तीन महिनामा नेपालको व्यापार घाटा सवा चार खर्ब रुपैयाँ
आर्थिक परिवेश

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा नेपालको व्यापार घाटा सवा चार खर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को तीन महिनाको अन्तर्राष्ट्रिय व्यापारको तथ्यांकअनुसार असोजसम्मको कुल व्यापार घाटा ४ खर्ब १३ अर्ब ४७ करोड तीन लाख ८६ हजार रुपैयाँ पुगेको छ । जुन चालु आर्थिक वर्षको अघिल्लो (भदौ) महिनाको भन्दा एक खर्ब ४३ अर्ब रुपैयाँले धेरै हो । तीन महिनाको अवधिमा नेपालले ५ खर्ब ४३ अर्ब ५७ करोड ६० लाख रुपैयाँ बराबरको कुल अन्तर्राष्ट्रिय व्यापार गरेको थियो । जसमा ४ खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख २० हजार रुपैयाँ बराबरको वस्तु आयात…

आईसिपी बीरगंज भन्सारको राजस्व असुलीमा ३० प्रतिशतको कमी
आर्थिक परिवेश

बीरगंज । आयातमा गरिएको कडाईका कारण एकीकृत भन्सार जाँच चौकी आईसिपी बीरगंज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७९÷०८० को ३ महिनामा तोकिएको लक्ष्य भन्दा ३० प्रतिशत कम राजस्व असुली गरेको छ । बीरगंज भन्सार कार्यालय आईसिपीले चालु आर्थिक बर्षको साउन, भदौ, असोज महिनामा ३९ अर्ब ६२ करोड ६३ लाख १९ हजार रुपैयाँ राजस्व असुली गरेको छ । भन्सार विभागले बीरगंज भन्सार कार्यालयलाई ३ महिनामा ५६ अर्ब ३७ करोड ८६ लाख ९९ हजार राजस्व असुलीको लक्ष्य तोकेको भए पनि लक्ष्य भन्दा झण्डै ३० प्रतिशत कम राजस्व असुली भएको छ । ३ महिनामा आयातमा गरिएको कडाईका कारण लक्ष्य भन्दा १६ अर्ब ७५…

विश्व व्यापार संगठनको डब्लुटिओ चेयर्स प्रोग्राम नेपालमा शुभारम्भ
आर्थिक परिवेश

काठमाण्डौ । विश्व व्यापार संगठनको डब्लुटिओ चेयर्स प्रोग्राम नेपाल सोमवारदेखि नेपालमा शुभारम्भ भएको छ । विश्व व्यापार संगठन (डब्लुटिओ) को डब्लुटिओ चेयर्स प्रोग्राम नेपालमा कार्यान्वयनका लागि छनौटमा परेको काठमाण्डौ विश्व विद्यालय व्यवस्थापन संकाय (कुसोम) ले सो कार्यक्रमको कार्यान्वयन शुरु गरेको हो । नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीले पानसमा दीप प्रज्वलन गरी ललितपुरमा कार्यक्रमको शुभारम्भ गर्नु भयो । विश्व व्यापार संगठनले तेस्रो चरणको डब्लुटिओ चेयर्स प्रोग्राम कार्यान्वयनका लागि विश्वका १२० विश्व विद्यालयहरुबाट आवेदन माग गरेकोमा प्राप्त भएको आवेदनबाट १७ वटा विश्व विद्यालयहरु छनौट भएका थिए । त्यस मध्येमा नेपालको तर्फबाट काठमाण्डौ विश्व विद्यालय व्यवस्थापन संकाय (कुसोम) छनौट भएको हो ।…

नेपालको आयात, निर्यात र व्यापारघाटा घट्यो
आर्थिक परिवेश

  काठमाण्डौ । चालु वर्षको पहिलो महिना साउनमा नेपालमा हुने आयात घटेको छ । यस अवधीमा १ खर्ब ३१ अर्बको सामान आयात भएको छ । विदेशी मुद्राको संचितिमा दबाब परेपछि सरकारले केही वस्तुमा आयात प्रतिवन्ध लगाउँदा आयात घटेको हो । भन्सार विभागको तथ्यांक अनुसार यो महिना गत बर्षको यसै अवधकिो तुलनामा १२ प्रतिशतले आयातमा कमी भएको छ । गत वर्षको सोही अवधिमा १ खर्ब ५० अर्बको आयात भएको थियो । यो महिनामा नेपालबाट हुने निर्यात पनि घटेको छ । यस अवधीमा निर्यात गत वर्षको तुलनामा२८.६८प्रतिशतले घटेको छ। गतवर्ष २० अर्ब ७६ करोडको निर्यात भएकोमा यो पटक १४ अर्ब ८० करोड…

साउनमा मात्रै नेपाल विद्युत प्राधिकरणले करिव २ अर्बको विजुली भारतमा बेच्यो
आर्थिक परिवेश

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७९÷८०को पहिलो साउन महिनामा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत भारत तर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत साउनमा भारततर्फ निर्यात गरेको हो । विद्युत निर्यातबाट साउनमा औसतमा दैनिक ५ करोड ९३ लाख रुपैयाँ कमाउन प्राधिकरण सफल भएको छ । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठ बाटइन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड(आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीसुरु गरेको थियो । सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री गरिएको…