
घाटा हुने भएकाले मुल्य यथावत,नेपाल आयल निगम
आर्थिक परिवेशकाठमाडौं। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मुल्य नघटाउने भएको छ। भारतबाट हरेक १५ दिनमा आउने पेट्रोलियम पदार्थको नयाँ मूल्य तेर्सो पटक घटेर आएपनि निगमलाई आझै मासिक ६२.५८ करोड रुपैयाँ घाटा हुने भएकाले मुल्य यथावत राखिने नेपाल आयाल निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले बताए । भारतीय आयल कर्पोरेसन (आईओसी) ले मंगलबार पठाएको नयाँ मुल्य अनुसार नेपाल आयल निगमले खरिद गर्दा पेट्रोल प्रतिलिटर १ रूपैयाँ ९४ पैसा र डिजल प्रतिलिटर ४ रुपैयाँ ८४ पैसाले घटेर आएको थियो। निगमका कार्यकारी निर्देशक थानीका अनुसर सरकारले कर समायोजनको बारेमा केही गरेको छैन। ‘सरकारको निर्देशन मात्र मान्नुपर्ने छ तर सरकारले कर समायोजन गरेको छैन।…

नेपाल पूर्वाधार सम्मेलन २५ देशबाट ६ सय सहभागि हुने
आर्थिक परिवेशकाठमाण्डौ । दीगो पूर्वाधारमार्फत देशको समग्र विकास उद्देश्यले आगामी भदौं २३ र २४ गते चौथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन आयोजना हुने भएको छ । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदायको सह आयोजकत्वमा सम्मेलन आयोजना हुने भएको हो । विश्वव्यापी रुपमा भईरहेको पूँजी अभाव र बढ्दो ब्याजदरले पूर्वाधार क्षेत्रमा लगानीका लागि स्रोत परिचालनमा थप चुनौती बनेको बेलामा स्थानीय र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई विश्वासमा लिएर नवप्रवर्तनकारी वित्तीय उपकरण र ढाँचामा केन्द्रिकृत गरेर संवादको माध्यमबाट कमीलाई सम्मेलन केन्द्रीत हुने नेपाल उद्योग परिसंघले जनाएको छ । सम्मेलनको क्रममा…

सुनको मुल्यमा उतार चढाव जारी बढेर ९७ हजार
आर्थिक परिवेशकाठमाण्डौ । नेपाली सुनचाँदी बजारमा शुक्रवार छाप भएको सुनको मूल्य प्रतितोला सात सयले बढेर ९७ हजार तीन सय तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला ९६ हजार छ सयमा कारोबार भएका थियो । यस दिन तेजाबी सुन प्रतितोला ९६ हजार आठ सयमा कारोवार भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार एक सयमा कारेवार भएको थियो । त्यस्तै शुक्रवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय २५ कायम रहेको छ ।

गत बर्षको बजेट भन्दा ठूलो आकारको भयो व्यापार घाटा
आर्थिक परिवेशकाठमाण्डौ । गत आर्थिक बर्ष नेपालमा १९ खर्ब २० अर्ब मुल्य बराबरका विभिन्न प्रकारका वस्तुहरु आयात भएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा भएको आयात अहिले सम्मकै सबै भन्दा बढी हो । हालसम्मकै उच्च मूल्यका ती वस्तुहरु आयात भएका हुन् । गत वर्ष नेपालबाट २ खर्ब रुपैया बराबरका वस्तुको निर्यात भएको छ । आयात र निर्यातको अनुपातको आधारमा नेपालले गत बर्ष मात्र १७ खर्ब २० अर्ब ४१ करोड भन्दा बढीको व्यापार घाटा वेर्होनु परेको छ । नेपालमा आयात भएका कुल वस्तुमध्ये प्रमुख १० प्रकारका वस्तुको आयातमा मात्रै ५ खर्ब ९३ अर्ब ६९ करोड रुपैयाँ मुलुकबाट बाहिरिएको छ । भन्सार विभागका…

सुनको मूल्यमा सामान्य गिरावट
आर्थिक परिवेशकाठमाडौं। सुनचाँदीको मूल्यमा मंगलबार सामान्य गिरावट छ। सुन अघिल्लो दिनको भन्दा तोलामा २ सय रुपैयाँ घटेको छ। मंगलबारका लागि कारोबार मूल्य प्रतितोला ९३ हजार ८ सय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साताको पहिलो दिनका तुलनामा ४ सय बढ्दा सोमबार बजार मूल्य प्रतितोला ९४ हजार रुपैयाँ भएको थियो। चाँदी तोलामा ५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ११ सय ६५ रहेको चाँदी मंगलबार ११ सय ६० रुपैयाँ भएको छ। साताको पहिलो दिनका तुलनामा सोमबार तोलामा १५ रुपैयाँ बढेको थियो। अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस १७०७.३७ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस १८.६३ डलर छ। सोमबार सुन १७१५.३३ डलर र चाँदी १८.८६ डलर थियो।