नेप्से परिसूचक ३१ दशमलव १७ अङ्कले घट्याे
आर्थिक परिवेश१५ भदौ, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव १७ अङ्कले घटेर दुई हजार ७४९ दशमलव ८३ को बिन्दुमा कायम भएको छ । आइतवार ३२१ कम्पनीको एक करोड ४८ लाख पाँच हजार ५६९ कित्ता शेयर ९७ हजार १७४ पटक खरिद बिक्री हुँदा छ अर्ब छ करोड १८ लाख २२ हजार ३७९ रुपैया बराबरको कारोबार भएको छ । आइतवार सबै समूहका उपसूचकहरु घटेका छन् । ग्लोबल आइएमई समुन्नत योजना–२ को शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी उन्नती लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ७७ प्रतिशतले घटेको छ ।
बुधवार शेयर बजारकाे परिसूचकमा उच्च अङ्कको सुधार
आर्थिक परिवेश११ भदाै काठमाडौँ । बुधवार नेपाली शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ । यस दिन नेप्से परिसूचक ५३ दशमलव शून्य एक अङ्कले बढेर दुई हजार ८१९ दशमलव १० को विन्दुमा कायम भएको हो । यो एक दशमलव ९१ प्रतिशतको सुधार हो । बुधवार ३२१ कम्पनीको एक करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर ७२ हजार ५२८ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ दशमलव ७० को कारोबार भएको नेप्सेले जनाएको छ । बुधवारकाे कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैङ्किङ एक दशमलव ३८, विकास बैङ्क तीन…
पहिलाे दिन परिसूचकमा उच्च गिरावट
आर्थिक परिवेश०१ भदाै, काठमाडौँ । यो साताकाे कारोबारको पहिलो दिन अाइतवार नेपाली शेयर बजारकाे परिसूचक (नेप्से) २७ दशमलव १४ अङ्कले घटेको छ । शून्य दशमलव ९७ प्रतिशतको गिरावट पछि आज नेप्से परिसूचक दुई हजार ७६१ दशमलव २२ को बिन्दुमा कायम भएको हो । यस दिन परिसूचक घटे पिन आज ३१७ कम्पनीको दुई करोड पाँच लाख १३ हजार ६२५ कित्ता शेयर ८६ हजार ६६९ पटक खरिद बिक्री हुँदा रु सात अर्ब ७३ करोड ५१ लाख ९५ हजार ९४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ एक दशमलव शून्य तीन, विकास बैङ्क शून्य दशमलव…
नेपाली शेयर बजारकाे परिसूचक उच्च अङ्कले घट्याे
आर्थिक परिवेश१८ साउन काठमाडौँ । साताकाे पहिलाे काराेवार दिन आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे परिसूचक उच्च अङ्कले घटेकाे देखिएको छ । आइतवार नेप्से परिसूचक ६३ दशमलव ७३ अङ्कले घटेर दुई हजार आठ सय ५८ दशमलव ९० बिन्दुमा कायम भएको हो । यो दुई दशमलव १८ प्रतिशतको गिरावट हो । आइतवार ३१९ कम्पनीको तीन करोड २२ लाख ६० हजार ३४१ कित्ता शेयर एक लाख ५२ हजार ५१८ पटक खरिदबिक्री हुँदा १३ अर्ब सात करोड ५० लाख बराबरको कारोबार भएको छ । आइतवारको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी लघुवित्त समूह तीन दशमलव शून्य पाँच, बैङ्किङ दुई दशमलव २७,…
४ बर्ष अघिकाे बिन्दुमा पुग्याे नेप्से परिसूचक
आर्थिक परिवेश१३ साउन, काठमाडौं । मंगलबार नेपाली शेयर बजारकाे परिसूचक करिब ४ वर्षकै उच्चतम विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा मगलवार नेप्से परिसूचक ३०.७६ अंकले बढेको छ । सो वृद्धिसँगै नेप्से परिसूचक ३००२.०७ अंकमा पुगेको छ । कारोबारका क्रममा दिउँसो १२ : १६ बजे नेप्से ३०२८ अंकसम्ममा पुगेको थियो । बजार बन्द हुँदा नेप्सेको अंक २०७८ भदौ १३ यताकै उच्च हो । त्यस वर्ष भदौ २ गते हालसम्मकै उच्च ३१९८ अंकको रेकर्ड बनाए पछि नेप्से क्मश ओरालो लागेको थियाे । आज १८ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको हो । हिजो १९…