विकासको लाभ सबै नागरिकले प्राप्त गर्ने वातावरणको सुनिश्चित गर्नु पर्छ : अध्यक्ष तिमिल्सिना
आर्थिक परिवेश

२६ असाेज, काठमाडौँ ।   राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकासको लाभ सबै नागरिकले प्राप्त गर्ने वातावरणको सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक उत्सव समारोहलाई शुक्रवार सिंहदरबारमा सम्बोधन गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले विकास योजना र बजेटको वितरण पहुँचवालाको क्षेत्रमा मात्र नभई समन्यायिक रूपमा हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगले आफ्ना काम कर्तव्यलाई पारदर्शी तुल्याई आयोगको आवश्यकता र औचित्य पुष्टि गर्नु पर्ने बताउनुभयो । समारोहमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले प्राकृतिक स्रोत सम्बन्धमा  एकीकृत कानूनको आवश्यकता रहेकाे  औँल्याउनुभयो । अध्यक्ष पौडेलले संघ, प्रदेश र स्थानीय तीन वटै तहको  खर्च जिम्मेवारी थप…

देशले हाल भोग्नु परेको आर्थिक समस्या समाधानका लागि गुणात्मक सुधार आवश्यक प्रधानमन्त्री
आर्थिक परिवेश

२५ असोज, काठमाण्डौ ।  मुलुकले हाल बेर्होनु परेको आर्थिक समास्याका वारेमा छलफल गरी साझा धारणा बनाउन र समस्याको समाधानको मार्ग पहिल्याउन नेपाल उद्योग बाणिज्य महासंघले राष्ट्रिय आर्थिक बहसको आयोजना गरेको छ । सुधारका लागि सहकार्य भन्ने उदघोषका साथ महासंघले बिहिवार काठमाण्डौमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहसमा महासंघले मुलुकको आर्थिक समास्याको समाधान गर्न र मुलुकमा लगानीको वातावरण निर्माण गर्न निजी क्षेत्रको तर्फबाट उच्चस्तरीय आर्थिक सुधार आयोगको गठन गर्न सरकारलाई प्रस्ताव गरेको छ । बहस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशले हाल भोग्नु परेको समस्या सानो तिनो सुधारले सम्भव नभएको भन्दै त्यसका लागि गुणात्मक सुधार आवश्यक भएको बताउनु भयो ।…

एक वर्षदेखि रोकिएको सम्परीक्षण शुरु, बेरुजुको जवाफ पठाउन सबै मन्त्रालयलाई निर्देशन
आर्थिक परिवेश

२४ असोज,काठमाडौँ ।  पछिल्लो एक वर्षदेखि रोकिएको सरकारी खर्चकाे वेरूजु सम्परीक्षणकाे  प्रक्रिया पुन शुरु भएको छ । सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आज बेरुजु सम्परीक्षण सम्बन्धमा मुख्यसचिव, सङ्घीय संसदका महासचिव, कार्यवाहक महालेखापरीक्षक र विभिन्न मन्त्रालयका कर्मचारीसँग छलफल गरेको छ । महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदनले औँल्याएका बेरुजु फछ्यौटका लागि सम्परीक्षणको प्रक्रिया शुरु गरिएको लेखा समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिनुभयो । सम्परीक्षण भन्नाले आन्तरिक वा अन्तिम लेखापरीक्षण प्रतिवेदनमा औँल्याइएको बेरुजुको सम्बन्धमा पेश हुन आएका स्पष्टीकरण वा प्रतिक्रियासाथ संलग्न प्रमाण र कागजातको आधारमा गरिने फस्र्यौटसम्बन्धी काम हो । सार्वजनिक लेखा समितिबाट प्राप्त सुझाव तथा निर्देशनका आधारमा गरिने बेरुजु फस्र्यौट…

नीतिगत तहमै विचौलिया र भ्रष्टहरुको भूमिकाले अर्थतन्त्र कमजोर बन्दै : माधव नेपाल
आर्थिक परिवेश

 २२ असोज,बुटवल।  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको उद्योग धन्दा धाराशायी हुँदा देशको अर्थतन्त्र सङ्कटमा परेको बताउनुभएको छ । सो पार्टीका मेची-महाकाली समाजवादी जागरण अभियान अन्तर्गत आज बुटवलका उद्योगी व्यवसायीसँगको अन्तरक्रियामा उहाँले मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि, वन र खनिजमा आधारित उद्योगको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष नेपालले नीतिगत तहमै दलाल, विचौलिया र भ्रष्टहरुको भूमिकाले अर्थतन्त्र कमजोर बन्दै गएको दाबी गर्नुभयो । उहाँले उच्च तहको मिलेमतोकै कारण मुलुकमा भ्रष्टाचार बढेको र त्यसले स्वदेशको उद्योग धन्दा धाराशायी बनाएको टिप्पणी गर्नुभयो । उहाँले व्यवसायीमाथि अहिले वित्तीय शोषणसमेत भइरहेको बताउँदै कर तथा भन्सारसम्बन्धी नीति परिमार्जन र स्वदेशी उद्योगको विकास…

राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा बढाएर १५ करोड पुरयायाे
आर्थिक परिवेश

१९ असाेज, काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा यसअघिको १२ करोड रूपैयाको सीमा बढाएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा बढाएको हो । यसअघि शेयर धितो कर्जाका रुपमा समग्र वित्तीय प्रणालीबाट  १२ करोडसम्मको मात्रै कर्जा पाउने व्यवस्था थियो । त्यसलाई बढाएर व्यक्तिको हकमा १५ करोड र संस्थाको हकमा  २० करोड रूपैया  बनाइएको छ । “कुनै एक वा सबै इजाजत प्राप्त संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिक प्रवृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कूल १५ करोड रूपैया कायम गरिएको छ”, राष्ट्र बैंकले आज जारी गरेको संशोधित निर्देशिकामा भनिएको…