
इन्फोडेभलपर्स प्रा. लि. र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी
आर्थिक परिवेश३० कार्तिक, काठमाडाैं । इन्फोडेभलपर्स प्रा. लि. र सांग्रिला डेभलपमेन्ट बैंकबीच व्यवसायीक सेवाका लाग समझदारी भएको छ । इन्फोडेभलपर्सलेको “कम्प्रिहेन्सिभ रिकन्सिलेसन सिस्टक” (सीआरएस) प्रणाली सांग्रिला डेभलपमेन्ट बैंकमा लागू गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बैंकले प्रवाह गर्ने सेवाहरू स्वचालिन र सरल बनाउनका लागि सीएसआर सफ्टवेयरले भूमिका खेल्ने भएको छ । यस सम्बन्धी सम्झौतामा इन्फोडेभलपर्स प्रा. लि.का निर्देशक अर्बिन प्रधान र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशीले हस्ताक्षर गरेका छन्। काठमाडौँस्थित बैंकको मुख्य कार्यालयमा आयोजित कार्यक्रमकाबीच सम्झौता सम्पन्न भएको हो । सो अवसरमा इन्फोडेभलपर्सको तर्फबाट कर्पोरेट म्यानेजर सुबास पौडेल, म्यानेजर दिलीप दवाडी तथा सांग्रिला डेभलपमेन्ट बैंकका सूचना…

सुनको मूल्य तोलामा दुई हजार रुपैयाले बढ्याे
आर्थिक परिवेश२३ कार्तिक काठमाडौँ । नेपाली बजारमा शुक्रवार छाप भएकाे बजारमा आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाले बढेको छ । बिहिवार नेपाली बजारमा सुनकाे मुल्य ४ हजार रुपैयाले घटेकाे थियाे । बिहीबार प्रतितोला एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छाप भएकाे सुन शुक्रवार एक लाख ६६ हजार पाँच सय रुपैयामा काराेवार भएकाे छ । यस्तै, यस दिन चाँदीको मूल्य तोलामा २० रुपैयाले बढेको छ । बिहीबार प्रतितोला एक हजार नौ सय ६० मा कारोबार भएको चाँदी शुक्रवारका लागि भने एक हजार नौ सय ८० निर्धारण भइ काराेवार भएको छ ।

विदेशी मुद्रा डलरकाे भाउ बढ्दा युराे र पाउण्डकाे घट्याे
आर्थिक परिवेश१२ कार्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैँया ९१ पैसा र बिक्रीदर एक सय ४५ रुपैँया ५६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैँया १० र बिक्रीदर एक सय ७४ रुपैँया ७८ पैसा रहेकाे छ । त्यसै गरी स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैँया ८६ पैसा र बिक्रीदर एक सय ५५ रुपैँया ५५…

सुन र चाँदीको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउदै
आर्थिक परिवेश६ कार्तिक, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ । मंगलबार सुन तोलामा ३ सय रुपैयाँ बढेको छ । यो वृद्धिपछिसुन प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँमा किनबेच भएको छ । अघिल्लो दिन १ लाख ६५ हजार ६ सय रुपैयाँ थियो । चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाइरहेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेसँगै चाँदी २१०० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले मूल्य तय हुने भएकाले विश्वका ठूला लगानीकर्ताको मनोभावनासँग यो जोडिएको विषय हो । मध्यपूर्वी युद्ध र अमेरिकी चुनावको नतिजापछि…

सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ६५ हजार रुपैयामा काराेवार
आर्थिक परिवेश०४ कार्तिक काठमाडौँ । नेपाली बजारमा बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएर काराेवार भएकाे छ । आइतवार सुनको मूल्य प्रतितोला छ सय रुपैयाले वृद्धि भई एक लाख ६५ हजार रुपैया कायम भइ काराेवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । महासङ्घका अनुसार शुक्रबार छाप भएकाे सुन प्रतितोला एक लाख ६४ हजार चार सय रुपैयामा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा ९५ ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ८० रुपैयामा कारोबार भएको चाँदीको मूल्य आइतावारका लागि भने दुई हजार ७५ रुपैया निर्धारण भएको महासङ्घले जनाएको छ ।