वित्तीय क्षेत्र चुनौतीपूर्ण अवस्थामै रहेको छ : कामु गभर्नर
आर्थिक परिवेश१४ बैशाख, काठमाडाै । नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. नीलम ढुंगानाले वित्तीय क्षेत्र चुनौतीपूर्ण अवस्थामै रहेको बताउनु भएकाे छ। नेपाल राष्ट्र बैंकको ७०औँ वार्षिक उत्सवका अवसरमा अायाेजित कार्यक्ममा बोल्दै उहाँले पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिए पनि कर्जामा अपेक्षित सुधार नदेखिँदा वित्तीय क्षेत्र अझै चुनौतीपूर्ण अवस्थामै रहेको बताउनु भएकाे हाे । आन्तरिक अर्थतन्त्रमा संरचनागत एवं व्यवस्थापनजन्य विषयहरुको सम्बोधन अहिलेको आवश्यकता भएको उहाँको भनाइ छ। यो उच्च तरलता र न्यून ब्याजदरका बाबजुद पनि निजी क्षेत्रतर्फ कर्जा जान नसक्दा त्यसले वित्तीय क्षेत्रको चुनौती कायमै राखेको ढुंगानाले बताउनु भयाे । अर्थतन्त्र लयमा आउन थालेको बताउँदै उहाँले बाह्य क्षेत्र समेत सबल हुँदै गएको अवस्थामा…
सुनको मूल्य एकै दिन तोलामा सात हजार ५ सय रुपैयाले घट्याे
आर्थिक परिवेश१० बैशाख, काठमाण्डौं । बुधवार नेपाली बजारमा छाप भएको सुनको मूल्य तोलामा सात हजार ५ सय रुपैयाले घटेको छ । मङ्गलबार स्थानीय बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख ९७ हजार ९०० पुगेको सुनको मूल्य बुधवार भने घटेर एक लाख ९० हजार ४०० मा कारोवार भएको छ । बुधवार चाँदी प्रतितोलाको पाँच रुपैयाले घटेर एक हजार ९६५ मा कारोबार भएको छ ।
सुनको भाउमा ऐतिहासिक रेकर्ड एकै दिन ७ हजारले बढ्याे
आर्थिक परिवेश९ वैशाख, काठमाडौं । स्थानीय बजारमा मगलवार सुनको भाउले ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छाप भएकाे सुन तोलामै ६ हजार ९ सय रुपैयाँ बढेको छ । योसँगै सुनको भाउ तोलाको १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको छ । केही दिनयता स्थिर रहेको चाँदीको भाउ भने तोलामा १० रुपैयाँले वृद्धि भएको छ । सोमबार तोलाको १ हजार ९ सय ६० रहेको चाँदी आज १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्यमा भारी वृद्धि हुँदा नेपाली बजारमा पनि वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३…
नागरिक लगानी कोषबाट सहभागीहरूलाई एक अर्ब ५२ करोड थप प्रतिफल प्रदान
आर्थिक परिवेश०८ बैशाख, काठमाडौं । नागरिक लगानी कोषले बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरूलाई उहाँहरुको खातामा जम्मा भएको रकममा एक प्रतिशतका दरले एक अर्ब ५२ करोड रुपैयाँ प्रतिफल प्रदान गरेको छ । कोष सञ्चालक समितिको बैठकले २०८१ असार मसान्तमा कोष मौज्दात रहेका सहभागीहरूलाई २०८० चैत मसान्तसम्मको कोष मौज्दातमा कुल सञ्चित मुनाफाबाट उक्त प्रतिफल प्रदान गर्ने निर्णय गरेको हो । बचत वृद्धि अवकाश कोषका सहभागीहरूको खातामा कोषले प्रदान गरेको थप रकम जम्मा भइसकेको छ । यसअघि पनि कोषले थप प्रतिफल प्रदान गर्दै आइरहेको छ ।
सुनको मूल्य तोलाको एक लाख ८७ हजार
आर्थिक परिवेश०३ बैशाख काठमाडौँ । नेपाली बजारमा बुधवार छाप भएकाे सुनको मूल्य तोलाको एक लाख ८७ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला रू एक लाख ८४ हजार तीन सयमा कारोबार भएको सुन आज तोलामा दुई हजार सात सय बढेर रू एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य तोलाको रू एक हजार नौ सय ५५ कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा १० बढेको हो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार दुई सय ८५ अमेरिकी डलर हाराहारीमा कारोबार…