काठमाडौंमा जारी अन्तर्राष्ट्रिय कर सम्मेलन ६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न
आर्थिक परिवेश

४ मंसिर, काठमाडौं । ६ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै तीन दिनदेखि काठमाडौंमा जारी अन्तर्राष्ट्रिय कर सम्मेलन २०२५ सम्पन्न भएको छ । विश्वका २० देशका करिब साढे ५ सय कर विज्ञ, व्यवसायी तथा नीति निर्माता सहभागी भएको सम्मेलन बिहीबार सम्पन्न भएको हो । एसिया-ओसियान ट्याक्स कन्सल्टेन्ट्स एसोसिएसन (एओटीसीए) को समन्वयमा हरेक वर्ष आयोजना हुँदै आएको यो सम्मेलन आगामी वर्ष हङकङमा आयोजना हुनेछ । मंगलबारदेखि सुरु भएको सम्मेलनमा ३ सय ५० जना अन्तर्राष्ट्रिय प्रतिनिधि र २ सय जना नेपाली कर व्यवसायी, नीतिनिर्माता, सरकारी अधिकारी, व्यवसायी तथा अन्तर्राष्ट्रिय विज्ञहरू सहभागी थिए । सम्मेलनको उद्घाटन अर्थसचिव घनश्याम उपाध्यायले गरेका थिए । नेपाल च्याम्बर…

निजी क्षेत्रको सुरक्षा बलियाे बनाउन सरकार प्रतिबद्ध : अर्थमन्त्री
आर्थिक परिवेश

०१ मंसिर, काठमाण्डौ ।   अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रको सुरक्षा मजबुत बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ । राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा आन्तरिक राजस्व विभागले काठमाडौमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री खनालले ‘जेनजी आन्दोलन’ले निजी क्षेत्रलाई त्रसित बनाएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै जेनजी आन्दोलनले देखाएको असन्तुष्टि केवल सरकार वा राजनीतिक दलप्रति मात्र नभई समग्र समाज र निजी क्षेत्रप्रतिको आक्रोशका रूपमा समेत प्रकट भएको उल्लेख गर्नु भयो । अर्थमन्त्री खनालले निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्ने दायित्व सरकारको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै सरकारले सुरक्षाको पूर्ण प्रत्याभूति गर्छ भन्नुभयो । अर्थमन्त्री खनालले इमानदार व्यवसायीलाई अनावश्यक झमेला हुने पूर्ण लेखापरीक्षण…

चौमासिकमा आम्दानीभन्दा खर्च बढी सरकार घाटामा
आर्थिक परिवेश

१ मंसिर, काठमाडौं ।   चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक (साउन–कात्तिक) मै सरकारको खर्च र आम्दानी बीच ठूलो अन्तर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आव कात्तिक मसान्तसम्म सरकारको खर्च ४ खर्ब ६८ अर्ब ८८ करोड ९४ लाख रुपैयाँ बराबर भएको छ । यो बीचमा आम्दानी भने ३ खर्ब ३३ अर्ब रुपैयाँ मात्र भएको छ । यस प्रकार सरकारको खर्च र आम्दानीका बीचमा १ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको खाडल देखिन्छ । यस वर्ष सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । कात्तिकसम्म भएको बजेट खर्च लक्ष्यको २२.८७ प्रतिशत हो ।…

आर्थिक क्षेत्र चलायमान बनाउन पुँजी बजार र सम्पत्ति बजारलाई थप चलायमान बनाउन आवश्यक : अर्थमन्त्री
आर्थिक परिवेश

 ३० कातिर्क, काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र आर्थिक क्षेत्र चलायमान बनाउनका लागि पुँजी बजार र सम्पत्ति (घरजग्गा) बजारलाई थप चलायमान बनाइन आवश्यक रहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले आइतवार काठमाण्डाैमा आयोजना गरेको ‘अर्थतन्त्रका समसामयिक विषयमा छलफल तथा संवाद’ कार्यक्रममा उहाँ अर्थमन्त्री खनालले आर्थिक गतिविधि बिस्तारका लागि पूजी बजार र वीत्त बजारकाे  सक्रियता अनिवार्य भएको बताउनुभयो । अर्थमन्त्री खनालका अनुसार घरजग्गा कारोबारमा देखिएका अवरोध हटाउन सरकारले अध्यादेशमार्फत कानुनमा आवश्यक परिवर्तन गर्न सक्ने विषयमा आन्तरिक छलफल भइरहेको छ । “घरजग्गा कारोबार सहज बनाउनका लागि अध्यादेशमार्फत केही व्यवस्था गर्ने वा सरकारले कार्यकारिणी अधिकार प्रयोग गरेर पनि सुधारका काम गर्न सक्छ”,…

नेपालको अर्थतन्त्रको विकासमा डा यादवप्रसाद पन्तको योगदान महत्वपूर्ण
पूर्व गभर्नर स्वर्गीय पन्तको १०० औँ जन्मजयन्ती

२९ कार्तिक, काठमाण्डौ । नेपालका धुरन्धर विद्धान डा. यादवप्रसाद पन्तको बहुआयामिक व्यक्तित्व र नेपालको अर्थतन्त्रमा उहाँको योगदान’ विषयक एक दिने विचार गोष्ठी शुक्रवार काठमाडौंमा सम्पन्न भएको छ । नेपाल सरकारका पूर्व अर्थमन्त्री एवम् नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर स्वर्गीय पन्तको १०० औँ जन्मजयन्तीका सन्दर्भमा नेपाल राष्ट्र बैंकद्वारा अायाेजित गोष्ठीमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपालको आधुनिक अर्थतन्त्रको जग बसाली नेपालको अर्थव्यवस्थालाई अन्तर्राष्ट्रिय क्षेत्रसँग आबद्ध गर्ने सन्दर्भमा डा. पन्तको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो । डा. पन्तलाई बहुआयामिक व्यक्तित्व’को रुपमा स्मरण गर्दै अर्थमन्त्री खनालले भन्नुभयो, “उहाँ कुनै एउटा विधामा मात्रै सीमित हुनुहुन्थेन । वित्तीय नीति र मौद्रिक नीतिसँगै कुशल योजनाकार ,कुटनीतिज्ञ र राजनीतिमा…