नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक भत्ता ९ हजार रुपैयाँसम्म
आर्थिक परिवेश०२ मसिर काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक भत्ता ९ हजार रुपैयाँसम्म रहेको पाइएको छ । राष्ट्र बैंकको सञ्चालक समितिले प्रति बैठक उक्त रकम लिने गरेको एक प्रतिवेदनले देखाएको छ। राज्य कोषबाट लगानी भएका निकाय, प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थान लगायत निकायका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्ने सम्बन्धी सुझाव कार्यदलको प्रतिवेदन अनुसार सञ्चालक समितिको बैठक भत्ता २ हजार रुपैयाँदेखि ९ हजार रुपैयाँसम्म रहेको छ । अधिकतम ९ हजार रुपैयाँ नेपाल राष्ट्र बैंक र नेपाल विद्युत् प्राधिकरणमा रहेको छ । अन्य चार सार्वजनिक संस्थानले आफ्ना कर्मचारीलाई मासिक तीन लाख रुपैयाँभन्दा बढी तलब भत्ता…
नेपाल राष्ट्र बैंकले ८० अर्ब ४८ करोड रुपैयाँ कमायाे ४२ अर्ब रुपैयाँ सरकारलाई उपलब्ध हुने
आर्थिक परिवेश१ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ८० अर्ब ४८ करोड रुपैयाँ खुद आम्दानी गरेको छ । नेपाल राष्ट्र बैंकले सरकारलाई बुझाएकाे गत आर्थिक वर्षको प्रतिवेदनमा बैंकमा विदेशी विनिमय सञ्चितिमा ऐतिहासिक सुधार भएसँगै खुद आय पनि बढेको उल्लेख छ । राष्ट्र बैंकले विदेशी मुद्रा लगानीमार्फत आम्दानी गर्छ । विदेशी मुद्रालाई नेपालभन्दा बाहिर सरकार तथा अरु केन्द्रीय बैंकका वित्तीय औजारहरूमा लगानी गर्छ । विदेशी विनिमय सञ्चितिको अवस्थाले राष्ट्र बैंकको आम्दानीलाई प्रभावित बनाउँछ । पछिल्लो समय रेमिट्यान्समा आएको उच्च वृद्धि तथा आन्तरिक अर्थतन्त्र सुस्त हुँदा केन्द्रीय बैंकमा विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च हुँदै आएको छ । चालु आर्थिक वर्षको…
तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियाे
आर्थिक परिवेश३० कार्तिक काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले आइतवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को असोज महिनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह ३५ दशमलव चार प्रतिशतले वृद्धि भई पाँच खर्ब ५३ अर्ब ३१ करोड रुपैया पुगेकाे हो । गत असोज महिनामा मात्र दुई खर्ब एक अर्ब २२ करोड रुपैया बराबरकाे विप्रेषण आप्रवाह भएको राष्ट्र बैङ्कले जनाएको छ । यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) छ खर्ब १० अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको…
यस्ताे छ साेमवारका लागि निर्धारित विदेशी मुद्राकाे विनिमय दर
आर्थिक परिवेश२४ कात्तिक काठमाण्डाै । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८७ रुपैयाँ १० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३२ पैसा, क्यानेडियन…
सुनकाे मुल्य एकै दिन ११ हजार छ सयले घट्याे
आर्थिक परिवेश०९ कार्तिक काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज सुनको मूल्य तोलामा रु दुई लाख ४१ हजार ९०० र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार १५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तिहारपछि सुनको मूल्य तोलामा रु ११ हजार ६०० र चाँदी तोलामा रु दुई सय ६५ ले घटेको हो । कात्तिक ३ गते सुन प्रतितोला रु दुई लाख ५३ हजार ५०० र त्यति नै तौलको चाँदी रु तीन हजार २८० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११३ अमेरिकी डलर…