शेयर बजारमा ११ महिना यताकै उच्च रकमकाे काराेवार
आर्थिक परिवेश

   काठमाडौँ । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे कारोबार रकम साढे २६ अर्ब नाघेको छ । यस दिन नेप्से परिसूचक १८ दशमलव ४४ अङ्कले घटेर दुई हजार ९६४ दशमलव २० को बिन्दुमा कायम भएको हो । आइतवार तीन सय २३ कम्पनीहरुका  पाँच करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयरहरु  २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार २३७ रुपैयामा किनबेच भएका छन्  । आइतवारको शेयर बजारकाे कारोबार रकम पछिल्लो करिब ११ महिना यताकै उच्च काराेवार रकम हो । विकास बैंक समूह एक दशमलव २३, उत्पादन तथा प्रशोधन एक दशमलव शून्य आठ, म्युचुअल फण्ड शून्य दशमलव ३९ र व्यापार…

शेयर बजारमा परिसूचक र काराेवार रकम दुवै वढ्याे
आर्थिक परिवेश

६ साउन, काठमाडौं ।     मंगलबार सेयर बजार ८०.९७ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २९७३.७० अंकमा पुगेको छ । नेप्सेको यो अंक गत वर्षको ३० साउन यताकै उच्च हो । गत ३० साउनमा नेप्से ३ हजार अंक पुगेको थियो । कारोबार सुरु भएदेखि बजार अन्तिम समयसम्म उकालो लागिरह्यो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १६ अर्ब ३२ करोडको कारोबार भएकोमा आज २० अर्ब ८ करोडको भयो । यस दिन २३६ कम्पनीको मूल्य बढ्दा १४ को घट्यो । यस दिन तीन समूह ४ प्रतिशतभन्दा धेरै बढे । उत्पादन तथा प्रशोधन ४.६३, जीवन बीमा ४.३६ तथा…

शेयर बजारमा ११ महिना यताकै उच्च, २१ अर्बकाे काराेवार
आर्थिक परिवेश

०४साउन,काठमाण्डौ ।    साताको पहिलो दिन आइतबार नेपाली शेयर बजारमा ठूलै उतारचढाव भएको छ । अघिल्लो कारोबार दिन २८७० अंकमा रहेर बन्द भएको बजार आइतबार कारोबारका क्रममा बढेर २९२२ अंकमा मा पुगेको भए पनि अन्ततः अघिल्लो दिनकै अंक २८७० मा झरेर बन्द भयो । बजारको उतारचढाव ठूलो हुँदा आइतवार कारोबार रकम पनि उल्लेख्य रुपमा बढेको छ । अघिल्लो दिन गत बिहिवार १६ अर्ब ५९ करोडको कारोबार भएको बजारमा आइतवार भने २१ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भयो । आइतवारको कारोबार रकम ११ महिना यताकै उच्च हो । गत वर्षको साउन ३२ गते हालसम्मकै उच्च रकम २९ अर्ब ९५ करोड…

आर्थिक वर्षकाे पहिलाे दिन शेयर बजार उच्च अंकले बढ्याे
आर्थिक परिवेश

०१ साउन, काठमाडौं ।    नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन बिहीबार सेयर बजार ७५.८४ अंक (२.७१ प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २८७० अंकमा पुगेको छ । २३९ कम्पनीको मूल्य बढ्दा ९ को घट्यो । आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १४ अर्ब ३ करोडको कारोबार भएकोमा आज १६ अर्ब ५९ करोडको भयो । यस दिन सबै समूहका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ५.०९ प्रतिशतले  बढेकाे छ  । त्यस्तै बैंकिङ १.७६, विकास बैंक १.९५, फाइनान्स २.८०, होटल तथा पर्यटन २.६०, हाइड्रोपावर ३.०४, लगानी ३.१७, जीवन बीमा ३.१४, उत्पादन तथा…

शेयर बजारकाे काराेवार उच्च अंक र रकमले बढ्याे
आर्थिक परिवेश

२६ असार, काठमाडौं ।   बिहीबार नेपाली शेयर बजारकाे काराेवार करिब ४ महिनाकै उच्चतम अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा बिहिवार नेप्से परिसूचक २५.८९ अंक बढेसँगै २७३१ मा कायम भएको छ । यो अंक २८ फागुनयताकै उच्च हो । सो दिन २७३६ अंकमा रहेको बजार त्यसयता २७३० भन्दा तल रहँदै आएको थियो । आज सेयर बजारमा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ६८ करोडको भयो । १६१ कम्पनीको मूल्य बढ्यो भने ८७ को घट्यो । बिहीबार पनि वाणिज्य बैंकहरुकै सेयरमा आकर्षण देखिएको छ । नेप्से ०.९५ प्रतिशत बढ्दा सो…