अझै २ र ३ महिनासम्म आइपिओ जारी नगर्ने क्रम लम्ब्याउने तयारी रहेको छ : अध्यक्ष हमाल
आर्थिक परिवेश२९ कार्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाल मुुलुकको अर्थतन्त्र र धितोपत्र बजारको अवस्थालाई ध्यानमा राखि आइपिओ तथा एफपिओहरुलाई स्वीकृती दिने क्रमलाई केही सूस्त बनाएको छ । बजारमा आइपिओ तथा एफपिओ निष्काशनका लागि आवेदन दिने कम्पनीहरु धेरै रहेको अवस्था हाल रहेको छ । बजारको घटदो अवस्था तथा लगानीर्ताहरुको कमजोर मनस्थिति जस्ता कुरालाई आधार मानेर स्वीकृती प्रदान गर्ने क्रमलाई केही समयका लागि सुस्त बनाएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले बताउनु भयो । बोर्डले विगत दुई महिनादेखि यो क्रमलाई सुस्त बनाएको र अझै २ र ३ महिना सम्म यस क्रममालाई लम्ब्याउने तयारी रहेको अध्यक्ष हमालले बताउनु भयो । आइपिओ तथा…
भाई मसला तथा अन्य फलफूल गरी झण्डै २ अर्ब बराबरको फलफूल भित्रियाे
आर्थिक परिवेश२८ कार्तिक , वीरगंज । तिहारलाई लक्षित गरी मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालय आईसिपीबाट सुख्खा फलफूल, ड्राई फ्रुट्स, भाई मसला तथा अन्य फलफूल गरी झण्डै २ अर्ब बराबरको फलफूल भित्रिएको छ । एकिकृत सुरक्षा जाँच चौकी आईसिपी तथा वीरगंज भन्सार कार्यालयले दिएको तथ्याङ्क अनुसार तिहारलाई लक्षित गर्दै यस नाकाबाट झण्डै ९५ करोड ५० लाख रुपैयाँ बराबरका ‘ड्राई फ्रुट्स’ आयात भएको छ । यस अवधीमा केरा, स्याउ, अनार लगायतका फलफूलहरू झण्डै ९० करोड भन्दा बढीको भित्रिएको छ । नेपालमा तिहारका बेला सबैभन्दा धेरै ‘ड्राई फ्रुट्स’ खपत हुने गरेको र भाइटिकामा दिदी–बहिनीले दाजुभाइलाई टीका लगाएर सगुनका रूपमा दिने भएकाले…
नेपाल चीन व्यापारिक कोरला नाका साढे तीन वर्ष पछि पुनः सञ्चालनमा
आर्थिक परिवेश२७, कात्तिक, काठमाडौं । मुस्ताङ जिल्लामा रहेको नेपाल चीन व्यापारिक कोरला नाका साढे तीन वर्ष पछि पुनः सञ्चालनमा आएको छ । कोभिड महामारी सुरु भएपछि २०७६ चैतमा उक्त नाका बन्द गरिएको थियो । सोमबार नेपाली समय अनुसार बिहान १० बजे र चिनियाँ समयअनुसार दिउँसोको पौने २ बजे नेपाल चीन नाका दुईतर्फी खुल्ला भएको हो । नाका रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलाई स्वागत गरेर चिनियाँ पक्षले नाका खुलेको औपचारिक घोषणा गरेको थियो । प्रमुख जिल्ला अधिकारीसहित, गाउँपालिका अध्यक्ष र स्थानीय केही व्यक्तीहरू साेमवार तीन वर्ष ७ महिनापछि कोरालानाकाबाट चीनतर्फ प्रवेश गरेर…
संसदीय क्षेत्र विकास कार्यक्रमको ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुृननिर्माणमा खर्च गर्ने
आर्थिक परिवेश२७ कार्तिक, काठमाढौं । सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको ८ अर्ब २५ करोड रुपैयाँ रकममा १ अर्ब ७५ करोड समेत थप गरी विपद् व्यवस्थापन कोषमार्फत भूकम्पपछिको पुर्नस्थापना र पुर्ननिर्माणमा खर्च गर्ने निर्णय गरेकाे छ । साेमवार प्नधानमन्त्री निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद बैठकले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँको दरले रकम उपलब्ध गराउने निर्णय पनि गरेको हो । भूकम्पबाट प्रभावित परिवारको स्वाघोषणा र सम्बन्धित वडाको सिफारिसका आधारमा लाभग्राहीले अस्थायी आवास निर्माण बापत पाउने रकम खाताबाटै प्राप्त गर्न सक्नेछन् । बैठकले नेपालको भूकम्प, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको उच्च जोखिममा व्यक्तिको…
धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरिंदै
आर्थिक परिवेश२६ कार्तिक, काठमाडाैं । यम पञ्चक अर्न्तगत आज आइतवार लक्ष्मी पूजा गरेर मनाइदै छ । यस दिन साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्दछिन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गर्ने गरिन्छ। यस दिन विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ। लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औंशीको रातलाई सुखरात्रि पनि भनिन्छ। लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने चलन छ। कोठासम्म गाईको गोबर र…