आइतबार एकै दिन सुनकाे मुल्य तोलामा २७ सयले घट्याे
आर्थिक परिवेश

०९ असार, काठमाडौं ।    साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ आइतबार सुन तोलामा २७ सयले घटेको हो । आइतबार छाप भएको सुन तोलाको १ लाख ४२ हजारमा कारोबार भएको छ । तेजावी सुन १ लाख ४१ हजार ३०० मा कारोबार भएको छ । शुक्रबार छाप भएको सुन प्रतितोला १ लाख ४४ हजार ७ सय र छाप नभएको सुन प्रतितोला १ लाख ४४ हजारमा कारोबार भएको थियो । आइतवार चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी तोलाको १ हजार ८ सय १५ मा कारोबार भएको छ । शुक्रबार चाँदी १ हजार ८ सय ६५…

सुन प्रतितोला १९ सय र चाँदी प्रतितोला २५ रुपियाँले बढ्याे
आर्थिक परिवेश

०७ असार काठमाडौं ।  शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । सुन प्रतितोला १९ सय र चाँदी प्रतितोला २५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छाप भएकाे  सुन प्रतितोला १ लाख ४४ हजार ७ सय र छाप नभएकाे सुन प्रतितोला १ लाख ४४ हजार रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ठगी मुद्दामा अनुसन्धानका लागि सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित नौजना पक्राउ
आर्थिक परिवेश

२८जेठ, काठमाडौँ । प्रहरीकाे  केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले ठगी मुद्दामा अनुसन्धानका लागि सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित नौजनालाई पक्राउ गरेको छ । ठगी मुद्दामा अनुसन्धानका लागि तत्कालीन अध्यक्ष राजेश श्रेष्ठ, सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ, शिवगोपाल रिसाल तथा अभिषेक बज्राचार्यलाई पक्राउ गरिएको सीआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोटगीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ठगीको मुद्दामा अनुसन्धानका लागि सेञ्चुरी बैंकका नौजना पक्राउ परेका छन्, अभिषेक बज्राचार्यलाई सुनसरीबाट आज पक्राउ गरिएको हो ।” यसअघि कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा गत फागुन १५ गते सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत…

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : सवारी कर्जाको जोखिमभार घट्याे
आर्थिक परिवेश

०४ जेठ, काठमाढौ ।    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सवारी कर्जाको जोखिमभार घटाएको छ भने घरजग्गा कर्जा केही सहज बनाएको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान एक सय २५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका कर्जाको जोखिमभार घटाई एक सय प्रतिशत कायम गरिएको छ । त्यसैगरी घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपात (डेब्ट सर्भिस टु ग्रस इनकम रेसियो) लाई सहजीकरण गरी कर चुक्त प्रमाण पेस गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने व्यवस्था ल्याइएको राष्ट्र बैंकले जनाएको…

इन्टरनेट सेवा प्रदायक संस्थाबाट कूल तीन अर्ब ६४ करोड रकम असुल गर्न बाटाे खुल्याे
आर्थिक परिवेश

३० बैशाख, काठमाडौँँ ।   वर्ल्डलिङ्क कम्युनिकेसन लगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट नेपाल सरकारलाई प्राप्त हुनुपर्ने रोयल्टी राजश्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क कानुन बमोजिम असुल उपर गर्ने बाटो खुलेको छ । यस सम्बन्धमा सर्वोच्चमा वर्ल्डलिङ्क कम्युनिकेसनले दायर गरेका विभिन्न आठ वटा रिट खारेज भएका छन् । सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नहकुल सुबेदीको संयुक्त इजलासले वर्ल्डलिंकको माग दाबी अस्वीकार गर्दै रिट खारेज गरिदिएको हो । यो फैसलासँगै सरकारलाई रोयल्टी राजश्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क कानुन बमोजिम असरउपर गर्ने बाटो असुलीको बाटो खुलेको छ । महालेखापरीक्षकले आर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदन देखि हरेक वर्ष निरन्तर रुपमा इन्टरनेट सेवा प्रदायकहरूले नेपाल…