विदेशी मुद्राको विनिमय दर कुन देशको कति ?
आर्थिक परिवेश

२२ असार, काठमाडौं ।    नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १० पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८२ पैसा,…

सम्पत्तिको सुरक्षा र संस्थागत अनुशासन कायम गर्ने विषयलाई वाफियाले सुनिश्चित गर्छ : गभर्नर
आर्थिक परिवेश

 १९ असार, काठमाडौँ ।    नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैङ्क तथा वित्तीय संस्था वाफिया  सम्बन्धी विधेयक नेपालको आर्थिक भविष्य र अनुशासन कायम गर्ने विषयसँग जोडिएको बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँगको छलफलपछि गभर्नर डा. पौडेलले व्यक्तिको सम्पत्तिको सुरक्षा गर्ने र संस्थागत अनुशासन कायम गर्ने विषयलाई विधेयकले सुनिश्चित गर्ने बताउनुभयो । गभर्नर डा. पौडेलले बैङ्कमा रहेको ७० खर्ब रुपैयाँलाई समग्र अर्थतन्त्रको स्रोत मान्नुपर्ने भन्दै राम्रो व्यावसायिक सोच र उद्यमशीलता भएका जोकोहीले यो स्रोतमाथि दाबी गर्ने र ऋण लिन पाउने अधिकार रहनुपर्ने बताउनुभयो । गभर्नर पौडेलले बाफियामा प्रस्तावित…

पुँजीको पहुँच र उद्यमीहरूको विकासमा राष्ट्र बैंकले सहजीकरण गर्ने : गभर्नर पौडेल
आर्थिक परिवेश

३० जेठ, ललितपुर ।   नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले पुँजीको पहुँच र उद्यमीहरूको विकासमा राष्ट्र बैंकले सहजीकरण गर्ने बताउनुभएको छ । आइएमई लिमिटेडद्वारा आज ललितपुरमा आयोजित २५ औँ वार्षिकोत्सव समारोहमा गभर्नर पौडेलले हुण्डीबाट कारोबार भएर मानिसले पैसा नपाउने अवस्थामा आइएमई लिमिटेडले महत्त्वपूर्ण काम गरेको बताउनुभयो । “आइएमईको यो योगदान धेरै ठूलो योगदान हो, देशका लागि धेरै ठूलो चुनौती लिएर काम गर्न सक्ने, रोजगारी र व्यावसायिक सम्भावना खोज्ने खालका व्यक्तिहरू आवश्यक छ,” उहाँले भन्नुभयो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले विदेशमा भएको कमाई औपचारिक माध्यमबाट नेपालमा ल्याउन आइएमई सफल भएको भन्दै आगामी दिनहरूमा राष्ट्र बैंकले जारी गर्ने नीति…

वित्त र मौद्रिक नीतिबिच सन्तुलन र संयोजनको अपेक्षा गरेको छु : अर्थमन्त्री पौडेल
आर्थिक परिवेश

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्कबिच असल सम्बन्ध स्थापित गरी वित्त र मौद्रिक नीतिको समन्वयमार्फत अर्थतन्त्र सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ । चाणक्य मिडिया प्रालिले आज यहाँ आयोजना गरेको  ‘पूर्व–मौद्रिक नीति छलफल’ मा अर्थमन्त्री पौडेलले सरकारले ल्याउने आर्थिक तथा वित्त नीति र केन्द्रीय बैङ्कले ल्याउने मौद्रिक नीतिबिच सामञ्जस्यता तथा समन्वय, समान उद्देश्य प्राप्तिलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको हो । “अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्क तथा वित्त नीति र मौद्रिक नीति बीचको आपसी सन्तुलन कायम भएन भनेर छलफल तथा चर्चाको विषय हुने गरेको छ,” अर्थमन्त्री पौडेलले भन्नुभयो । “मन्त्रालय र राष्ट्र बैङ्कका…

६ करोड अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ अंकित हरित बन्ड जारी हुने
आर्थिक परिवेश

 १६ बैशाख काठमाण्डाै ।   एनएमबी बैंकले हरित बन्ड जारी गर्न अन्तर्राष्ट्रिय निकायहरु आईएफसी, बीआईआई र मेटलाइफसँग साझेदारी गरेको छ। नेपालमै पहिलो पटक ६ करोड अमेरिकी डलरबराबरको नेपाली रुपैयाँ अंकित हरित बन्ड जारी गर्न लागिएको हो। यस सहकार्यले जलवायु परियोजनाहरुमा संलग्न उद्ययमहरुमा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्ष  रुपमा गुणस्तरीय रोजगारी सिर्जना हुने लक्ष्य रहेको बैंकले जनाएको छ। त्यसैगरी, यसले देशको उर्जा क्षेत्रको विकसमा थप टेवा पुग्ने विश्वास बैंकको छ। यस बन्ड जारी गरी प्राप्त हुने रकम विशेषतः सौर्य ऊर्जालगायतका नवीकरणीय ऊर्जा, विद्युतीय सवारी, हरित भवन तथा बायोमासजस्ता परियोजनाहरुमा लगानी विस्तार गरिनेछ। उक्त समझदारीपत्रमा बैंकका सञ्चालक समिति अध्यक्ष मनोज कुमार गोयलले…