नेपाली बजारमा सुनको मुल्यमा ऐतिहासिक रेकर्ड
आर्थिक परिवेश

०१ चैत्र,काठमाडौ ।   नेपाली बजारमा शुक्रबार सुनको मुल्य इतिहासकै उच्च कायम भएको छ । यसअघिका सबै भाउको रेकर्ड तोड्दै सुन तोलाको लगभग पौने २ लाख रुपैयाँ पुगेको छ । शुक्रबार छाप भएको सुन एकै पटक ४ हजार रुपैयाँ बढेर तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको हो । यसअघिको रेकर्ड भाउ १ लाख ७१ हजार रुपैयाँ थियो ।  बुधबार छाप भएको सुन १ लाख ७० हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । बिहीबार सार्वजनिक बिदा परेकाले मूल्य निर्धारण भएको थिएन । यस्तै, बुधबार तोलामा २ हजार रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रवार बढेर २ हजार ५० रुपैयामा…

सात महिनामा नेपालमा ६ अर्ब २६ करोड ५४ लाख रुपियाँको सुकेको लसुन आयात
आर्थिक परिवेश

२६ फागुन, काठमाडौ ।   चालु आर्थिक वर्ष २०८१र८२ को सात महिनामा नेपालमा कुल ६ अर्ब २६ करोड ५४ लाख रुपियाँ बराबरको चार करोड ७५ लाख ६१ हजार केजी सुकेको लसुन आयात भएको छ। यो अकल्पनीय मात्रामा भएको लसुनको आयातले आन्तरिक खपतमा बढोत्तरी भएको हो वा अन्य कुनै कारणले आयात भएको हो भन्ने आशङ्का उत्पन्न भएको छ। भन्सार विभागले पनि यसलाई अस्वाभाविक आयातको रूपमा हाइलाइट गरेको छ। नेपालमा लसुनको आयात पाँच वर्षअघि आव २०७६र७७ मा मात्र ३१ करोड रुपियाँको भएको थियो। यद्यपि, चालु वर्षको पहिलो सात महिनामा ६ अर्ब २६ करोड रुपियाँ बराबरको लसुन आयात भएको छ, जसको कारण सरकारी निकायहरूले…

माघ सम्ममा नेपालकाे निर्यात ४६.५ प्रतिशतले वृद्धि
आर्थिक परिवेश

२६ फागुन, काठमाडौ ।    चालु आर्थिक वर्षको सातौ महिनामा नेपालको कुल वस्तु निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको छ । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी नेपाल राष्ट्र बैकको प्रतिवेदन अनुसार यस अवधीमा नेपालको निर्यात १ खर्ब २७ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा यस अवधीमा भारत,चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६६.९प्रतिशत,८.६ प्रतिशत र ३.५ प्रतिशतले वृद्धि भएको छ  । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टर यार्न र थे्रड,चिया,अलैंची, पार्टिकल बोर्ड लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल,जिंक शिट,अदुवा,जडिबुटी,तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको…

सात महिनामा आठ अर्ब ६८ करोडकाे धान–चामल आयात
आर्थिक परिवेश

 १९ फाल्गुन, २०८१  ।  वीरगञ्ज (पर्सा)।वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा  आठ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएको छ । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा यो नाका हुँदै  चार अर्ब ९१ करोड मूल्य पर्ने १३ करोड १८ लाख ५९ हजार चार सय १६ किलोग्राम धान आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको सात महिनामा धान र चामलको आयातमा वृद्धि भएको बताउनुभयो । “गत आवको…

सुनको भाउमा नयाँ रेकर्ड 
आर्थिक परिवेश

१३ फागुन, काठमाडौं ।    नेपाली सुनचाँदी बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । म‌गलवार सुन प्रतितोला पाँच सय रुपैयाँले बढ्दै नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । म‌गलवार  छाप भएकाे सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ७१ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सुनको मूल्य तोलामा एक लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो । सोमबार छाप भएकाे सुन प्रतितोला एक लाख ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर एक हजार नौ सय ७०मा कारोबार…