्बन्धी कार्य सञ्चालन गर्ने निर्णय गरेको हो । नियमित अनुगमन प्रक्रियालाई प्रभावकारी तुल्याई अस्वाभाविक मूल्यवृद्धि र कृत्रिम अभाव सिर्जना हुन नदिने व्यवस्था मिलाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ । पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि नेपाल आयल निगमले सार्वजनिक बिदाका दिनमा समेत बिक्री डिपोहरू खोल्ने व्यवस्था मिलाउने र सोको अग्रिम जानकारी सम्बन्धित सबैलाई दिने, इण्डियन आयल कर्पोरेशनसँग समन्वय गरी हाल भइरहेको आयात र वितरणलाई थप व्यवस्थित तुल्याउने…