फूडमान्डुले सेवा विस्तार गर्दै,झण्डै ४० लाख डलरको लगानी थप
आर्थिक परिवेश२७ कार्तिक, काठमाढौं । नेपालको पहिलो खाना घरघरै पुरयाउने कम्पनी फूडमान्डुले हालसम्म ४ लाखभन्दा बढी स्वादका पारखीहरुलाई आफ्नो सेवा प्रदान गरेको जनाएको छ । भर्खरै मिनिमम अमाउन्टको अर्डर गर्नु पर्ने बाध्यता हटेपछि अझै बढी ग्राहकहरुले फूडमान्डु मार्फत अर्डर गर्ने क्रम बढेको जनाएको छ । साथै सुरुवातमा १० वटा रेस्टुरेन्टहरूबाट मात्र आवद्व भएर खाना विभिन्न ठाउमा पुरयाउदै आएको फुडमाण्डुले संचालनको तेह्र बर्यमा हाल १४ सय रेस्टुरेन्टहरूसंग आवद्व भएर २५० भन्दा बढी फुलटाइम राइडरहरू कार्यरत खाना पुरयाउने काम गर्दे आएको जनाएको छ । सुरुवाती दिनहरुमा केवल १० जनकोे मात्र अनलाइन अर्डर आउँथ्यो भने अधिकांशले फोन कल मार्फत नै अर्डर दिन्थे । हिजोआज…
नेपाल चीन व्यापारिक कोरला नाका साढे तीन वर्ष पछि पुनः सञ्चालनमा
आर्थिक परिवेश२७, कात्तिक, काठमाडौं । मुस्ताङ जिल्लामा रहेको नेपाल चीन व्यापारिक कोरला नाका साढे तीन वर्ष पछि पुनः सञ्चालनमा आएको छ । कोभिड महामारी सुरु भएपछि २०७६ चैतमा उक्त नाका बन्द गरिएको थियो । सोमबार नेपाली समय अनुसार बिहान १० बजे र चिनियाँ समयअनुसार दिउँसोको पौने २ बजे नेपाल चीन नाका दुईतर्फी खुल्ला भएको हो । नाका रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई स्वागत गरेर चिनियाँ पक्षले नाका खुलेको औपचारिक घोषणा गरेको थियो । प्रमुख जिल्ला अधिकारीसहित, गाउँपालिका अध्यक्ष र स्थानीय केही व्यक्तीहरू साेमवार तीन वर्ष ७ महिनापछि कोरालानाकाबाट चीनतर्फ प्रवेश गरेर…
सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने सरकारकाे निर्णय
आर्थिक परिवेश२७ कार्तिक, काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साेमवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । “हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खल्बल्याउने गरी टिकटकबाट लगातार प्रचारप्रसार भइरहेका छन्, यसलाई नियन्त्रण गर्न तत्कालका लागि ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको हो”, उहाँले भन्नुभयो । बैठकले यसको प्राविधिक व्यवस्थापनको पाटो मिलाउन सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ । “टिकटक बन्द गर्ने निर्णय आजै भइसक्यो, प्राविधिक पक्ष मिलाउनुपर्ने भएकाले सम्बन्धित व्यक्ति लागिरहनुभएको छ”, मन्त्री…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान संख्या बढ्दा टा्फिकजाम हुन थाल्याे
आर्थिक परिवेश२६ कार्तिक, काठमाडौँ । पछिल्लाे समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको छ । तिहार सुरु भएदेखि नै दैनिक हवाई उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बढेको छ । “दसैँको तुलनामा तिहारमा उडान केही कम छ । तर दैनिक उडान भने चाप बढिरहेको छ”, उहाँले भन्नुभयो । महाप्रबन्धक तिवारीले अन्तर्राष्ट्रियतर्फ अहिले दैनिक दुईतर्फी गरेर एक सय १० को हाराहारीमा उडान भइरहेको जानकारी दिनुभयो । दसैँको समय अर्थात् गत असोज २९ गते अन्तर्राष्ट्रिय उडानतर्फ सबैभन्दा धेरै एक सय १३ उडान भएको थियो । जुन एक…
गोल्डस्टार शूजद्वारा जाजरकोटका भूकम्प पीडितलाई जुत्ताचप्पल सहयोग
आर्थिक परिवेश२६ कार्तिक, काठमाडाैं । गोल्डस्टार शूज कम्पनीले जाजरकोटका भूकम्प पीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गोल्ड स्टानर सुजकी कार्यकारी निर्देशक विदुषी राणाले उक्त सहयोग सामग्री हस्तान्तरण गर्नु भएकाे छ । किरण शूज म्यानुफ्याक्चर कम्पनी अन्तर्गतको गोल्डस्टार शूज कम्पनीले पीडितहरुका लागि ३५ लाख ६८ हजार १५० रुपैयाँ बराबरको १० हजार २२ थान जुत्ता तथा चप्पलहरु सहयोग प्रदान गरेको हो । गोल्डस्टार शूजकि कार्यकारी निर्देशक विदुषी राणाले ‘जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूलाई सहयोगको हात बढाएकाे बताउनु भयाे । सन् १९९० मा स्थापित किरण शूज म्यानुफ्याक्चरर कम्पनी अन्तर्गतको गोल्डस्टार शूज नेपालको…