सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूको बैठक
आर्थिक परिवेश

०४ असार, काठमाडौँ । समसामियक विषयमा छलपफल गर्न सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सरकारको काम, बजेट कार्यान्वयनलगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा, परराष्ट्र मन्त्री  डा.आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्कालगायत सहभागी हुनुहुन्छ ।

तराईका जिल्लामा अधिक वायु प्रदूषित : विश्व बैक, नेपालमा मृत्यु र अपाङ्गताको जोखिम बढाउने प्रमुख कारक वायु प्रदूषण : मन्त्री शाही
आर्थिक परिवेश

०४असार,काठमाडौँ ।  भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको वायु बर्खायाममा बाहेक अन्य समयमा अधिक प्रदूषित हुने गरेको  एक प्रतिवेदनले देखाएकाे छ । सरकार, विश्व बैंक, कोरिया र स्वीस सरकारको सहयोगमा यहाँस्थित विश्व बैंकको देशीय कार्यायलयले मङ्गलबार राजधानीमा सार्वजनिक गरेको ‘नेपालमा स्वच्छ वायुः लाभ, प्रदूषण स्रोत र समाधान’ प्रतिवेदन सार्वजनिक गर्न अायाेजित कार्यक्रममा नेपालको विकासका साझेदारहरूले स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिनु भएकाे छ । उहाँहरूले स्वच्छ हावामा सास फेर्न पाउनुपर्ने मानवको नैसर्गिक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनु भएको हो । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसहित वातावरण संरक्षणका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिले संयुक्त रूपमा उक्त प्रतिवेदन सार्वजनिक गर्दै…

कोष र रुरुक्षेत्र गाउँपालिका बीच पेन्सन योजना सम्बन्धी सम्झौता
आर्थिक परिवेश

 ०१ असार  काठमाडौं ।   नागरिक लगानी कोष र लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाबीच महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले हस्ताक्षर गर्नु भएको हो । सम्झौतामा हस्ताक्षरपछि कोषका कार्यकारी निर्देशक कार्कीले पेन्सन योजनामा सहभागीको रकम सुरक्षित रहने र अवकाशपछि पेन्सन सुविधा पाउने जानकारी दिनुभयो । उहाँले स्वआर्जनमा रहेका र अन्य क्षेत्रका स्थानीय बासीलाई सहभागिताको लागि आग्रह गर्नुभयो । त्यसैगरी गाउँपालिकाका अध्यक्ष ज्ञवालीले स्थानीय बासीले सहभागिता जनाउने धारणा राख्नु भयो । सम्झौता अनुसार पालिकाका महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका कल्याणकारी कोष…

नेपालकाे सबै भन्दा पुरानाे रातो मच्छेन्द्रनाथको भोटो देखाउने जात्रा
आर्थिक परिवेश

   १८ जेठ, जावलाखेल,ललितपुर ।    वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो ।  हालकाे जावलाखेलकाे नाम पनि यही जात्राबाट रहेकाे मानिन्छ  । त्यती बेला देखि यहाँ  जा (भात) वला (छर्ने)  गरेर जात्रा मनाउने  भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिनुभयो । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । भोटो जात्रा सुरु भएको यकिन तिथि मिति अहिलेसम्म पत्ता नलागेको उहाँले बताउनुभयो । मच्छेन्द्रनाथको यात्रा…

नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा वरिष्ठ वैज्ञानिक डा‍‌‍‍‍ कृष्णप्रसाद तिम्सिना नियुक्त
आर्थिक परिवेश

   १३ जेठ  काठमाडौँ ।    सरकारले छात्रवृत्ति परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने ५ सय ७२ मिलियन जापानी येन अर्थात् करिब ५३ करोड ७६ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जापान सरकारबाट प्राप्त हुने अनुदान रकम स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूमा छात्रवृत्ति प्रदान गर्न प्रयोग हुने जानकारी दिनुभयो । यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल कृषि अनुसन्धान परिषद् र गणतन्त्र कोरियाको ग्रामीण विकास प्रशासन बीच नेपालको कृषि क्षेत्रमा अनुसन्धान र प्रविधि हस्तान्तरणमा…