गत बर्ष पूँजीगत खर्च ४६.७९ प्रतिशतमा सीमित राजस्व संकलन समेत कम
आर्थिक परिवेश१ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा सरकारले गरेकाे कुल बजेट विनियोजनको आधा पनि विकास खर्च हुन नसकेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयको ३२ असारसम्मको तथ्यांक अनुसार पूँजीगत खर्च ४६.७९ प्रतिशतमात्र भएकाे छ । यस अवधीमा कुल खर्च भने लक्ष्यको ८०.५५ प्रतिशत मात्र भएको छ । ३२ साउनसम्म १५ खर्ब ८२ अर्ब १६ करोड रुपैयाँ मात्र बजेट खर्च सम्भव भएको छ । यस आवमा सरकारले ४ खर्ब ७ अर्ब ८८ करोड पूँजीगत खर्चको लक्ष्य राखेको थियो । तर, आर्थिक वर्षको अन्तिम दिनसम्म १ खर्ब ९० अर्ब ८४ करोड रुपैयाँ मात्र विकास खर्च भएको महालेखाको तथ्यांकले देखाएको छ…
महिला उद्यमशीलता विकासका लागि सहयाेग गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
आर्थिक परिवेश३२ असार, काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक कुनै पनि सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज महिला उद्यमी महासङ्घ नेपालका पदाधिकारीसँग भएको बृहत् छलफलमा प्रधानमन्त्री शाहले महिला उद्यमीहरूका सबै व्यवधान हटाउन सरकार जुटिरहेको र उत्पादित वस्तुहरू हरेक पर्यटकीय स्थलहरूमा प्रवर्द्धन गर्ने वातावरण मिलाउने जानकारी गराउनुभयो। छलफलमा महासङ्घका प्रतिनिधिज्यूहरूले निर्धक्कसँग काम गर्न सक्ने व्यवसायमैत्री वातावरण, वस्तु तथा सेवालाई राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विशेष कार्यक्रम व्यापार मेला, प्रदर्शनी, बि टु बी (बिजनेस म्याचिङ) एवं निर्यात प्रवर्द्धनमा अनिवार्य सहभागिताको माग गर्नुभयो। महासङ्घले ल्याएको ‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डलाई बजारमा स्थापित गराउन गरिएको आग्रहलाई…
एघार महिनामा मुल्य वृद्धि दाेब्बर : नेपाल राष्ट्र बैंक
आर्थिक परिवेश३० असार, काठमाडौं । चालु आर्थिक बर्षकाे ११ महिनामा अघिल्लो वर्षको तुलनामा यस वर्ष जेठमा महँगी झन्डै दोब्बर बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष सोही महिना यस्तो मुद्रास्फीति २.७२ प्रतिशतमात्र थियो । आर्थिक बर्ष २०८२/८३ को ११ महिनाको औसत मुद्रास्फीति भने २.८९ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्ष सोही अवधिमा औसत मुद्रास्फीति ४.२४ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थको तुलनामा गैरखाद्य तथा सेवा समूहको महँगी बढी देखिएको छ । राष्ट्र बैंकका अनुसार खाद्य तथा…
बैङ्क तथा वित्तीय संस्थालाई आफूसँग रहेका निष्क्रिय खाता न्यून गर्न निर्देशन
आर्थिक परिवेश२७ असार, काठमाडौँ । नेपाल राष्ट्र बैंकअन्तर्गतको बैङ्क तथा वित्तीय संस्था नियमन विभागले बैङ्क तथा वित्तीय संस्थालाई आफूसँग रहेका निष्क्रिय खातालाई न्यून गर्ने सम्बन्धमा कार्ययोजना बनाएर २०८३ पुस मसान्तसम्ममा लागू गर्नुपर्ने निर्देशन दिएको छ । राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’ वर्गका वाणिज्य बैङ्क, ‘ख’ वर्गका विकास बैङ्क र ‘ग’ वर्गका फाइनान्स कम्पनीहरूलाई शुक्रबार जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन तथा परिमार्जन गरेर निष्क्रिय खाता न्यूनीकरण गर्नेतर्फ आवश्यक काम अघि बढाउन निर्देशन दिएको हो । राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थामा रहेका सक्रिय खाता निष्क्रिय हुनु पूर्व फोन, एसएमएस र इमेललगायतका माध्यमबाट ग्राहकलाई नियमित रूपमा जानकारी गराउने व्यवस्था गर्न…
बजेट खर्चमा पुरानै पारा पूँजीगत खर्चकाे दयनीय अवस्था
आर्थिक परिवेश२६ असार, काठमाण्डाै । नेपालमा आर्थिक वर्षको अन्तिम समय असारमा आएर विकासे पैसा खर्च गर्ने परम्परालाइ वर्तमान सरकारले पनि निरन्तरता दिएको छ । चालु बजेट ३–३ जना अर्थमन्त्रीले खर्च गर्दा समेत चालु आर्थिक वर्ष २०८२–८३ बजेट हालसम्म जम्मा ७९.०४ प्रतिशत मात्र खर्च भएको छ । चालु अार्थिक बर्षका लागि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ४१ करोड रुपैयाँको बजेट ल्याउनु भएकाे थियाे । जुन बजेट पूर्वअर्थ सचिव समेत रहनु भएका अर्थमन्त्री रामेश्वर खनालले र त्यसपछि अर्थमन्त्री बन्नु भएका अर्थ विज्ञ डा. स्वर्णिम वाग्लेले समेत बजेट खर्च गर्नु भएकाे छ । तर पनि यस अवधीमा बजेट खर्च भने १२…