शेयर बजारमा आइतवार उच्च अंकको सुधार
आर्थिक परिवेश१३ पुष, काठमाण्डौ । नेपाली शेयर बजारमा आइतवार उच्च अंकको सुधार भएको छ । आइतवार नेप्से परिसूचक ४७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ४२ को बिन्दुमा कायम भएको छ । यस दिन विभिन्न ३२८ कम्पनीहरुका एक करोड ३४ लाख ६७ हजार १४५ कित्ता शेयरहरु पाँच अर्ब ५३ करोड १३ लाख ७० हजार रुपैयामा किनबेच भएका छन् । कारोबार सुरु हुँदा २५८५.८७ अंकमा रहेको नेप्से सूचक ४७.५५ अंक बढेर कारोवरको अन्तिममा २६३३.४२ अंकमा पुगेको हो । आइतबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सुरु मूल्यमा सुधार भएपछि समग्र बजार सूचक उच्च अंकले बढेको हो । आइतबार नेप्से सूचकसँगै कारोबार…
पुष लागेसगै शेयर बजारमा १८.३७ अंकको सुधार
आर्थिक परिवेश१ पुस, काठमाडौं । सेयर बजारमा १८.३७ अंकको सुधार आएको छ। नेप्से उक्त अंकले बढेर २६१९.९९ विन्दुमा पुगेको हो। योसँगै बजारमा ३ अर्ब २९ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। ७८ लाख कित्ता बिक्रीमा उक्त कारोबार भएको हो। मंगलबार १८७ वटा सेयरको मूल्य बढ्दा ६१ वटाको घटेको र ११ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। आज पनि स्वस्तिक लघुवित्तका सेयरधनीले प्रतिकित्ता २३२.७० रुपैयाँ आम्दानी गरेका छन्। यसबाहेक नारायणी डेभलपमेन्ट बैंक, एसवाई प्यानल, वाराही हाइड्रोपावर र लुम्बिनी विकास बैंकको पनि सेयर क्रमशः ९.९९, ९.९८, ७.०४ र ५.८१ प्रतिशतले सेयर बढेको छ। श्वेत गंगा हाइड्रो, बोटलर्स नेपाललगायतको सेयर भने ४.१६…
नेपाली सेयर बजार २६ सय अंक भन्दा तल झर्याे
आर्थिक परिवेश२८ मंसिर, काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली सेयर बजार २६ सय अंक भन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा १२.५० अंक घट्दै नेप्से परिसूचक २५९४ अंकमा झरेको हो । बजार करिब दिनभरजसो ओरालोमा रह्यो । यस दिन बजारकाे कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ४९ करोडको कारोबार भएकोमा आइतवार ४ अर्बको काराेवार भयो । यस दिन ५६ कम्पनीहरुकाे मूल्य बढ्दा १९७ को घट्यो भने ६ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम भएकाेमा बैंकिङ समूह भने स्थिर रह्यो । यस दिन विकास बैंक ०.३४, फाइनान्स ०.७८, होटल तथा पर्यटन…
शेयर बजार निरन्तर ओरालो यात्रामा
आर्थिक परिवेशमङ्सिर २२ काठमाडौँ । पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारोबारको दुवै दिन गिरावट देखिएको हो । आइतबार २१ दशमलव ४८ अङ्कले घटेको नेप्से परिसूचक आज तीन दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार ६०६ दशमलव ६७ को बिन्दुमा कायम भएको हो । साेमवार ३३१ कम्पनीको एक करोड एक लाख ४६ हजार ४०० कित्ता शेयर ८३ हजार २७३ पटक खरिद बिक्री हुँदा रू चार अर्ब ६६ करोड ९५ लाख ४८ हजार ७४२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । साेमवारको कारोबारमा जलविद्युत् समूह शून्य दशमलव…
शेयर बजार घट्यो कारोबार बढेर ७ अर्ब बढी भाे
आर्थिक परिवेश१४ मंसिर, काठमाडौं । नेपाली शेयर बजारकाे परिसूचक नेप्से आइतबार २६अंकले घटेर २६४९ अंकमा झरेको छ। यस दिन नेप्से घट्दा पनि कारोबार रकम भने ७ अर्ब ८ करोड पुगेको छ। चार कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ भने जोशी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.२९ प्रतिशतले घटेको छ। १४ मंसिर, काठमाडौं । गत साताका पाँचै दिन बढेको सेयर बजार यो साताको पहिलो दिन आइतबार घटेको छ । अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से २६.५१ अंक (०.९९ प्रतिशत) घटेको हो । सो घटाइसँगै नेप्से २६४९ अंकमा झरेको छ । कारोबार सुरु भएपछि बढेको बजार १२ : ४४ बजे २६९१ अंक पुगेको…