सुन म‌गलवार पनि ताेलामा २६ सयले घट्याे
आर्थिक परिवेश

 ११ मसिर  काठमाडौँ ।   मङ्गलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २६ सय रुपियाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा एक लाख ४८ हजार सात सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ । अघिल्लो दिन सोमबार १५ हजार नौ सय रुपियाँले घटेर एक लाख ५१ हजार तीन सय रुपियाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य तोलामा २५ रुपियाँले घटेको छ । आज चाँदी १८ सय २० रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४५ रुपियाँमा किनबेच भएको थियो ।

सुनकाे मुल्य एकै दिन सत्र सयले बढ्याे
आर्थिक परिवेश

०९ म‌सिर काठमाडौँ ।    नेपाली  बजारमा आइतवार छाप भएकाे सुन  ताेलामा एक हजार ७  सयले बढेकाे छ  । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार आइतवार सुनको मूल्य  ताेलामा एक हजार सात सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला  एक लाख ६५ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६७ हजार दुई सय कायम भएको हो । यस्तै, चाँदीको मूल्य तोलामा  २० ले बढेको छ । शुक्रबार प्रतितोला  एक हजार नौ सय ४० मा कारोबार भएकामा आजका लागि  एक हजार नौ सय ६० निर्धारण भएको छ ।  

राष्ट्रिय वाणिज्य बैंकको व्यवस्थापनमा उर्जा दक्षता अनुदान कार्यक्रम शुरु
आर्थिक परिवेश

०६ मंसिर,काठमाडौं ।  नवीकरणीय ऊर्जा तथा उर्जा दक्षता कार्यक्रम नेपालमा दिगो ऊर्जा मार्फत पुर्नप्राप्ति एवं सशक्तिकरण कार्यक्रम अन्तर्गत बिहिवारदेखि नेपालमा शुरू भएकाे छ । उद्योग तथा व्यवसायमा ऊर्जा दक्षताको प्रवद्र्धनका निमित्त अनुदान योजना प्रारम्भ भएको हाे । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड व्यवस्थापक रहेको यस अनुदान योजनाको प्रमुख उद्देश्य, उद्योग तथा व्यवसायहरूलाई ऊर्जा दक्षताका उपायहरु अवलम्बन गर्न प्रोत्साहन गर्नु हो । यस पहलको प्रमुख उद्देश्य उद्योग तथा व्यवसायहरुमा ऊर्जाको दक्ष उपयोग वाट ऊर्जा खपतमा कमी ल्याई नेपालमा दिगो औद्योगिक विकासलाई बढावा दिनुको साथमा कार्वन उत्सर्जन घटाउनु समेत हो । यस पहल अन्तर्गत ऊर्जा परिक्षकवाट सिफारिस भएका ऊर्जा दक्षताका उपायहरु कार्यान्वयनमा प्रोत्साहन…

तीन महिनामा विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि
आर्थिक परिवेश

 ०४ म‌सिर  काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्ममा विप्रेषण आप्रवाह वृद्धि भई  चार खर्ब सात अर्ब ३१ करोड पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब चार करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत असोज मसान्तसम्ममा खुद द्वितीय आय (खुद ट्रान्सफर)  चार खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रू चार खर्ब चार अर्ब सात करोड रहेको थियो । असोज मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम…

शङ्कास्पद वित्तीय कारोबारमा १८ देखि २४ वर्ष उमेर समूहका विद्यार्थी बढी संलग्न
आर्थिक परिवेश

   ०२ म‌‌‌‌‍‍‌‍‍सिर काठमाडौँ ।   नेपाल राष्ट्र बैङ्क वित्तीय जानकारी इकाइले ‘रणनीतिक विश्लेषण प्रतिवेदन २०२४’ (स्ट्राटेजिक एनालिसिस रिपोर्ट २०२४) सार्वजनिक गरेको छ । इकाइले यस वर्ष साइबर प्रविधिमा आधारित ठगी (साइबर इनेबल्ड फ्रड) का विषयमा तयार पारेको प्रतिवेदन सरकारसमक्ष पेस गरी आज सार्वजनिक गरिएको हो । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १० को खण्ड (क) मा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसुरको प्रकार कसुर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्ति समेतका विवरण संलग्न गरी आफ्नो काम कारवाहीसम्बन्धी वार्षिक प्रतिवेदन राष्ट्र बैङ्कमार्फत नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ । प्रतिवेदनमा साइबर प्रविधिमा आधारित ठगीका विशेषता र यस्तो ठगीमार्फत…