नेपालले भारततर्फ ४०९ मेघावाट विद्युत निर्यात गर्ने
आर्थिक परिवेश

काठमाडौं । देशभित्र खपत गरी अतिरिक्त भएको थप २३.५ मेघावाट विद्युत नेपालले भारत निर्यात गर्ने भएको छ । यो सगै नेपालबाट भारतर्फ निर्यात हुने विद्युतको परिमाण प्रतिदिन ४०९ मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २३.५ मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत केन्द्रको विद्युत निर्यात गर्ने भएको हो । नेपालले थप १०० मेघावाट विद्युत निर्यात लागि अनुरोध गरेकोमा भारतले थप २३.५ मेघावाट विद्युत भारत निर्यात गर्न सहमती दिएको नेपाल विद्युत प्रधिकरणले जनाएको छ । भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले गत २५ कात्तिकमा सोलुखोलाबाट उत्पादित विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड…

विदेशी मुद्राको सञ्चिति र शोधनान्तर  स्थितिमा सुधार, आर्थिक अवस्थामा सुधारको संकेत
आर्थिक परिवेश

काठमाडौँ । लामो समयदेखि घट्दो क्रममा रहेको वैदेशिक मुद्राको सञ्चिति क्रमशः  बढ्न थालेको छ । सरकारले केही वस्तुको आयातमा गरेको कडाइ गरेसँगै वैदेशिक मुद्राको सञ्चितिमा सुधार भएको हो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विदेशी विनिमय सञ्चिति रु १२ खर्ब ४६ अर्ब २२ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको तेस्रो महिनासम्मको विवरणअनुसार कुल विदेशी विनिमय सञ्चिति दुई दशमलव पाँच प्रतिशतले वृद्धि भएको हो । यो वृद्धिसँगै मुलुकको वस्तु आयात गर्न सक्ने क्षमतामा समेत सुधार भएको छ । केन्द्रीय बैंकका अनुसार बाह्य क्षेत्रमा केही सुधा र भएको पाइएको हो ।  अघिल्लो आवको अन्त्यमा विदेशी…

भोलीदेखि बाणिज्य बैकको ब्याजदर यथावत, विकास बैकको घट्ने
आर्थिक परिवेश

काठमाण्डौ । बैकको व्याजदर घटाउनु पर्ने भनि सबै तिर आवज उठिरहेको भए पनि बाणिज्य बैकहरुले भने यस अघि कै व्याजदरलाई निरन्तरता दिने निर्णय गरेका छन्  । नेपाल बैकर्स संघको मंगलवार बसेको बैठकले कार्तिक महिनाको व्याजदरलाई नै निरन्तरता दिने निर्णय गरेको संघका अध्यक्ष तथा कृषि विकास बैकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्ययाले बताउनु भयो । मंसीर महिनाका लागि बाणिज्य बैकहरको साधारण मुद्दतिको ब्याज १२.१३ प्रतिशत नै रहने छ । बचतको पनि ९.१३३ प्रतिशत यथावत हुनेछ । यस हिसाबले वाणिज्य बैंकहरुले निक्षेपमा दिने ब्याज विकास बैंकहरुको भन्दा माथि पुगेको छ । विकास बैंकहरुले भने ब्याज दर घटाउने निर्णय गरेका छन् । विकास…

नेपालमा गत आर्थिक बर्षमा ३ करोड ६८ लाख २८ हजार ६ सय लिटर दूध उत्पादन
आर्थिक परिवेश

काठमाण्डौ । नेपालमा संचालनमा रहेका विभिन्न पशुपालन र्फमहरुबाट गत आर्थिक बर्षमा ३ करोड ६८ लाख २८ हजार ६ सय १ लिटर दूध उत्पादन भएको एक सर्वेक्षणले देखाएको छ । विश्व खाद्य तथा कृषि संगठनको आर्थिक तथा प्राविधिक सहयोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागको संयुक्त आयोजनामा गरेको मध्यम तथा ठुला पशुपालन व्यवसायहरुको एकीकृत सर्वेक्षणले देशभरका व्यावसायिक फार्महरुबाट २ करोड ३२ लाख ३१ हजार ९१ लिटर भैंसीको दुध उत्पादन भएको देखाएको छ । यस अवधीमा नेपालमा गाईको दूध भने १ करोड ३५ लाख साढे ९८ हजार लिटर उत्पादन भएको पाइएको छ । जात अनुसार तुलना गरेर सर्वेक्षणले मुर्रा…

ब्याजदर विरुद्धको आन्दोलन निर्वाचनसम्म स्थगित गर्न आग्रह
आर्थिक परिवेश

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बैक तथा वित्तय संस्थाले बढाएको ब्याजदर विरुद्धको आन्दोलन निर्वाचन सम्मका लागि स्थगित गर्न आग्रह गरेको छ । जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्स लगायत सवै जिल्लाका संस्थालाई ब्याजदर वृद्धि बिरुद्धको आन्दोलन निर्वाचन सम्मका लागि स्थगित गर्न चेम्बरले आग्रह गरेको हो । बैंक तथा वित्तय संस्थाको चर्को ब्याजदर एवं राष्ट बैंकको चालु पुँजि कर्जा सम्वन्धी मार्ग निर्देशनको विरोधमा चेम्बरले गर्दै आएका बिरोधका कार्यक्रमलाई निर्वाचन अवधिभर रोक्न चेम्बरले विज्ञप्ति मार्फत आग्रह गरेको हो । चेम्बरले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘मुलुक प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा होमिएको छ । निर्वाचन लगत्तै आफ्नो शान्तिपूर्ण…