नेप्से परिसूचक २३ दशमलव २५ अङ्कले बढ्दा काराेवार रकम ६ अर्ब नजिक
आर्थिक परिवेशकाठमाडौँ । बुधवार नेपाली शेयर बजारकाे परिसूचक नेप्से २३ दशमलव २५ अङ्कले बढेको छ । यस दिन नेप्से परिसूचक एक दशमलव ०८ प्रतिशतले बढेर दुई हजार एक सय ७५ दशमलव ४० को बिन्दुमा कायम भएको छ । बुधवार तीन सय २२ कम्पनीको एक करोड ५२ लाख ९६ हजार सात सय ३९ कित्ता शेयर ७२ हजार सात सय १४ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ७४ करोड ४० लाख ८३ हजार बराबरको कारोबार भएको छ । यस दिन विकास बैङ्क समूह शून्य दशमलव २९ प्रतिशतले घटेको छ भने अरू सबै समूहका उपसूचकहरू बढेका छन् । सबैभन्दा धेरै बैङ्किङ समूह एक दशमलव ६९ प्रतिशतले…
शेयर बजारमा काराेवार रकम र परिसूचकमा उच्च अंककाे वृद्धि
आर्थिक परिवेश२३ असार, काठमाडौँ I साताकाे पहिलाे काराेवार दिन नेपाली शेयर बजारकाे काराेवार सूचक (नेप्से) दोहोरो अङ्कको वृद्धि भइ कारोबार रकम छ अर्ब नाँघेको छ । यस दिन परिसूचक २१ दशमलव २७ प्रतिशतले बढेर दुई हजार एक सय ४० दशमलव ९७ विन्दुमा कायम भएको छ । आइतवार तीन सय २५ कम्पनीहरूका एक करोड ४० लाख १४ हजार छ सय २२ कित्ता शेयरहरू छ अर्ब २९ लाख ३१ हजार आठ सय ५४ रूपैयामा कारोबार भएका छन् । यस दिन विकास बैङ्क समूह शून्य दशमलव २४, वित्त समूह दुई दशमलव ०७ र व्यापार समूह दुई दशमलव २३ प्रतिशतले घटेको छ भने अरू सबै…
परिसूचक दाेहाेराे अंकले बढ्दा करिव साढे ६ अर्बकाे काराेवार
आर्थिक परिवेश२० असार, काठमाडौँ । यो साताकाे कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार पनि उच्च रकमले बढेकाे छ । बिहीबार नेप्से परिसूचक १५.४६ अङ्कले बढेर दुई हजार एक सय १९.६९ अङ्कमा कायम भएको छ । बिहीबार तीन सय १३ कम्पनीहरूका दुई करोड २१ लाख ६७ हजार ६ सय ७९ कित्ता शेयरहरू ८४ हजार एक सय २६ पटक किनबेच हुँदा ६ अर्ब ४८ करोड २५ लाख ४७ हजार बराबरको कारोबार भएको छ । बिहीबार वित्त समूह ०.५९ र उत्पादन तथा प्रशोधन समूह ०.१५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । यस…
सत्ता समीकरणकाे सहमती पछि शेयर बजार प्रभावित परिसूचक २१ सयमा
आर्थिक परिवेश१८ असार, काठमाडौं । एकाएक दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समीकरण बन्ने निश्चित भएपछि यसको असर नेपाली शेयर बजारमा देखिएकाे छ । गएराति दुई दलबीच सत्ता बाँडफाँटमा मोटामोटी सहमति भएपछि मंगलबार बजार खुलेको २ मिनेट नपुग्दै ४ प्रतिशत बढ्यो, पहिलो ‘सर्किट ब्रेक’ लाग्यो र कारोबार २० मिनेट स्थगित भयो । दोस्रो पटक खुलेपछि ५ प्रतिशत बजार बढ्यो, दोस्रो सर्किट ब्रेक लाग्यो । तर, त्यसपछि मध्याह्न १२ः०१ बजे खुलेको बजारमा भने केही बिक्री चाप देखियो । दुई ठूला राजनीतिक दल मिल्दा सेयर बजारमा उत्साह त थियो नै, तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने भएपछि…
नेप्से परिसूचक १६ दशमलव २९ अङ्कले उकालो लागेर दुई हजार ५३ पुग्याे
आर्थिक परिवेश१७ असार, काठमाडौँ । नेपाली धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमवार दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव २९ अङ्कले उकालो लागेर दुई हजार ५३ दशमलव ३८ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शुन्य एक अङ्कले उकालो लागेर तीन सय ६१ दशमलव ७७ मा पुगेको छ । कूल ७१ लाख ६५ हजार सात सय ३५ कित्ता शेयर रु दुई अब ९९ करोड ९९ लाख ६५ हजार २१ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी नौ दशमलव ७४, दोर्दी खोला…