झण्डै एक सय किलो सुन बरामद धेरै सुन बरामद पहिलो घटना
आर्थिक परिवेश

४ साउन,काठमाडौँ ।  राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसहित छ जना  रहेका छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाले  उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी रहेकाे जानकारी दिनु भयाे  । पक्राउ परेकाको पहिचान खुलाइएको छैन । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो । विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको…

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनायाे
आर्थिक परिवेश

४ साउन,काठमाडौं ।  नेपाली बजारमा  बिहिवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बिहीबार ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँमा सुनको कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सुनको मूल्य गत जेठ १९ गते तोलामा १ लाख १३ हजार ३०० रुपैयाँ पुगेको थियो। बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय ९५ रुपैयाँ पुगेको छ। यो बुधबारको मूल्यभन्दा ५ रुपैयाँ बढी हो। बुधबार प्रतितोला १४ सय ९० रुपैयाँमा चाँदीको कारोबार भएको थियो। चाँदी बुधबार प्रतिऔंस २४.९९ डलर रहेकोमा बिहीबार २५.१ डलर कायम छ।

पाँचतारे होटल, विदेशी मदिरा र १० लाख माथिका पत्थर जडित गरगहनामा दुई प्रतिशत शुल्क
आर्थिक परिवेश

०१ साउन, काठमाडौं ।  साउन १ गतेदेखि पाँचतारे होटल, विदेशी मदिरा र १० लाख माथिका पत्थर जडित गरगहनामा दुई प्रतिशत विलासिता शुल्क लाग्ने भएको छ । आन्तरिक राजस्व विभागले ‘विलासिता शुल्कसम्बन्धी कार्यविधि,२०८०’ साउन १ देखि कार्यान्वयनमा ल्याउदै त्यस्तो शुल्क लाग्ने जनाएको हो । आर्थिक ऐन, २०८० को दफा २१ मा पाँचतारे वा सोभन्दा माथिका होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित मदिरा र १० लाखभन्दा बढीका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गरगहनाको कारोबारमा विलासिता शुल्क लगाउने उल्लेख छ । आर्थिक ऐनको सोही व्यवस्था कार्यान्वयनका लागि विभागले कार्यविधि ल्याएको हो । कार्यविधिअनुसार सम्बन्धित करदाता सेवा कार्यालय, आन्तरिक…

इन्धनमा स्वचालित बिक्री मूल्य लागू
आर्थिक परिवेश

३१ असार , काठमाडौं ।  नेपाल आयल निगमले आइतवार राति १२ बजेदेखि लागू हुने गरि  स्वचालित बिक्री मूल्य प्रणाली लागू गरेको छ। परल मूल्यमा डिजलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत राखेर स्वचालित बिक्री प्रणाली लागू गरेको हो। अबदेखि प्रत्येक महिनाको १ र १६ तारिखमा भारतबाट प्राप्त हुने नयाँ मूल्यसूचीको आधारमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम हुनेछ। आइतबार बसेको निगमको संचालक समितिको २३३५औं बैंठकले स्वचालित बिक्री मूल्य सम्बन्धी कार्यविधि-२०८० पास गरेको छ। निगमले आजै राति १२ बजेदेखि लागू हुने गरि पेट्रोलको मूल्य ६ रुपैयाँ घटाएको छ। अब काठमाडौंमा प्रति लिटर १६४ रुपैयाँमा पेट्रोल पाइने छ। तराईमा १६१.५० रुपैयाँ (क वर्ग),…

नेपालको पहाडी क्षेत्रको पानी हङकङ र मकाउ निर्यात शुरु
आर्थिक परिवेश

२३ असार, काठमाडौं ।   निर्यातकाे संभावना  रहेकाे नेपालकाे पहाडी क्षेत्रमा उत्पादित बोतलबन्द पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ । गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमूना स्वीकृति भएपछि कम्पनीले गत जेठदेखि निर्यात सुरु गरेको वेभ नेपाल प्रालिका सञ्चालक विकास खत्रीले बताउनुभयो । हङकङको नियमअनुसार पानीको मापदण्ड पूरा गरी हङकङको एसएल ट्रेडिङ कम्पनीमार्फत कम्पनीले पानी हङकङ निर्यात सुरु गरिएको हो । हाल हङकङमा पानीको औसतमा मूल्य प्रतिबोतल ९० देखि एक सय रुपैया पर्छ । नेपालबाट निर्यात हुने तुलनात्मकरुपमा पानी सस्तो पर्ने भएकाले हङकङमा नेपाली कम्पनीले प्रतिस्पर्धा गर्नसक्ने विश्वास उत्पादक कम्पनीले लिएको छ । यद्यपि पानीको प्रोसेसिङदेखि निर्यातसम्मको खर्च…