भूकम्प प्रतिरोधी संरचना निर्माण गर्ने कुरा दायित्व हो भन्ने यथार्थ आत्मसात गरौँ : प्रधानमन्त्री
आर्थिक परिवेश

०२ माघ,काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतका त्रासदीपूर्ण भूकम्पबाट शिक्षा लिएर भविष्यमा फेरि भूकम्पको पीडा भोग्न नपर्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ । २६औँ भूकम्प सुरक्षा दिवसका अवसरमा आज चन्द्रागिरिमा आयोजित कार्यक्रममा उहाँले भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर दायित्व हो भन्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विसं १९९० मा गएको महाभूकम्पको स्मरण गर्दै २०५५ सालदेखि हामी हरेक वर्ष भूकम्प सुरक्षा दिवसका रूपमा यस्तो जागरण तथा सङ्कल्पको कार्यक्रम हरेक वर्ष गर्दै आएका छौँ । आजको दिन मूलभूत रूपमा त्यो पीडा फेरि भोग्न नपरोस् भनेर काम गर्ने राष्ट्रिय सङ्कल्प गर्ने दिन पनि हो ।” भविष्यमा भूकम्पबाट कसैले ज्यान गुमाउन नपरोस्, घाइते…

छ महिनामा ४८ अर्ब ४६ करोड ५७ लाख बराबर बजेट घाटा
आर्थिक परिवेश

०१,माघ,काठमाडौं ।  आर्थिक वर्ष २०८०/८१को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । पुस मसान्तसम्ममा मुलुकले ४८ अर्ब ४६ करोड ५७ लाख बराबर बजेट घाटा व्यहोरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार बजेटको अर्धवार्षिक समीक्षा अवधिमा वार्षिक लक्ष्यको ३५ दशमलब १९ प्रतिशत आम्दानी र ३२ दशमलब ३५ प्रतिशत खर्च भएको छ । चालु आवका लागि सरकारले कूल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजश्व उठाउने लक्ष्य लिएकोे छ । ६ महिनाको अवधीमा पाँच खर्ब १८ अर्ब १५ करोड ५६ लाख बराबर राजश्व असुली भएको छ । यो वार्षिक लक्ष्यको ३५ दशमलव १९ प्रतिशत बराबर…

सरकारका तर्फबाट निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम तत्काल भुक्तानी हुने
आर्थिक परिवेश

२९ पुष, काठमाडौँ ।  निर्माण व्यवसायीलाई सरकारका तर्फबाट भुक्तानी  गर्नुपर्ने रकम  तत्काल भुक्तानी हुने  भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्ष सिंहदरबारमा आइतवार सम्पन्न छलफल पछि निर्माण व्यवसायीले भुक्तानी पाउनुपर्ने रकम निकासाको प्रक्रियालाइ आजै अगाडि बढाउने निर्णय भएको हो । छलफलमा प्रधानमन्त्री दाहालले    निर्माण व्यवसायीको गत आर्थिक वर्षकाे तथा चालु आवको अहिलेसम्मको दायित्व भुक्तानीको प्रक्रिया अगाडि बढाउन सम्वदध निकायहरूलाइ र्निदेशन दिनु भ्एकाे हाे  । अर्थमन्त्री डा प्रकाशशरण महत, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा बैकुण्ठ अर्याल, अर्थ सचिव डा कृष्णहरि पुष्कर, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसहितको छलफलपछि आजै भुक्तानीको प्रक्रिया अगाडि…

पाँच महिनाकाे अवधीमा नेपालबाट विदेशियाे ४७ अर्ब ३५ करोड रुपैयाँ
आर्थिक परिवेश

२६ पुस, काठमाडौं ।  नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थी संख्या बढेसँगै  पाँच महिनाकाे अवधीमा ४७ अर्ब ३५ करोड रुपैयाँ नेपालबाट विदेशिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ५ महिनामा भ्रमण व्ययतर्फ ७५ अर्ब ७३ करोड रुपैयाँ विदेशिएको छ । यसमध्ये शिक्षाका लागि मात्र ४७ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको हो । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १८ अर्ब ५४ करोड बढी हो । गतवर्ष ५ महिनामा शिक्षामा २८ अर्ब ८१ करोड विदेशिएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार सेवा खाता अन्तर्गत भ्रमण व्यय ५९.५ प्रतिशतले बढेको छ । भ्रमण आय भने ४७.५ प्रतिशतले…

बिप्रेषण आप्रवाह बढेर ५ महिनामा ६ खर्ब १३ अर्ब २५ करोड
आर्थिक परिवेश

२६ पुस, काठमाडौं ।  चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँच महिनामा बिप्रेषण आप्रवाह मासिकरूपमा  एक खर्ब भन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि मंसिरसम्म ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यस अनुसार यस वर्ष हरेक महिना १ खर्ब रुपैयाँ भन्दा माथि रेमिट्यान्स आएको छ । मंसिर महिनामा मात्र १ खर्ब ३५ अर्ब २९ करोड रुपैयाँले रेमिट्यान्स नेपालमा भित्रिएको छ । कात्तिक मसान्तसम्म ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रहेको रेमिट्यान्स मंसिर मसान्तमा पुग्दा ६ खर्ब नाघेको हो । नेपाल राष्ट्र बैंकका अनुसार मंसिरसम्मको रेमिट्यान्स गत वर्षको यसै अवधिको तुलनामा…