
८ महिनामा भैरहवा भन्सारले ५५ दशमलब २६ प्रतिशत राजस्व सङ्कलन
आर्थिक परिवेश२६ चैत्र, भैरहवा, रुपन्देही । रुपन्देहीकाे भैरहवा भन्सार नाका भएर चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म १४ खर्ब ४७ करोड ९९ लाख रुपैयाँ बराबर मूल्यका सामान नेपालमा आयात भएको छ । आयातबाट भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीले लक्ष्यको ५५ दशमलब २६ प्रतिशत राजस्व सङ्कलन गरेको छ । प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीका अनुसार भैरहवा भन्सार कार्यालयलाई भन्सार विभागले वार्षिक राजस्व सङ्कलनको लागि १ खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार रुपैयाँ लक्ष्य तोकेको थियो । फागुन मसान्तसम्म ६० अर्ब ४१ करोड २७ लाख ८३ हजार रुपैयाँ सङ्कलन भएको छ रेग्मीले जानकारी दिनुभयो । फागुनसम्मको असुली अघिल्लो आर्थिक वर्ष…

सुक्खा बन्दरगाहकाे व्यवस्थापन र सञ्चालनको जिम्मवारी भारतीय कम्पनीलाई
आर्थिक परिवेश१९ चैत्र वीरगञ्ज ,पर्सा । वीरगञ्जमा रहेकाे सुक्खा बन्दरगाह (इन्ल्यान्ड क्लियरेन्स डिपो)को व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले आगामी पाँच वर्षका लागि सुक्खा बन्दरगाह सञ्चालन र व्यवस्थापनका लागि प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालि चार अर्ब ७१ करोड लागतमा छनोट भएको जानकारी दिनुभयो । समितिका अनुसार सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनका लागि आह्वान गरेको बोलपत्रको प्राविधिक मूल्याङ्कनमा कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेड र प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालि छनोट भएका थिए । कन्टेनर कर्पोरेसन अफ इन्डिया प्रालिले भने रु चार अर्ब ५१ करोड…

ग्लोबल मनी विकमा नबिल बैंककाे देशव्यापी कार्यक्रम, चार हजारभन्दा बढी लाभान्वित
आर्थिक परिवेश१२ चैत्र काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक, २०२५’को अवसरमा सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम सञ्चालन गर्दा चार हजारभन्दा बढी लाभान्वित भएकाे जनाएकाे छ । वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिल बैंकले विद्यार्थी र युवा केन्द्रित कार्यक्रम सञ्चालन गरी ‘ग्लोबल मनी विक, २०२५’ मनाएको जनाएकाे छ । यही मार्च १७ देखि २३ तारिखसम्म विश्वभर ‘थिङ्क बिफोर यु फोलो, वाइज मनी टुमारो’ भन्ने मूल नाराका साथ ग्लोबल मनी विक सञ्चालन गरिएको थियो । यस अभियान अन्तर्गत नबिल बैंकले देशका सातै प्रदेशमा चार हजारभन्दा बढी विद्यार्थी र युवामाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेको हो । बैंकले विद्यार्थी…

महासंघले अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने
आर्थिक परिवेश१० चैत्र,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्ने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आगामी वैशाख २५ देखि २९ गतेसम्म काठमाडौंमा हुने भएको छ। यस वर्ष मेलाको लागि चीन, भारत, पाकिस्तान, बङ्गलादेश, र भुटानबाट सहभागिता हुने महासंघले जनाएको छ। नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ दशौँ संस्करण हो। मेलामा मेड इन नेपाल पेभेलियन तथा वस्तुगत संघहरुको पेभेलियन रहनेछ। नेपाल सरकार/उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र्रको प्रवद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेन्डर इभेन्टको रुपमा उक्त मेला आयोजना हुन लागेको महासंघले जानकारी दिएको छ। कुल ३०० भन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं…

फागुनमा वीरगंजकाे राजस्व संकलन घट्याे
आर्थिक परिवेश०२ चैत्र,वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले त्यस भन्सार कार्यालयलाइ एक खर्ब ३९ अर्ब ७३ करोड राजस्व सङ्कलनको लक्ष्य दिएकाे थियो । भन्सार प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार राजस्व सङ्कलनमा क्रमशः सुधार भएको छ । चालु आव बाँकी चार महिनामा राजस्व सङ्कलनमा थप सुधार हुने उहाँको विश्वास छ । अन्य क्षेत्रको तुलनामा यहाँ पेट्रोलियम पदार्थ र सवारीसाधनबाट राजस्व सङ्कलन अधिक हुने गरेको छ । वीरगञ्ज भन्सारले चालु आवको साउनमा १२ अर्ब १५ करोड ,भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३…