
५ हजार ३ सय वडाहरुको मुख्य राजस्वको स्रोत अहिले पनि भूमि तथा मालपोत कर
आर्थिक परिवेश३० जेठ, काठमाडौ । देशभरका ६ हजार ४ सय ४३ वडाहरु मध्ये ५ हजार २ सय ९४ वडाहरुको मुख्य राजस्वको स्रोत भूमि तथा मालपोत कर रहेको देखिएको छ । राजस्वको प्रमुख स्रोत भूमि तथा मालपोत कर रहेका वडाहरु ७८.५ प्रतिशत रहेको केन्द्रीय तथ्याड.क कार्यालयको तथ्याडकले देखाएको छ । तथ्याड.क कार्यालयको प्रतिवेदन अनुसार राजस्वको प्रमुख स्रोतको रुपमा सेवा शुल्क दस्तुर रहेका वडाहरुको संख्या ६९.१ प्रतिशत, सम्पती कर मुख्य रहेका वडाहरुको संख्या ५३.५ प्रतिशत, व्यवसाय कर मुख्य रहेका वडाहरुको संख्या ५२.८ प्रतिशत, घरबहाल कर प्रमुख स्रोत रहेका वडाहरुको संख्या ३२.२ प्रतिशत रहेको छ । देशभरका वडाहरुको मख्य राजस्वको स्रोतमा यी बाहेक दण्ड…

शिक्षा र लगानी नीतिमा सुधार ल्याउन नसक्दा देशले बेरोजगारीको सामना गर्नु परेको छ : मुख्यमन्त्री कँडेल
आर्थिक परिवेश२५ जेठ,काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले शिक्षा प्रणाली र लगानी नीतिमा सुधार ल्याउन नसक्दा देशले बेरोजगारीको सामना गर्नु परेको बताउनुभएको छ । आज वीरेन्द्रनगरमा आयोजित रोजगार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री कँडेलले मुलुकभित्रै प्रचुर सम्भावना हुँदाहुँदै पनि नेपालले बेरोजगारीको सामना गर्नु परेको बताउनुभएको हो । “युवा शक्तिलाई मुलुकभित्र टिकाई राख्न शिक्षा प्रणाली र लगानीमा नीति सुधार ल्याउनुपर्ने आवश्यकता छ,” मुख्यमन्त्री कँडेलले भन्नुभयो । सोही बमोजिम कर्णाली सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रोजगारी र उद्यमशीलताका योजना अघि सारेको उहाँको जानकारी दिनुभयो । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावतले नेपाली नागरिकसँग…

आँखा शिविरबाट करिव ४ सय आभान्वित
आर्थिक परिवेश१९ जेठ, काठमाडौं । काठमाण्डौको हाडिगाँउमा शनिवार ४ सय जनाले निशुल्क आँखा जाँच गराएका छन् । हाँडिगाउस्थित कैलाशकुट सामाजिक अभियानद्धारा तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा काठमाडौ महानगरपालिका वडा नम्वर ५ को कार्यालय परिसरमा संचालित आँखा शिविरमा बिहान ८ बजेदेखि बेलुका ५ बजे सम्म करिव ४ सय जना स्थानीयले निशुल्क आँखा उपचार सेवा प्राप्त गरेका छन् । आँखा शिविरमा तिलगंगा आँखा अस्पतालका डा विरेन्द्र महत नेतृत्वको ५ सदस्यीय चिकित्सक टोली परिचालन भएको थियो । शिविरमा अाँखा परीक्षण पछि चस्मा र औषधी निशुल्क रुपमा वितरण गरिएको र कतिपय विरामीलाई थप उपचारको लागि तिलगंगा आखाँ अस्पतालमा आउन परामर्श प्रदान गरिएको अभियानका सचिव गणेशबहादुर…

१८ खर्ब ६० अर्ब ३० करोड रुपैया बराबरको बजेट आयाे
आर्थिक परिवेश१५ जेठ, काठमाडौ । संघीय सरकारले आगामी आर्थिक बर्ष २०८१।०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैया बराबरको बार्षिक आयव्यवको विवरण बजेट ल्याएको छ । संसदको आजको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रस्ततु गर्दै अर्थमन्त्री बर्षमान पुनले प्रस्तुत बजेटका लागि चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड , पूजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वितीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रकम निनियोजन गरेको बताउनु भयो । प्रस्ततु बजेटको कुल विनियोजीत रकम मध्ये चालुतर्फ ६१.३१ प्रतिशत, पुजीगततर्फ १८.९४ प्रतिशत र वितीय व्यवस्थापनतर्फ १९.७४ प्रतिशत रकम विनियोजन भएको छ ।

कार्यदलले प्रधानमन्त्री समक्ष प्रतिवेदन बुझायाे
आर्थिक परिवेश१५ जेठ, काठमाडाैं । सरकारले गठन गरेकाे संसदको गतिरोध अन्त्य गर्नका लागि आवस्यक राजनैतिक सहमतिसहित संसदिय समिति गठन र समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलले प्रतिवेदन प्रधानमन्त्री समक्ष बुझाएको छ । उक्त अवसरमा कार्यदल संयोजक तथा कानुनमन्त्री पदम गिरीले प्रधानमन्त्रीज्यूको महत्त्वपूर्ण दिशानिर्देश र सुझबुझपुर्ण नेतृत्वको कारण कार्यदलले सहि रूपमा काम गर्न सकेको बताउनु हुँदै जिम्मेवारी प्रदान गर्नु भएकोमा प्रधानमन्त्रीसहित नेतृत्वगणप्रति आभार प्रकट गर्नुभयो । प्रधानमन्त्री दाहालले आफ्नो भुमिकालाई कुशलतापुर्वक पूरा गर्नु भएकोमा कार्यदल संयोजक सहित सबै सदस्यहरुलाई धन्यवाद व्यक्त गर्नुभयो।