
राष्ट्रियसभामा अर्थतन्त्र सुधारका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भै छलफल
आर्थिक परिवेश१३ वैशाख,काठमाडौं। बिग्रँदो अवस्थामा रहेको मुलुककाे अर्थतन्त्रको वारेमा छलफल गर्ने भन्दै राष्ट्रियसभाको बुधबारको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको छ। ‘सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको हो। राष्ट्रिय सभाको बुधबारको बैठकमा सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन,मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने विषयको जरुरी सार्वजनिक महत्वको विषयमा छलफल भएको हाे । बेठकमा प्रस्ताव पेश गर्दै प्रस्तावक मदन कुमारी शाह (गरिमा)ले नेतृत्वले समय अनुसार अाफूलाइ र्फेर्न नसक्दा व्यवस्था फेरीए पनि अवस्था फेरिन नसकेको बताउनु भयो । उहाँले…

उत्पादन र उत्पादकत्व वृद्धि, औद्योगिकीकरण र रोजगारी सिर्जनाका क्षेत्रमा चुनौती : प्रधानमन्त्री
आर्थिक परिवेश१३ वैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विकासका सूचकाङ्कमध्ये खासगरी शिक्षा, स्वास्थ्य, खानेपानी, समावेशीकरण, वातावरण संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभएको छ । ‘कान्तिपुर इकोनोमिक समिट–२०२३’ लाई आज सम्बोधन गर्नुहुँदै उहाँले केही क्षेत्रमा गुणात्मक परिवर्तन भए पनि उत्पादन र उत्पादकत्व वृद्धि, औद्योगिकीकरण र रोजगारी सिर्जनाका क्षेत्रमा चुनौतीको सामना गर्नु परिरहेको बताउनुभयो । “आन्तरिक उत्पादन न्यून भएकाले ठूलो मात्रामा वस्तु आयातका कारण व्यापार घाटा चुनौतीकै रूपमा रहेको छ । अर्कोतर्फ मुलुकभित्रै पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा युवा पलायन बढ्दो छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । प्रधानमन्त्रीले पूँजीगत खर्च बढ्न नसकेको र महत्वपूर्ण आयोजनाको कार्यान्वयन सुस्त रहेका बारे हालै…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा राख्न लागिएकोमा निजी क्षेत्रकाे चिन्ता
आर्थिक परिवेश११वैशाख,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान क्षेत्राधिकारमा निजी क्षेत्रलाई पनि राख्न लागिएको भन्दै नेपालकाे निजी क्षेत्रले चिन्ता प्रकट गरेकाे छ । निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, र नेपाल चेम्बर अफ कमर्शको गम्भीर ध्यानाकर्षण भएको प्रेस विज्ञप्तीमा जनाएका छन् । हालै राष्ट्रिय सभाबाट पारित ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८’ लाई संशोधन गर्न बनेको विधेयकको दफा २ को परिभाषा खण्डमा “…प्रचलित कानुन बमोजिम स्थापित कम्पनी, प्रतिष्ठान, बैंक, मेडिकल कलेज र सोसँग सम्बन्धित अस्पताल वा यस्तै प्रकृतिका अन्य कुनै संगठित संस्था“लाई सार्वजनिक संस्थाको परिभाषाभित्र राखिएको छ । कम्पनी, प्रतिष्ठान, बैंक, मेडिकल कलेज, संगठित संस्था लगायतलाई…

स्टक एक्सचेन्ज संचालनका लागि ३ र वस्तु विनिमय बजारका लागि ४ कम्पनीकाे आवेदन
आर्थिक परिवेश११ बैशाख,काठमाडौ । धितोपत्र बजारमा नयाँ स्टक एक्सचेन्ज संचालनका लागि ३ र वस्तु विनिमय बजार(कमोडिटी मार्केट)सञ्चालनका लागि ४ वटा कम्पनीहरुको आवेदन परेको छ । नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटको इजाजत पत्र लिनका लागि आवदेन दिने आइतवार अन्तिम दिन रहेकोमा ७ वटा कम्पनीहरुको आवेदन दर्ता भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्जको आवेदन परेको छ । त्यसै गरी कमोडिटी मार्केटका लागि मल्टि डेरिभेटिभ, मल्टी एसेटस उण्ड डेरिभेटिभ,हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ्स, नेपाल मल्टि डेरिभेटिभ्सले बोर्ड समक्ष आवेदन गरेका छन् । सर्वोच्च अदालतको गत चैत २६…

सामूहिक प्रयासबाट मात्रै अर्थतन्त्रको समस्या समाधान गर्न सकिन्छ : प्रधानमन्त्री
आर्थिक परिवेश९ वैशाख,काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्रमा सुधारको सङ्केत देखा परेको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले अहिले नै ढुक्क हुने अवस्थामा नपुगेको र चुनौती भने कायम रहेको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले सामूहिक प्रयासबाट मात्रै अर्थतन्त्रको समस्या समाधान गर्न सकिन्छ भन्ने विश्वासका साथ सरकार लागिपरेको उल्लेख गर्नुभयो । ‘बाह्रखरी मिडिया’ले गोकर्ण रिसोर्टमा आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भएका मूल्यमान्यता, दर्शनको अध्ययनका अलावा नेपाली समाजको नै खास अर्थमा अध्ययन तथा विश्लेषण गरेर नेपाली जनताको दीर्घकालीन हितका लागि लागिपर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले विचार, सिद्धान्त, राजनीति मूल्य र मान्यताको कुरा हराउँदै गएको…