पशुपतिनगर भन्सारले ६ महिनामा एक करोड ३४ लाख रूपैया राजस्व सङ्कलन
आर्थिक परिवेश

१३ माघ, इलाम।  इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ को पुससम्ममा  एक करोड ३४ लाख १३ हजार रूपैया राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ६९ दशमलव ९६ प्रतिशत हो । आव २०८०÷८१ मा भन्सारले  एक करोड ९१ लाख ७१ हजार रूपैया राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । यसैगरी आव २०७७/७८ मा  एक करोड ८९ लाख ९९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको पशुपतिनगर भन्सारले  एक करोड दुई हजार राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख प्रवीन सुब्बाले जानकारी दिनुभयो । यस्तै आव २०७८/७९ मा रु दुई करोड ५३ लाख ४० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा  ८७ लाख ३८ हजार…

राजस्वको लक्ष्य हासिल गर्न व्यवसायको यथार्थ मूल्याङ्कनका आधारमा करको दायरमा ल्याउनुपर्छ : अर्थमन्त्री
आर्थिक परिवेश

१२ माघ, काठमाडौँ ।  अर्थमन्त्री डा प्रकाशशरण महतले भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । ७२औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा  शुकवार काठमाडाैमा आयोजित एक कार्यक्रममा मन्त्री डा महतले विभिन्न प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड तथा असल अभ्यासको प्रयोग गर्दै अत्याधुनिक भन्सार प्रशासन निर्माणतर्फ सबैको पहल आवश्यक रहेको औँल्याउनु भयाे । “समग्र भन्सार प्रशासनलाई सुदृढ बनाई राजस्वको लक्ष्य हासिल व्यवसायको यथार्थ मूल्याङ्कनका आधारमा करको दायरमा ल्याउनुपर्छ । भन्सार क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गरी अत्याधुनिक भन्सार प्रशासन निर्माणतर्फ केन्द्रित हुन आवश्यक छ”, मन्त्री महतले भन्नुभयो । मन्त्री महतले भन्सार क्षेत्रलाई प्रभावकारी बनाउन भन्सार प्रशासन नयाँ प्रविधि प्रयोग गर्न उत्सुक हुनुपर्नेमा…

बूढीगण्डकी जलविद्युत् परियोजनाको लगानी ढाँचा टुङ्गोमा
आर्थिक परिवेश

१० माघ,काठमाडाैं ।   राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत बूढीगण्डकी जलविद्युत् परियोजनाको लगानी ढाँचा टुङ्गो लागेको छ । सरकारले हालसम्म मुआब्जालगायतका शीर्षकमा खर्च गरेको रकमलाई छुट्याउँदा आयोजनाको कूल लागत रु तीन खर्ब दुई अर्ब ५८ करोड बराबर रहनेछ । सरकारले वातावरणीय र सामाजिक सुरक्षामा रु ७३ अर्ब २० करोड बराबर खर्च गर्नुपर्नेछ । त्यसमध्ये हालसम्म मुआब्जालगायतका शीर्षकमा रु ४३ अर्ब वितरण भइसकेको छ । यो रकमसमेत जोड्ने हो भने आयोजनाको कूल लागत रु तीन खर्ब ७५ अर्ब ७८ करोड बराबर हुनेछ । सरकारले वातावरणीय र सामाजिक सुरक्षाका नाममा खर्च गरेको रकमलाई भने ‘भायविलीटी ग्याप फण्ड’का रूपमा राखेको खण्डमा आयोजनाको लागत कम हुन…

विश्व विद्यालयलको परम्परामा ‘ब्रेक थ्रु’ गर्न लागिएकोले बौद्धिक समुदायको सहयोगको अपेक्षा छ : प्रधानमन्त्री
आर्थिक परिवेश

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रुपमा विकास गर्न आफू लागि परेको बताउनुभएको छ । शिक्षा क्षेत्रमा लामो समय योगदान दिनुभएका विज्ञसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उहाँले विश्वविद्यालयलाई राजनीतिक भागबण्डाको थलो बन्न नदिन खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न लागिएको स्पष्ट पार्नुभयो । “देश बनाउन सबभन्दा ‘बेष्ट ब्रेन’ केन्द्रित हुनुपर्छ, विश्व विद्यालयलाई राजनीतिक भागबण्डाको थलो बनाउनु हुँदैन भनेर विगतको परम्परामा ‘ब्रेक थ्रु’ गर्न लागिएको छ, यसमा बौद्धिक समुदायको साथ र सहयोगको अपेक्षा गरिएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । उहाँले आफू प्रधानमन्त्री भएदेखि नै उज्यालो र समुन्नत नेपालका लागि सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा…

आगामी बजेट माफर्त अधुरा आयोजना सम्पन्न गर्न जोड दिइने : प्रधानमन्त्री
आर्थिक परिवेश

०९ माघ,काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले यसपटकको बजेट कनिका छरेजस्तो नभई अधुरा आयोजनाहरूको निर्माण कार्य सम्पन्न गर्न जोड दिइने बताउनुभएको छ। मङ्गलवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीसम्बन्धी बैठकमा प्रधानमन्त्रीले प्रधानमन्त्रीले पुराना योजनाहरू अलपत्र पर्ने तर नयाँ–नयाँ योजना थपिँदै जाँदा एकातिर काम नहुने र अर्कोतर्फ ठूलो स्रोत खेर जाने भएकाले यसतर्फ गम्भीर हुन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “विकास भनेको योजनाबद्ध हुन्छ, हुनुपर्छ। बिना सम्भाव्यता अध्ययन, बिना उपयोगिता जहाँ पनि विकास माग्ने तर त्यसको…