आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुन्छ : प्रधानमन्त्री
आर्थिक परिवेश

२७ माघ, नुवाकोट (विदुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताउनुभएको छ । आठौँ नुवाकोट महोत्सवलाई शुक्रवार  सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले कृषि उत्पादन वृद्धि हुनेगरी बजेट निर्माण गरिने स्पष्ट पार्नुभयो । राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको जानकारी दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले  परम्परागत बजेट प्रणालीलाई रूपान्तरण गरिने बताउनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग छलफल गर्ने र सुझाव लिने काम भइरहेको बताउनुभयो । “अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्, विदेशी मुद्राको सञ्चिती तथा पर्यटकको आगमन वृद्धि भएको छ”, प्रधानमन्त्रीले भन्नुभयो, “यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन…

युवा जनशक्तिलाई देशमा रोक्न उद्यमशीलताको विकास गर्न सरकारले प्रेरित गर्नु पर्छ : ओली
आर्थिक परिवेश

२३ माघ, झापा ।   नेकपा एमाले पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जनशक्तिलाई रोक्न आफ्नै देशमा काम लगाउने र देशमा उद्यमशीलताको विकास गर्न सरकारले प्रेरित गर्नु पर्ने बताउनु भयो । झापाको शिवसताक्षी नगरपालिकामा आज एक कार्यक्रमबीच १० मेगावाट क्षमताको सौर्य ऊर्जा उद्घाटन कार्यक्रममा उहाँले देशको जनसङ्ख्याको ४० प्रतिशत युवा मध्ये आधा विदेशमा रहेकाले देशमै विकास गर्न यस्ता ऊर्जाको विकासमा जोड दिनु पर्ने उहाँले बताउनु भयो । झापा इनर्जी लिमिटेड कम्पनीले माछापुच्छ्रे र सिभिल बैङ्कको ७५ प्रतिशत र अन्य सेयर सदस्यबाट गरी ८५ करोड लगानीमा ऊर्जा सञ्चालन ल्याएको छ । साढे २१ विगाह जमिन खरिद गरी राखिएको सौर्य…

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, चालु खाता र शोधनान्तर बचतमा
आर्थिक परिवेश

२३ माघ,काठमाडौँ ।  चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार भएकाे देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको पुस मसान्तसम्म एक वर्षको वस्तु तथा सेवाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ । गत असार मसान्तसम्ममा  १५ खर्ब ३९ अर्ब ३६ करोड रूपेया बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति छ महिना अवधिमा १८ प्रतिशतले वृद्धि भई पुस मसान्त सम्ममा  १८ खर्ब १६ अर्ब ५७ करोड रूपैया  पुगेको छ । जुन हालसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति हो । योसँगै विदेशी मुद्रा सञ्चिति नेपालको वार्षिक…

कृषि क्षेत्रको विकास गरी देशमा उत्पादन वृद्धि र रोजगारी सृजनामा सरकार केन्द्रित भएको छ : प्रधानमन्त्री
आर्थिक परिवेश

२० माघ, काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकास गरी देशमा उत्पादन वृद्धि र रोजगारी सृजनामा सरकार केन्द्रित भएको बताउनु भएको छ । सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थौलीमा शनिवार दुधौली नगर अस्पतालको समुद्घाटन गर्दै प्रधानमन्त्री दाहालले कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको बताउनुभयो । स्वदेशमै रोजगारी सृजना गर्ने उद्देश्यले सरकारले रुग्ण उद्योग सञ्चालन गर्न लागेको जानकारी दिँदै उहाँले त्यस्ता उद्योग सञ्चालनका लागि सम्बन्धित मन्त्रालय र विभागलाई निर्देशन दिएको बताउनुभयो । भारत र चीन भ्रमणका क्रममा प्रधानमन्त्रीका रूपमा आफूले कृषिको यान्त्रिकीकरण र कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न पहल गरेको बताउनुभयो । नेपालको कृषिको विकासका लागि छिमेकी मुलुकबाट पनि…

पक्राउ परेका चाैधरी र थापालाई चार दिन हिरासतमा राख्न अनुमति
आर्थिक परिवेश

१८ माघ, काठमाडौँ । जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमानसिंह थापालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले चौधरी र थापालाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिनुभयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले व्यवसायी चौधरीलाई आज काठमाडौँको लैनचौर र थापालाई काठमाडौँको बत्तिसपुतलीबाट पक्राउ गरेको थियो । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा निजहरूलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।