करका दर परिवर्तन गरेकोमा निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई माग्यो २४ घण्टे स्पष्टीकरण
आर्थिक परिवेश

काठमाण्डौ । निर्वाचन आयोगले गण्डकी प्रदेश सरकारलाई करका दर परिवर्तन गरेको बारे २४ घण्टाभित्र बदर गरी सोको जानकारी यथाशक्य चाँडो उपलब्ध गराउन निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी करका दरहरू परिवर्तन गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको थियो । आयोगले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्णय बदर गरी जानकारी गराउन निर्देशन दिएको छ । गण्डकी प्रदेश सरकारबाट करका दरहरूमा हेरफेर गर्ने निर्णय प्रक्रियामा संलग्न गण्डकी प्रदेशका मुख्यमन्त्री, अर्थमन्त्री, प्रमुख सचिव र अर्थ मन्त्रालयका सचिवलाई समेत छुट्टाछुट्टै स्पष्टीकरण सोधेको छ ।

पाँच बर्षमा देशको समग्र आर्थिक वृद्धिदर दोहोरो अङ्कमा पुयाउने एमालेको प्रतिवद्धता
आर्थिक परिवेश

  काठमाण्डौ । नेकपा एमालेले आगामी ५ वर्षभित्र नेपालीको आम्दानी २ हजार ४०० अमेरिकी डलर पु¥याउने दाबी गरेको छ । आगामी निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै नेकपा एमालेले नेपाली अर्थतन्त्रलाई विश्वको उदयीमान अर्थतन्त्र बनाउने र हालको करिब ४८ खर्बको कुल गार्हस्थ उत्पादन (जिडिपी) लाई आगामी पाँच वर्षभित्र १०० खर्ब पुर्याउने जनाएको छ । घोषणापत्रमा एमालले प्रारम्भमा सात प्रतशितको आर्थिक वृद्धिदर हासिल गर्दै आगामी पाँच वर्षभित्र आर्थिक देशको समग्र आर्थिक वृद्धिदर दुई अङ्कमा पु¥याउने प्रतिवद्धता जनाएको छ । आगामी ५ वर्षमा निर्माणाधिन पूर्व–पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास–निजगढ खण्ड सञ्चालनमा ल्याउने र निजगढ–बुटवल खण्डको निर्माण थाल्ने तथा रसुवागढी–काठमाडौं र वीरगञ्ज–काठमाडौं रेलमार्गको निर्माण…

नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव आठ प्रतिशत रहने विश्व बैंकको आकलन
आर्थिक परिवेश

काठमाडौँ । विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव आठ प्रतिशत रहने आकलन गरेको छ । ‘नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२२’ प्रतिवेदन आज सार्वजनिक गर्दै विश्व बैंकले यसवर्ष स्थिर बजार मूल्यका आधारमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा पाँच दशमलव आठ प्रतिशतले बढ्ने आकलन गरेको हो । सन् २०२३ मा पाँच दशमलव एक र सन् २०२४ मा चार दशमलव नौ प्रतिशतले जिडिपी वृद्धि हुने विश्व बैङ्कको प्रक्षेपण छ । यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अघिल्लो साता ‘वर्ल्ड इकनोमिक आउटलुक : काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव…

पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार मतपत्र छपाइ
आर्थिक परिवेश

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि प्रतिनिधिसभातर्फ एक करोड १८ लाख ९८ हजार र प्रदेशसभातर्फ एक करोड १७ लाख ८२ हजार ५०० मतपत्र छपाइ भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार छपाइ भएका मतपत्रमध्ये कात्तिक १३ गते सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र ढुवानी हुनेछ । प्रतिनिधिसभाका लागि एक सय ६५ र प्रदेशसभाका लागि तीन सय ३०…

तिहारको नाम पारी विष्कुट लगायतका वस्तुहरुको आयातमा उच्च वृद्धि
आर्थिक परिवेश

वीरगंज । तिहारलाई लक्षित गर्दै वीरगंज आईसीपी भन्सारबाट रसिला र सुकाइएका फलफूल,चक्लेट र बिस्कुट गरी झण्डै ३ अर्ब भन्दा बढिको सामान नेपालमा आयात भएको छ । वीरगंज भन्सार कार्यालयका अनुसार तिहारलाई लक्षित गर्दै त्यस नाकाबाट झण्डै १ अर्व ५० करोड ३० लाख मुल्यको सुकाइएको फलफूल मात्र आयात भएको छ । त्यसै गरी केरा, स्याउ,अनार,अम्बा,अंगुर, मेवा,किबि लगायतका रसिला फलफुलहरु झण्डै ९० करोड भन्दा बढी मुल्यको भित्रिएको छ । त्यसैगरी ६० करोड भन्दाबढिको चक्लेट, बिस्कुट लगायतका सामाग्री समेत आयात भएको वीरगंज भन्सार कार्यालयले उल्लेख गरेको छ । नेपालमा तिहारका बेला सबैभन्दा धेरै,सुकाइएका फलफूल खपत हुने गरेको र भाइटीकामा दिदी–बहिनीले दाजुभाइलाई टीका लगाएर…