देशकाे पहिलाे प्राइभेट बाणिज्य बैक नविलले ३९ बर्षमा मुलुककाे वित्तीय पहुँचमा गर्याे याेगदान
आर्थिक परिवेश२८ असार, काठमाडौँ । मुलुकको अग्रणी बाणिज्य बैक नबिल बैंकले एक कार्यक्रम आयोजना गरी स्थापनाको ४०औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा दिगो विकासमा बैकिङ क्षेत्रकाे भुमिका भन्ने विषयमा छलफल गरिएको थियो । काठमाडौँमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले पछिल्लो समय बैंक दिगो विकासमा केन्द्रित गरेको उल्लेख गर्दै कार्यक्रम र सेवा प्रवाहलाई सोहीअनुसार अघि बढाइएको जानकारी दिनु भयाे । बैंकले सुरु गरेको दिगो बैंकिङको योजना दीर्घकालीन सोचमा आधारित रहेको उल्लेख गर्दै उनले यसमार्फत कार्बन उत्सर्जन कम गर्न, हरित प्रविधिमा लगानी गर्न र सामाजिक र आर्थिक विकासलाई प्रवद्र्धन गर्ने परियोजना अगाडि बढाउन सहयोग पुग्ने उहाँले उल्लेख गर्नु भयाे …
सहकारीका समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकले दियाे पाँच बुँदे सुझाव
आर्थिक परिवेश२४ असार, काठमाडौँ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँच बुँदे सुझाव प्रस्तुत गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको साेमवारको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले पाँच बुँदाका आधारमा अघि बढे सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिने बताउनुभएको हाे । बैठकमा अधिकारीले तीन चरणमा बचत फिर्ता गर्न सकिने योजना समेत प्रस्तुत गर्नुभएको थियो । उहाँले पहिलो चरणमा एक लाखसम्म, दोस्रो चरणमा पाँच लाखसम्म र तेस्रो चरणमा पाँच लाखभन्दा बढी बचत हुने बचतकर्ताका रकम फिर्ता गर्न सकिने सुझाव दिनु भएकाे समितिले जनाएकाे छ । समस्या समाधान गर्न ‘डेडिकेटेड’ समूह बनाउने, समस्याग्रस्त…
सुनकाे मुल्यमा नयाँ रेकर्ड एकै दिन एक हजारले बढ्याे
आर्थिक परिवेश२३ असार, काठमाडौं । आइतबार एकै दिन प्रतितोला १ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ तोकेको छ । एक महिनाकै अन्तरमा सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । यसअघि जेठ २५ गते १ लाख ४५ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेकोमा आज सो रेकर्ड तोडिएको छ । नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भए पनि अन्तर्राष्ट्रिय बजारमा भने जेठ ७ (मे २०) कै रेकर्ड तोड्न सकेको छैन । सो दिन अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २४२६ डलर पुगेको सुन…
सुनकाे मुल्य एकै दिन ताेलामा १६ सयले बढयाे
आर्थिक परिवेश२० असार, काठमाडौं । साताकाे बिहिवार एकैदिन नेपाली बजारमा छाप भएकाे सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि जेठ २५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८२५ रुपैयाँ रहेको चाँदी आज १८६५ रुपैयाँ कायम भएको छ ।
आइतबार एकै दिन सुनकाे मुल्य तोलामा २७ सयले घट्याे
आर्थिक परिवेश०९ असार, काठमाडौं । साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ आइतबार सुन तोलामा २७ सयले घटेको हो । आइतबार छाप भएको सुन तोलाको १ लाख ४२ हजारमा कारोबार भएको छ । तेजावी सुन १ लाख ४१ हजार ३०० मा कारोबार भएको छ । शुक्रबार छाप भएको सुन प्रतितोला १ लाख ४४ हजार ७ सय र छाप नभएको सुन प्रतितोला १ लाख ४४ हजारमा कारोबार भएको थियो । आइतवार चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी तोलाको १ हजार ८ सय १५ मा कारोबार भएको छ । शुक्रबार चाँदी १ हजार ८ सय ६५…