विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जर्भोसकाे राष्ट्रपतिसंग शिष्टाचार भेट
आर्थिक परिवेश२७ मंसिर, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जर्भोसले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेलले विगत चार दशकदेखि नेपालको विकास साझेदार रहेको विश्व बैङ्कले नेपालको आर्थिक विकास र गरिबी न्यूनीकरणमा पुर्याएको सहयोगको सराहना गर्नुभएको थियो । साथै उहाँले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको नकारात्मक असर न्यूनीकरणमा बैङ्कले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । जलवायु परिवर्तनका कारण नेपालको हिमालयमा परेको असर नेपालको मात्र नभएर विश्वकै चिन्ता र चासोको विषय हुनुपर्ने राष्ट्रपति पौडेलको भनाइ रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । सो अवसरमा निर्देशक जर्भोसले नेपाल र विश्व बैंकबीचको…
संघीय सरकारबाट विकास निर्माणमा सहयोग नहुँदा विकास गर्न सकिएन : मुख्यमन्त्री शर्मा
आर्थिक परिवेश२७ मंसिर सुर्खेत । कर्णाली प्रदेश सरकारका मूख्यमन्त्री राजकुमार शर्माले विकास निर्माणका लागि संघीय सरकारबाट सहयोग नभएको गुनासो गर्नु भएकाे छ । राष्ट्रिय योजना आयोगले आगामी १६ औ पञ्चबर्षिय योजना तर्जमाका लागि बुधवार कर्णाली प्रदेशको सुर्खेतमा सुझाव संकलन कार्यक्रममा मुख्यमन्त्री शर्माले विकास निर्माणका लागि संघीय सरकारबाट सहयोग नभएको गुनासो गर्नु भयो । कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले संघीय सरकारले सहयोग नगरेका कारण कतिपय परियोजनाहरु अघि बढाउन समस्या भएको बताउनु भयो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले कर्णाली प्रदेशको द्रुत विकास आवश्यक रहेको बताउनु भयो । उहाँले १६औँ योजना वस्तुपरक र यथार्थ बन्ने भन्दै त्यसका…
बजेट र मौद्रिक नीतिबाट लिएका सुधारका कार्यक्रमले नतिजा देखाउन थालेको छ : अर्थमन्त्री
आर्थिक परिवेश२७ मंसिर, काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको निरन्तर प्रयासपछि पछिल्लो समय अर्थतन्त्रले लय समातेको र चाँडै निर्णायक मोडमा पुग्ने जानकारी दिनुभएको छ । अर्थ मन्त्रालयमा आज आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबाट लिएका सुधारका कार्यक्रमले नतिजा देखाउन थालेको बताउनुभयो । “मैले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा अर्थतन्त्रका धेरै सूचक सकारात्मक थिएनन् । कोभिडका बेला सहज मौद्रिक नीति अपनाउँदा त्यसले देखिएका असर व्यवस्थापनका कसिलो नीति लिनुपर्दा केही समस्या सिर्जना भएका थिए”, अर्थमन्त्री महतले भन्नुभयो, “समग्रमा आर्थिक सूचक सकारात्मक हुँदै गएका छन् । शेयर बजारमा सकारात्मक लय समातेको छ र जग्गा कारोबार पनि…
नेपाल र भारतबीच ‘डिजिटल’ सहकार्य अभिवृद्धिमा जोड
आर्थिक परिवेश२६ मंसिर,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समृद्धिका लागि नेपाल र भारतबीच ‘डिजिटल’ सहकार्य अभिवृद्धिमा जोड दिनुभएको छ । काठमाडौँस्थित भारतीय दूतावास, नेपाल राष्ट्र बैङ्क, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र एकीकृत विकास अध्ययन संस्थाद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा मन्त्री शर्माले प्रविधिका क्षेत्रमा सहकार्यका लागि दुवै मुलुकका अधिकारीलाई आग्रह गर्नुभयो । “प्रविधिको विकास र प्रयोगमा सहकार्य गरौँ, यसको प्रयोगबाट समुन्नत राष्ट्र बनाऔँ”, सरकारका प्रवक्ताको समेत जिम्मेवारी सम्हाल्नुभएकी मन्त्री शर्माले भन्नुभयो । सूचना प्रविधिको उच्चतम प्रयोगमा भारतको महत्वपूर्ण सहयोग रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि भारतीय सहयोगले निरन्तरता पाउने अपेक्षा गर्नुभयो । मुलुकको समग्र विकासका लागि सरकारले सूचना…
मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्रलाई लयमा ल्याउन सहयोग हुनसक्छ : अध्यक्ष ढकाल
आर्थिक परिवेश२३ मंसिर,काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट नेपालको अर्थतन्त्रको वर्तमान अवस्थालाई लयमा ल्याउन केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको बताउनु भएको छ । उहाँले सो समीक्षाले देशमा हाल देखिएको आर्थिक सङ्कटको अवस्थामा सुधार गरी लगानीकर्ताको मनोबल बढाउन पनि सहयोग पुग्ने र यसबाट अर्थतन्त्र लयमा ल्याउन थोरै भए पनि सहयोग पुग्ने बताउनुभयो । धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवमा महासङ्घका अध्यक्ष ढकालले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका कतिपय विषय पनि शुक्रवारको मौद्रिक नीतिको समीक्षामा समेटिएको र यसले मुलुकको निजी क्षेत्रका लागि सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको बताउनुभएको…