सुनचाँदीकाे मूल्यमा फेरि ‘रेकर्ड ब्रेक’
आर्थिक परिवेश११ पुस काठमाण्डौँ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ। शुक्वार छाप भएकाे सुनको मूल्य प्रतितोला दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल चार हजार ५८५ कायम भएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च मुल्य हो । गत बुधबार छापावाल सुन प्रतितोला दुई लाख ६८ हजार १०० मा र चाँदी चार हजार ४२० रुपैयामा कारोबार भएको थियो । बिहीबार दुवै धातुको मूल्यमा सामान्य गिरावट आएर प्रतितोला सुन दुई लाख ६७ हजार ५०० र चाँदी चार हजार ४०० मा कारोबार भएको थियो । अमेरिकी…
तरलता निष्क्रिय अवस्थामा थुप्रिँदै गएको पृष्ठभूमिमा संरचनात्मक सुधार अपरिहार्य : सुझाव प्रतिवेदन
आर्थिक परिवेश०८ पुष, काठमाडौँ । सुस्त अर्थतन्त्र, उच्च तरलता, बढ्दो निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्तिका कारण बैङ्किङ क्षेत्रमा देखिएका जटिल समस्या समाधान गर्न गठित बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदलले सुधारका सुझावसहित बुझाएको प्रतिवेदन नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैङ्कको सञ्चालक समितिले २०८२ गत जेठ ३० गते डा रेवत बहादुर कार्कीको संयोजकत्वमा गठन गरेको कार्यदलले बैङ्किङ नीति, नियमन, कर्जा प्रवाह, ग्रामीण अर्थतन्त्र, मर्जर, ग्रे–लिष्ट र पुँजीबजारसम्म फैलिएका सुधारका एजेन्डा अघि सारेको छ । कार्यदलले अर्थतन्त्र पूर्ण चलायमान हुन नसकेको, बैङ्किङ क्षेत्रमा लगानी प्रवाह कमजोर रहेको र तरलता निष्क्रिय अवस्थामा थुप्रिँदै गएको पृष्ठभूमिमा संरचनात्मक सुधार अपरिहार्य रहेको निष्कर्ष…
सुनको मूल्यले २ महिना अघिको रेकर्ड भत्कायाे हालसम्मकै उच्च
आर्थिक परिवेश२८ मंसिर, काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ । आइतबार सुनको मूल्यले २ महिनाअघिको रेकर्ड भत्काएकाे छ । यस दिनका सुन प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा काराेबार भएकाे छ । यसअघि असोज ३१ गते सुनको भाउले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ आइतबार २ हजार २ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन २ लाख ५६ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भने कात्तिक ३ गते (अक्टोबर २०) को रेकर्ड अझै तोडिएको छैन । सो दिन प्रतिऔंस ४…
नबिल बैंकले २७ वटा शाखाबाट अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार गर्ने
आर्थिक परिवेश१६ मंसिर काठमाडौँ । नबिल बैंक लिमिटेडले मुलुकभरका विभिन्न २७ वटा शाखामा अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार गरेको छ । यसअघि बैंकको केन्द्रीय कार्यालयसहित सीमित शाखामा उपलब्ध यो सेवा अब अन्य शाखामा पनि विस्तार हुन लागेको बैंकले जनाएको छ । “बैंकको यो सेवा यसअघि तीनधारास्थित केन्द्रीय कार्यालयसहित पुतलीसडक, महाराजगञ्ज, विराटनगर र पोखरास्थित शाखा कार्यालयमा मात्रै उपलब्ध थियो । अब भने काठमाडौँ उपत्यकाका १७ सहित २७ शाखामा सेवा विस्तार गर्न लागिएको छ”, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाँइले बताए । बैंकका अनुसार यो सेवा अब उपत्यकाभित्रका तीनधारा, पुतलीसडक, महारागञ्ज, भाटभटेनी, कुलेश्वर, ठमेल, त्रिपुरेश्वर, विजुलीबजार, मैतीदेवी, हलचोक, सातदोबाटो, कौशलटार, बानेश्वर, गुंसिगाल, कोटेश्वर,…
सुनकाे मूल्यले तोलाको दुई लाख ५० हजार नाघ्याे
आर्थिक परिवेश१२ मंसिर, काठमाडौं । सुनको मूल्यले फेरि तोलाको दुई लाख ५० हजार रुपैयाँ नाघेको छ। तोलामा २२ सय रुपैयाँ बढेर सुनको भाउ आज दुई लाख ५० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार र बुधबार तोलामा ६१ सय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार चारसय रुपैयाँ घटेर दुई लाख ४८ हजार चारसय रुपैयाँमा झरेको थियो। गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ६५ रुपैयाँ बढेर चाँदीको मूल्य आज तीन हजार तीनसय ४५ रुपैयाँ पुगेको महासंघले…