नेप्से ५४.५१ अंकले बढ्याे काराेवार करिव २४ अर्ब
आर्थिक परिवेश

०८ चैत्र, काठमाण्डौं ।    आइतबार नेपाली शेयर बजारको परिसूचकमा उच्च अंकको वृद्धि भएको छ । यस दिन बजारको परिसूचक नेप्से ५४.५१ अंकले बढेको छ । सो वृद्धिसँगै बजार परिसूचक नेप्से २९३१ अंकमा पुगेको छ । यो अंक करिब ८ महिनायताकै उच्च हो । गत बिहीबार ६४ अंकले नेप्से बढ्दा कारोबार रकम पनि बढेको थियो । अघिल्लो दिन बिहिवार २१ अर्ब २२ करोडको कारोबार भएकोमा बजारमा आइतवार २३ अर्ब ५९ करोडको कारोवार भएको छ । यो कारोबार रकम पनि गत साउन ११ गते यताकै उच्च रकम हो । यस दिन १८३ कम्पनीहरुको मूल्य बढ्दा ७३ को घट्यो भने ८ कम्पनीहरुको…

शेयर बजारमा सामान्य अङ्कको सुधार
आर्थिक परिवेश

  ०१ चैत्र काठमाडौँ ।   यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले बढेर दुई हजार ८२४ दशमलव ९० विन्दुमा कायम भएको हो । आज ३५० कम्पनीको तीन करोड ९५ लाख ४९ हजार ३३ कित्ता शेयर एक लाख २४ हजार ४९० पटक खरिदबिक्री हुँदा रु १४ अर्ब ३२ करोड ९६ लाख चार हजार ३१५ दशमलव ९० को कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव ६२, लगानी शून्य दशमलव ५४, जीवन बिमा शून्य दशमलव ४६ र म्युचुअल फण्ड समूह…

सेयर बजारको परिसूचक नेप्से ४६.७८ अंक घट्याे
आर्थिक परिवेश

२७ फागुन, काठमाण्डौ ।   बुधबार नेपाली सेयर बजारको परिसूचक नेप्से ४६.७८ अंक घटेको छ । यो घटाइसँगै नेप्से परिसूचक २७९६ अंकमा झरेको छ । बजार खुलेको पहिलो एक घण्टा उतारचढाव देखिए पनि त्यसपछि परिसूचक नेप्से निरन्तर ओरालो लाग्यो । यसअघि सोमबार बजारमा सकारात्मक सर्किट ब्रेक लागेर बढेको नेप्से २८७५ अंकमा पुगेको थियो । त्यसयताका दुई दिनमा बजार ७९ अंक घटेको छ । आज ३४ कम्पनीको मूल्य बढ्दा २२५ को घट्यो भने ३ को स्थिर रह्यो । कारोबार रकम ३८ प्रतिशतले घटेको छ । अघिल्लो दिन २१ अर्ब ५० करोड रुपैयाँको कारोबार भएकोमा आज १३ अर्ब १८ करोडमा खुम्चियो । व्यापार…

शेयर बजारमा ८ महिना यताकै उच्च रकमकाे काराेवार
आर्थिक परिवेश

२६ फागुन, काठमाडौं ।     मंगलबार नेपाली शेयर बजारकाे काराेवार उच्च अ‍कले घटेकाे छ ।  यस दिन परिसूचक उच्च अ‌कले घटे पनि काराेवार भने उच्च रकमले बढेकाे छ ।   यसदिन बजारमा २१ अर्ब ५० कारोड २० लाख रुपैयाँको शेयरकाे किनबेच भएकाे छ  । यो पछिल्लो ८ महिना यताकै उच्च कारोबार रकम हो । यस भन्दा पहिले २०८२ साउन ५ गते  २१ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो । मगंलबार नेप्से परिसूचक ३२.०८ अंकले घटेर बन्द भएको छ । प्रतिनिधि सभा निर्वाचनपछिको दोस्रो कारोबार दिन नेप्से सूचक घटेर बन्द भएको हो । यसदिन नेप्से परिसूचक ३२.०८ अंक घटेर २८४३.३५ विन्दुमा…

शेयर बजारमा उत्साह ३ पटकको सर्किट ब्रेक परिसूचक उच्च वृद्धि
आर्थिक परिवेश

२५ फागुन, काठमाण्डौ ।   सोमवार नेपाली शेयर बजारका लगानीकर्ताहरु उत्साहित हुँदा बजारको परिसूचकमा उच्च वृद्धि भएको छ । प्रतिनिधिसभा निर्वाचनको परिणाम पछि शेयर बजारका लागानीकर्ताहरु उत्सहित हुँदा बजारको कारोवारमा उच्च वृद्धि भएको र लगानीकर्ताहरु पनि लगानीका लागि उत्साहित भएको देखिएको छ । निर्वाचनको मतगणना परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत ल्याएको देखिएको छ । मत परिणामका आधारमा अबका ५ वर्ष स्थिर सरकार बन्ने र लगानीमैत्री वातावरण सिर्जना हुने अपेक्षा शेयर बजारमा लागानीकर्ताहरु मार्फत प्रतिबिम्बित भएको देखिएको छ ।   सोमवार बजारका लागनीकर्ताहरु उत्साहित भएर लगानी गर्दा बजार उच्च अंकले बढेको हो ।  सोमबार शेयर बजारमा तीन पटमसम्म सर्किट ब्रेक…