नेपाली चिया भारत निर्यातमा समस्या
आर्थिक परिवेश२९ बैशाख, काठमाण्डौ । नेपाली चिया भारत निकासीमा भारतले कडाइ गरेपछि नेपाली चिया भारत निर्यातमा समस्या भएको छ । गत मे १ देखि भारतले नेपाली चिया आयात गर्दा प्रयोगशाला परीक्षणमा कडाइ गरेपछि निकासी कार्य ठप्प भएको छ । नेपाली चिया निकासी गर्दा भारतले प्रत्येक गाडीमा रहेको चियाको नमुना परीक्षणका लागि कोलकाता पुरयाउनु पर्ने नयाँ व्ययवस्था लागू गरेपछि नेपाली चिया भारत निर्यातमा अवरोध उत्पन्न भएको हो । भारतको कोलकत्ताबाट चियाको नमूना परीक्षण गरी प्रतिवेदन ल्याउन करिब १५ दिन लाग्ने झापाको मेची भन्सार कार्यालयले जनाएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले भारतको पानीट्याङ्कीस्थित भन्सारले नजिकमा प्रयोगशाला नभएको र…
नेपाल र श्रीलंका बीच क्रस बोर्डर भुक्तानीको शुरुवात
आर्थिक परिवेश२९ बैशाख, काठमाण्डौ । नेपाल र श्रीलंका बीच क्रस बोर्डर क्यूआर भुक्तानीको प्रणालीकाे शुरुवात भएको छ । अन्तर्देशीय डिजिटल भुक्तानी कारोबारलाई थप सरल र सुरक्षित गर्ने उद्देश्यले श्रीलंकाको लंकापे र नेपालको नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच क्रस–बोर्डर क्यूआर भुक्तानीको शरुवात भएको हो । उक्त व्यवस्थाले श्रीलंका भ्रमण गर्ने नेपाली यात्रुहरुले कनेक्टआईपीएस वा अन्य मोबाइल बैंकिङ्ग एपमार्फत श्रीलंकामा रहेका ४ लाख बढी लंका क्यूआर मर्चेन्टहरुमा स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन् । श्रीलंकाको कोलम्बोमा आयोजित एक विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंक, नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, लंका पे तथा दुवै देशहरुका सहभागी बैंक तथा वित्तीय संस्थाका वरिष्ठ प्रतिनिधिहरुको उपस्थितिमा औपचरिक रुपमा क्रस–बोर्डर…
वीरगञ्ज भन्सारमा ३ दिनमा ३ अर्ब १५ करोड राजस्व
आर्थिक परिवेश१९ बैशाख काठमाडाै । उद्यमी–व्यवसायी जाँचपास प्रक्रियामा लगातार तीन दिनसम्म सहभागी नहुँदा पनि वीरगञ्ज भन्सार कार्यालयले तीन दिनमा पेट्रोलियम पदार्थको भन्सार जाँचपास गरेर ३ अर्ब १५ करोड राजस्व सङ्कलन गरेको छ। वीरगञ्ज भन्सार कार्यालयले आयातीत एवं निर्यात गरिने सामग्रीको अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्न गत वैशाख १५ गतेदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँचपास प्रक्रियामा सहभागी भएका छैनन् । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले उद्यमी–व्यवसायीले भन्सार जाँचपासको प्रक्रियामा लगातार तीन दिन सहभागि नहुँदा पनि पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र तरकारी तथा फलफूल जन्यवस्तुको भन्सार जाँचपास हुँदा तीन दिनमा करिव ३ अर्ब १५ करोड राजस्व सङ्कलन भएको जानकारी…
निर्यात उत्साहजनक तर व्यापार घाटा १२ खर्ब ६७ अर्ब
आर्थिक परिवेश०९ बैशाख,काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालबाट हुने निर्यातमा उत्साहजनक वृद्धि भएको छ । यस अवधीमा नेपालले २ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस अवधीमा निर्यात १८.४६ प्रतिशतले बढेको छ । यस अवधीमा नेपालबाट हुने निर्यातमा सबैभन्दा बढी योगदान प्रशोधित तेलले गरेको छ । विशेषगरी सोयाबिन र पाम तेलको निर्यातले कुल निर्यातमा ठूलो योगदान पुर्याएको देखिएको छ । चैत मसान्तसम्म प्रशोधित सोयाबिन तेलको निर्यात ९० अर्ब ७१ करोड रुपैयाँ बराबरको भएको छ । त्यसैगरी, आरबिडी पाम ओलिनको निर्यात ५…
युएस डलर, बेलायती पाउण्ड, स्वीस फ्रयांक र क्यानेडियन डलरको भाउ बढयाे
आर्थिक परिवेश८ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवारकाे लागि निर्धारण गरेको विनिमय दर अनुुसार अमेरिकी डलर, बेलायतकाे पाउण्ड, स्वीस फ्रयांक र क्यानेडियन डलरको भाउ बढेको छ । यस दिन अष्ट्रेलियन डलरको भाउ भने हिजोको तुलनामा केही घटेको छ । मंगलवार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३१ पैसा तोकिएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको थियो । आज युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ आठ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७८ पैसा छ । हिजो युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ…