स्थानीय तह निर्वाचनमा ५ अर्व ४ करोड खर्च
आर्थिक परिवेश

  काठमाण्डौ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा ५ अर्व ४ करोड खर्च भएको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनमा आन्तरिक स्रोतबाट ५ अर्व ४ करोड खर्च भएको र बाह्य स्रोतबाट सामान्य प्राविधिक र व्यवस्थापकीय सहयोग मात्र लिइएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताउनुभयो । गत निर्वाचनमा प्रति मतदानकेन्द्र २ लाख २९ हजार ५७८ रुपैया खर्च भएको थियो भने प्रतिमतदाता २ सय ८४ रुपैया मात्र खर्च भएको आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनमा भएको कुल खर्चमध्ये २०.३६ प्रतिशत आयोगको सचिवालयबाट खर्च भएको र बाँकी रकम विकेन्द्रिकृत ढंगले विभिन्न मन्त्रालय र अन्य कार्यालयहरुबाट खर्च भएको छ ।…

४० बर्षका लागि पुग्ने १ करोड २७ लाख टन फलाम
आर्थिक परिवेश

काठमाण्डौ । नवलपरासीको धौवादीमा रहेको फलामखानी क्षेत्रमा अगामी ४० बर्षका लागि उत्खनन गर्न पुग्ने १ करोड २७ लाख टन फलामको धाउ रहेको पछिल्लो एक अध्ययनले देखाएको छ । धौवादी फलाम कम्पनी लिमिटेडले करिव ५ महिना समय लगाएर गरेको प्रारम्भिक सम्भाव्यता अध्ययनले त्यसतो तथ्य पत्ता लगाएको हो । धौवादी फलाम कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा.जनकबहादुर चन्दले पहिलो भन्दा पछिल्लो अध्ययनले २७ लाख टन बढी फलामको धाउ रहेको पत्ता लगाएको जानकारी दिनु भयो । फलाम खानी सञ्चालनमा आए पछि त्यहाँबाट दैनिक १५सय टन फलाम उत्पादन हुने र त्यसको लागि १ सय २५ मेघावाट विद्युत आवश्यक पर्ने देखिएको छ । फलाम उद्योग…

गहिरो अध्ययनका आधारमा विकासका काम अघि बढाउनु पर्नेमा जोड
आर्थिक परिवेश

काठमाडौँ । अर्थ शास्त्रीहरूले उत्पादनशील सम्पत्ति नेपालको आर्थिक विकासको मेरुदण्ड भएकोले त्यसका महत्त्वपूर्ण पक्षहरूको अध्ययन गरेर योजनाबद्ध रुपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । त्रिभुवन विश्व विद्यालय अर्थशास्त्र केन्द्रिय विभागले शनिवार आयोजना गरेको नेपालमा २०७२ सालमा गएको भूकम्पलाई आधार बनाएर गरेको प्राकृतिक प्रकोप र सम्पत्तिको पुनर्स्थापना विषयक अध्ययनका सम्बन्धी छलफल कार्यक्रममा अर्थ शास्त्रीहरूले अध्ययनले भूकम्पका कारण ध्वस्त भएका सम्पत्तिहरूको क्षति, त्यसले समाजमा उत्पन्न गरेको आर्थिक र सामाजिक पक्षको गम्भीर अध्ययन गरी सरकारलाई मार्ग निर्देशन गर्नु पर्नेमा जोड दिनुभयो । त्यस क्रममा उहाँहरूले सरकार लगायतका अन्य निकायहरूले विश्व विद्यालयहरू मार्फत गहिरो अध्ययन र विश्लेषणका आधारमा विकास तथा निर्माणका काम अघि बढाउनु आवश्यक…

पहिलो पटक घरजग्गाको मूल्य मापन गर्ने सूचकाङ्क तयार
आर्थिक परिवेश

काठमाडौँ । नेपाल पहिलो पटक घरजग्गाको मूल्य मापन गर्ने सूचकाङ्क तयार भएको छ । करिब दुई वर्षको मेहनतपछि नेपाल राष्ट्र बैङ्कले तयार पारेको सूचकाङ्क शुक्रवार सार्वजनिक गरेको छ । अब हरेक तीन महिनामा सूचकाङ्क सार्वजनिक गरिने भएको छ । घरजग्गाको मूल्यमा आउने उतारचढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी घरजग्गा मुद्रास्फीति मापन गर्न सूचकाङ्क तयार पारिएको हो । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार काठमाडौँमा एक विशेष कार्यक्रममा नयाँ सूचकाङ्क सार्वजनिक गर्नुभयो । राष्ट्र बैङ्कले सूचकाङ्क तयार पार्नका लागि देशव्यापी सर्वेक्षण गरेको थियो । सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६–७७ मा वाणिज्य बैङ्कहरूबाट प्राप्त तथ्याङ्कको आधारमा…

लोकमार्गको काममा ढिलासुस्ती हुँदा विरोध
reporter

बलेवा। राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड स्तरोन्नति तथा कालोपत्रे गर्न ढिलासुस्ती गरेको भन्दै स्थानीय युवाले विरोध गरेका छन् । काठेखोला गाउँपालिका वडा नं ५ र ६ बिहुँका युवाले कालो झण्डा र हातमा कालोपट्टी बाँधेर विरोध गरेका हुन् । सडकमा निस्किएका युवाले जनतालाई सास्ती दिने काम भएको भन्दै साङ्केतिक विरोध गरेका हुन् । दुई खण्डमा काम भइरहेको उक्त सडकको बिहुँ खण्ड तत्काल कालोपत्रे गर्नुपर्ने युवाको माग छ । निर्माण कम्पनीको लापर्बाहीका कारण ठेक्का सम्झौता भएको बर्षौं बितिसक्दा समेत कालोपत्रेको काम रोकिएको स्थानीय युवा दिवस कँडेलले बताउनुभयो । सडक विभाग जिम्मेवार हुनुपर्ने, काम नगर्ने ठेकेदार कम्पनीको लाइसेन्स खारेज गर्नुपर्ने,…