वालेटमा एक दिनमा बढीमा २० पटकसम्म रकम जम्मा गर्न सकिने
आर्थिक परिवेश२४ कार्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायीरुपमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको व्यवस्थामा संशोधन गर्दै मोबाइल वालेटमा रकम जम्मा गर्ने सीमा दोब्बर बनाएको हो । “प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था रहेकामा कात्तिक २४ गतेदेखि मङ्सिर तीन गतेसम्मका लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा २० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था गरिएको छ”, राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भनेको छ । वालेट सेवा प्रदायकले त्यो समयमा भएको कारोबारको सङ्ख्या र कारोबारको कूल रकम राष्ट्र बैङ्कअन्तर्गतको भुक्तानी प्रणाली विभागलाई…
भारतीय वस्तुले शून्य भन्सार पाएर नेपाल भित्रिँदै नेपाली वस्तुमा परिमाणात्मक बन्देज लगायत असमान प्रावधान
आर्थिक परिवेश२४ कार्तिक,काठमाडौं । नेपाल र भारत बीचकाे वाणिज्य सन्धि स्वतः नवीकरण भएको छ। संशोधनसहित सन्धि नवीकरण हुनुपर्ने भन्दै नेपालले लामो समयदेखि कुरा उठाइरहे पनि अन्ततः संशोधन बिनै नवीकरण भएको हो। भारतसँगको वाणिज्य सन्धि स्वतःनवीकरण भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले जानकारी दिनु भयाे । ‘हरेक सात वर्षमा नवीकरण गर्नुपर्ने सन्धिकै व्यवस्थाअनुसार स्वतःनवीकरण भएको हाे । सन्धि संशोधन र पुनरावलोकनको विषय उठिरहे पनि यसपटक भएन तर बीचमा संशोधन गर्न सकिन्छ’, उहाँले भन्नु भयाे , ‘हामी दुई देशका वाणिज्य सहसचिवस्तरीय बैठकको तयारी गरिरहेका छौं। त्यसबेला पनि यो विषय उठाउन सकिन्छ।’ नेपाल र भारतबीचको पारवहन सन्धि बीचमा पनि संशोधन भएको…
मुस्ताड.काे काेरला नाका आगामी सोमबारदेखि खुल्ला हुने
आर्थिक परिवेश२१ कार्तिक,मुस्ताङ । चार वर्षदेखि बन्द कोरला नाका आगामी सोमबार देखि खुल्ला हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा पहल भएसँगै अवरुद्ध रहेका यो नाका खुल्न लागेको हो । नाका खोल्नका लागि चीन पक्षले सीमावर्ती क्षेत्र लोमान्थाङ र लोघेकर दामोदरकुण्डका स्थानीय व्यापारी तथा सर्वसाधारणलाई आमन्त्रण गरिसकेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिनुभयो । नाका खुल्ला हुने सूचना दिँदै बोर्डर पाससहित सक्कल नागरिकताको प्रमाणपत्र समेत लिएर आउन चीन पक्षले सूचित गरेको अध्यक्ष बिष्टले बताउनुभयो । ‘चीन पक्षले नाका प्रवेश गर्नेहरुको विस्तृत तथ्याङ्क विवरण सङ्कलन गर्न बोर्डर पाससहित नागरिकता बोकेर आउन आग्रह गरेको छ’, अध्यक्ष बिष्टले…
तिहारमा चिनीको अभाव नहुने साल्टट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म दिने
आर्थिक परिवेश२० कार्तिक, काठमाडौँ । सरकारको पहलपछि अहिले बजारमा चिनीको अभाव नहुने अवस्था तयार हुने भएकाे छ । तिहार तथा छठ पर्वका लागि सरकारले चिनीको आयात सहज बनाएको र माेज्दातमा रहेकाे चिनी खाेजतलासगरी बजारमा पठाउने नियार्ण गरे पछि बजारमा चिनीको अभाव नहुने भएकाे हाे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निरन्तर पहलपछि साल्टट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिइने भएको छ । बजारमा चिनीको हाहाकार भएपछि उक्त कार्यालयले चिनी उत्पादक उद्योगसँग समन्वय गर्दै तीन हजार मेट्रिकटन चिनी साल्टट्रेडिङमार्फत किन्ने प्रबन्ध गरेको थियो । यसका साथै अवैधरुपमा भित्रिएको चिनीको खोजतलास गर्न उपत्यकाका तीनवटै जिल्लामा सुरक्षा निकायसँग समन्वय गरी विशेष अनुगमन…
एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ क्यासी सम्मेलन काठमाडौँमा शुरू
आर्थिक परिवेश२० कार्तिक, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आव्हान गर्नुभएको छ । एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा काठमाडौँमा दुई दिनसम्म चल्ने ३७ औँ क्यासी सम्मेलनको सोमबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो आव्हान गर्नुभएको हो । उहाँले आर्थिक विकासको तीव्र चाहना बोकेको हाम्रो देशमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँंग जोड्ने लगानी र व्यापार सम्बन्धका धेरै अवसरहरू रहेको धारणा व्यक्त गर्नुभयो । “ नेपाली विद्युतको बजार अब भारत र बङ्गलादेश पनि बन्दैछ, विद्युत् व्यापारका क्षेत्रमा पछिल्ला…