भ्रष्टाचार गर्नेलाई कानुन बमोजिम कारबाही गर्न कसैको अनुहार हेरेर नरम वा कडा व्यवहार गरिन्न : प्रधानमन्त्री
आर्थिक परिवेश

२२ साउन काठमाडौँ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने जो कोहीलाई कानुनबमोजिम कारबाही गर्न सरकार दृढ भएकाले कसैको अनुहार हेरेर नरम वा कडा व्यवहार नगर्ने स्पष्ट गर्नुभएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा भ्रष्टाचार निवारण, ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकको औचित्य स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारप्रतिको आफ्नो शून्य सहनशीलता दोहोरयाउँदै आफूले भ्रष्टाचार नगर्ने र अरूलाई भ्रष्टाचार गर्न पनि नदिने पुरानै प्रतिबद्धताबाट पछि नहटेको जनाउनुभयो । “संविधानले विकास र समृद्धिका लागि सुशासन कायम गर्नुपर्ने प्रबन्ध गरेको छ । यस यात्रामा भ्रष्टाचार तगारोका रुपमा रहेको हुन्छ, त्यसैले भ्रष्टाचारप्रतिको शून्य सहनशीलता सरकारको नीति हो, समृद्धिको आकाङ्क्षा…

बाढी तथा पहिराेमा परी जेठ २८ देखि साउन १३ सम्म १ सय ४३ जनाकाे मृत्यु
आर्थिक परिवेश

 १४ साउन,  काठमाडौँ  ।  मनसुनी विपद्मा परी गत जेठ २८ गतेदेखि आजसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी एक सय ४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता रहेका छन् । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अविरल वर्षाका कारण गत जेठ २८ देखि आजसम्म बाढी पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना रहेका छन् । मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको हो । अहिलेसम्म काठमाडौँ उपत्यकामा नौ, कोशी प्रदेशमा…

विपदमा परेर जेठ २८ यता एक सय ३३ जनाको मृत्यु
आर्थिक परिवेश

०८ साउन,काठमाडौँ ।  मनसुनी वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परेर गत जेठ २८ गते यता एक सय ३३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सो अवधिमा १४५ जना घाइते भएका छन् भने सिमलताल घटनाबाहेक सात जना बेपत्ता रहेका छन् । प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा छ, बागमती प्रदेशमा २५, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यकामा नौ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौ,…

आगामी माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य
आर्थिक परिवेश

१४ असार,काठमाडौँ । सरकारले घरजग्गा किनबेचका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने व्यवस्था गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो । अहिले क्रेता र बिक्रेताको नागरिकताबाट घरजग्गाको राजीनामा पास र लिखत पारित हुँदै आएको छ । माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रलाई सबै निकायतिर कार्यान्वयनमा ल्याउने उद्देश्य बमोजिम घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराइले जानकारी दिनुभयो । मन्त्रालयले माघ १ देखि बैङ्किङ तथा वित्तीय सेवा, सामाजिक सुरक्षा कोष र घरजग्गा किनबेचसम्बन्धी सेवाका लागि पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।…

नेपालकाे ऊर्जा क्षेत्रमा नयाँ क्रान्तिको सुरुआत भएको छ : शक्तिबहादुर बस्नेत
आर्थिक परिवेश

३२ जेठ, काठमाडौं ।  ऊर्जा, सिँचाइ तथा जलश्रोतमन्त्री शक्तिबहादुर बस्नेतले  नेपालमा ऊर्जा क्षेत्रमा नयाँ क्रान्तिको सुरुआत भएको बताउनुभएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा आज आयोजित ४०० केभी क्षमताको सवस्टेसन उद्घाटन समारोहमा उहाँले राजनीतिक परिवतनपछि ऊर्जा क्षेत्रमा नेपालमा उल्लेखनीय प्रगति भएको बताउनुभयो । मुलुकमा थप २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने कार्ययोजनाका साथ सरकार अघि बढेको मन्त्री बस्नेतले बताउनुभयो । विद्युत् उत्पादनमा वृद्धि भएसँगै अब निर्यात गरी आयश्रोत वृद्धि गरिने उहाँको भनाइ थियो । तीनवटै तहका सरकार, नीजि क्षेत्र र जनसहभागितामा ‘जनताको जलविद्युत् कार्यक्रम’ सञ्चालन गर्न लागिएको सो अवसरमा मन्त्री बस्नेतले जानकारी दिनुभययो । समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री…