चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान
आर्थिक परिवेश

१५ बैशाख,काठमाण्डौ ।    चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को वृद्धिदर आधारभूत मुल्यमा ३.६८ र उपभोक्ता मूल्यमा ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ । चालू आर्थिक वर्षमा सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । केन्द्रीय तथ्यांक कार्यालयले मंगलवार प्रकाशित गरेको विवरणमा जीडीपीको आकार ६६ खर्ब रुपैयाँ पुग्ने आकलन गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रहेको थियो । यस बर्ष नेपालीको प्रतिव्यक्ति आय १ हजार ५१३ अमेरिकी डलरमा रहने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक राष्ट्रिय लेखा तथ्याङ्कले प्रतिव्यक्ति आयमा खासै सुधार…

गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा
आर्थिक परिवेश

  ०९ बैशाख   काठमाडौँ ।   गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको घोषणा गर्नु भएको छ । गृहमन्त्री गुरुङले पछिल्ला दिनहरूमा शेयर खरिद लगायतका विषयमा प्रश्नहरू उठेपछि सम्बन्धित विषयमा निष्पक्ष छानविन होस् भन्ने उद्देश्यले राजीनामा दिएको बताउनुभएको छ । गृहमन्त्री गुरुङले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालबाट जानकारी गराउँदै पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् भनेर नैतिक जिम्मेवारी निर्वाह गर्दै आजकै दिनदेखि लागू हुनेगरी राजीनामा गरेको उल्लेख गर्नुभएको छ ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि समिति गठन मन्त्रीपरिषदका निर्णयहरू
आर्थिक परिवेश

   ०९ बैशाख,काठमाडौँ  ।  मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन  गरेको छ। समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट तथा सदस्यहरूमा अर्थ सचिव घनश्याम उपाध्याय र भुवन कुमार दाहाल रहनु हुनेछ । बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य तथा सदस्यमा नवराज सिम्खडा र रोशन बहादुर शाक्यलाई नियुक्ति गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल्सिनाले जानकारी दिनुभयो । बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिएको छ । त्यस्तै, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७३ लाई संशोधन गर्न…

प्रधानमन्त्री शाह र सातै प्रदेशका मुख्यमन्त्रीहरू बीच समसामयिक विषयमा छलफल
आर्थिक परिवेश

 ०३ बैशाख   काठमाडौँ ।    प्रधानमन्त्री बालेन्द्र शाहले सात प्रदेशका मुख्यमन्त्रीहरूसँग आज समसामयिक विषयमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज मुख्यमन्त्रीहरूसँग गर्नुभएको छलफलमा विकास निर्माणलाई तीव्रता दिने, स्रोत साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा संघ-प्रदेश सहकार्य सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै छलफलमा सङ्घीयता कार्यान्वयनलाई अझ प्रभाकारी बनाउने विषयमा पनि छलफल भएको सचिवालयले जानकारी दिएको छ । यस्तै बाग्मति प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रधानमन्त्रीको मुख्यमन्त्रीहरू बीच भएको छलफलमा तीन तहको सरकारबीचको सहकार्य, समन्वय र सहअस्तित्वका साथ अघि बढ्नेबारे छलफल भएको बताउनुभयो । मुख्यमन्त्री बानियाँले प्रदेशका गौरवका योजनाहरूलाई संघ र…

प्रधानमन्त्री बालेन्द्र शाह १०० प्रभावशाली व्यक्तिको सूचीमा
आर्थिक परिवेश

०३ बैशाख, काठमाडौँ ।   प्रधानमन्त्री वालेन्द्र शाहलाई ‘टाइम म्यागेजिन’ले सन् २०२६ का लागि सार्वजनिक गरेको १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको छ । म्यागेजिनले ३५ वर्षीय शाहलाई पूर्व ‘हिप–हप’ कलाकारदेखि नेपालको सबैभन्दा कान्छा प्रधानमन्त्रीसमेत भन्दै उहाँको यात्राबारे चर्चा गर्दै दक्षिण एसियाली राजनीतिमा नयाँ तरङ्ग ल्याउने व्यक्तिका रूपमा चित्रण गरेको छ । प्रधानमन्त्री शाहको उदय युवापुस्ताको समर्थन र पुराना राजनीतिक दल तथा संरचनाप्रतिको असन्तुष्टिको परिणाम भएको म्यागेजिनले जनाएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख रहँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेका सुधारको चर्चा गर्दै प्रधानमन्त्रीको जिम्मेवारीमा शाहप्रतिको नेपाली जनताको विश्वाससँगै प्रभावकारी नेतृत्व निर्वाहको अपेक्षाबारे पनि चर्चा गरिएको छ ।