१०० दिनमा सुशासनको जगमा विभिन्न क्षेत्रमा सरकारकाे उल्लेखनीय प्रगति
आर्थिक परिवेश२० असार, काठमाडौँ । सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तमान सरकारले प्रस्थान विन्दु तयार गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार गठन भएको १०० दिनमा सुशासनको जगमा विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको हो । राजनीतिक नियुक्ति पारदर्शिता, खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयका उपकुलपति नियुक्ति तथा परीक्षा प्रणालीमा सुधार गरी शैक्षिक क्यालेन्डरको प्रभावकारी रूपमा लागू गरिएको छ । नीतिगत र संरचनागत सुधारका साथै सङ्घीय सरकारको मन्त्रालय सङ्ख्या घटाएर आर्थिक मितव्ययी अपनाइएको छ । विगतमा राजनीतिक दलका नेता बढी व्यस्त हुने उद्घाटन र शिलान्यासजस्ता कार्यक्रमलाई अन्त्य गरिएको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री…
सुस्ता क्षेत्रको सुरक्षा र नागरिकता सम्बन्धी समस्या समाधानका लागि प्रशासनिक पहल
आर्थिक परिवेश१९ असार,नवलपरासी पश्चिम् । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) लाई सुस्ता क्षेत्रको सुरक्षा र नागरिकता समस्याका सम्बन्धमा आवश्यक कार्य अघि बढाउन निर्देशन दिएको छ। गृह मन्त्रालयका शाखा अधिकृत आनन्द वंश न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा असार १७ गते गृहमन्त्रीको संयोजकत्वमा सुस्ता क्षेत्रका बासिन्दाका समस्याबारे भएको छलफल तथा असार १९ गतेको सचिवस्तरीय निर्णयअनुसार निर्देशन जारी गरिएको उल्लेख छ। पत्रअनुसार सुस्ता क्षेत्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै आवश्यक स्थानमा थप सुरक्षाकर्मी परिचालन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ। यस्तै, नागरिकता प्राप्त गर्न नसकेको गुनासो आएका स्थानीय बासिन्दाको विवरण सङ्कलन गरी योग्य व्यक्तिको प्रोफाइल तयार गर्न र नागरिकता ऐन तथा नियमावलीबमोजिम प्रक्रिया…
प्रतिनिधिसभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित
आर्थिक परिवेश१४ असार, काठमाडौँ । प्रतिनिधिसभाको आइतवारको बैठकले बजेटसँग सम्बन्धित आर्थिक विधेयक, २०८३ बहुमतले र राष्ट्र ऋण उठाउने विधेयक २०८३ सर्वसम्मतिले पारित गरेको छ । सभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक २०८३ सभाबाट पारित भएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गर्नुभयो । आर्थिक विधेयक २०८३ माथि सातवटा संशोधनको सूचना प्राप्त भएको थियो भने राष्ट्र ऋण उठाउने विधेयक माथि तीन वटा संशोधनको सूचना प्रस्तुत भएको थियो । दुवै विधेयकमाथि परेका संशोधनहरू मध्ये अर्थमन्त्री डा. वाग्लेले स्वीकार गर्नुभएका प्रस्तावहरू बाहेक संशोधनकर्ता सांसदहरुले फिर्ता नलिनु भएका अन्य प्रस्तावहरू सभाको बहुमतले अस्वीकृत गरेको थियो ।…
रास्वपाको राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गरी सम्पन्न
आर्थिक परिवेश१२ असार,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गरी आज सम्पन्न भएको छ । चितवनमा जारी महाधिवेशन अन्तर्गत आज महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि दोस्रो चरणमा मतदान भएको थियो । आज सम्पन्न मतदानमा महिला उपसभापतिमा सोबिता गौतम निर्वाचित हुनुभएको छ । यस्तै महामन्त्री पदमा विपिन आचार्य, खुल्ला तर्फको सहमहामन्त्री पदमा असिम शाह र हरि ढकाल तथा महिला तर्फको सहमहामन्त्री पदमा निशा डाँगी विजयी हुनुभएको छ । रास्वपाको सभापति पदमा रवि लामिछाने र खुला उपसभापतिमा डा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसक्नुभएको छ । यसअघि हिजो केन्द्रीय…
उपसभापतिमा गौतम र महासचिवमा आचार्य निर्वाचित
आर्थिक परिवेश१४ असार,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचन सम्पन्न भएर पदाधिकारीकाे टुड.गाे लागेकाे छ । महाधिवेशनकाे शुक्वावार निर्वाचनकाे परिणाम अनुसार उपसभापतिमा कानुनमन्त्री सोविता गौतम विजयी हुनुभएको छ । चितवनमा जारी महाधिवेशनमा भएको निर्वाचनमा गौतमले ७८९ मत प्राप्त गरि विजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी डा. तोसिमा कार्कीले ५७२ मत प्राप्त गर्नुभयो । त्यस्तै पार्टीको महामन्त्रीमा दाङका विपिन आचार्य निर्वाचित हुनुभएको छ । उहाँ यसअघि रास्वपाको सहमहामन्त्री हुनुहुन्थ्यो । निर्वाचित भएपछि आचार्यले आफु विधिसम्मत तरिकाले नागरिकप्रति उत्तरदायी हुने गरी भूमिका खेल्ने र जनताले राखेका अपेक्षामा खरो उत्रिएर जिम्मेवारी पूरा गर्ने बताउनुभयो । ५ जना पदाधिकारी चयनका लागि भएको मतदानमा १ हजार २…