चीनको आयात र निर्यात ३.९ खर्ब युआन पुग्याे, व्यापार वृद्धिमा स्थिरताको सङ्केत
आर्थिक परिवेश

२२ मंसिर, काठमाडौं ।  उत्तरी क्षिमेकी मुलुक चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ। चिनियाँ भन्सार प्रशासनका अनुसार यो वृद्धि दर वर्षको पहिलो १० महिनामा देखिएको ३.६ प्रतिशतको दरसँग स्थिर रहेको छ। यसले चीनको व्यापार वृद्धिमा स्थिरता आएको सङ्केत गर्दछ। विशेषगरी नोभेम्बर महिनामा मात्र चीनको आयात र निर्यात ३.९ खर्ब युआनमा पुगेको छ, जुन वर्षभरको तुलनामा ४.१ प्रतिशतले बढेको हो। यसमा निर्यातको योगदान ठूलो रहेको जनाइएको छ। विश्लेषकहरूले चीनको विदेशी व्यापारमा यो स्थिर वृद्धि विश्व अर्थतन्त्रमा चीनको योगदान र निर्यात–आयात दुवै क्षेत्रको सन्तुलनको सङ्केत भएको बताएका छन्। चीनले मुख्य रूपमा…

विश्व व्यापार संगठनमा नेपालको तेस्रो व्यापार नीति समीक्षा
आर्थिक परिवेश

०३ मंसिर, काठमाण्डौ ।    स्वीटजरल्याण्डको जेनेभास्थित विश्व व्यापार संगठन (डब्लूटीओ) मा नेपालको तेस्रो व्यापार नीति समीक्षा बैठक सम्पन्न भएको छ । बैठकमा नेपालले विश्व व्यापार संगठन (डब्लूटीओ) मा आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ । सोमबारदेखि जेनेभामा सुरु भएको तेस्रो व्यापार नीति समीक्षा बैठक बुधबार सकिएको हो । समीक्षाका क्रममा नेपालले व्यापार तथा लगानीका क्षेत्रमा गरेको संस्थागत,कानुनी तथा नीतिगत सुधारबारे जानकारी गराएको थियो । बैठकमा नेपालले,महिला र युवा उद्यमशीलता प्रवद्र्धन,जलवायु सहनशील व्यापार संरचना विकास र लगानी आकर्षित गर्न अपनाइएका उपायलाई जानकारी गराएको छ । समीक्षा बैठकमा डब्लूटीओका ४२ सदस्य राष्ट्र सहभागी थिए । त्यसमा १७ सदस्यले नेपाललाई अग्रिम रूपमै…

नेपालको रेटिङ दोस्रो पटक पनि बीबी माइनस
आर्थिक परिवेश

०२ म‌सिर काठमाडौं ।  नेपालले सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ)मा ‘बीबी माइनस’ पाएको छ । नेपालले पाएको यो रेटिङ दोस्रो पटक हो । गत वर्ष पनि नेपालले सोही रेटिङ प्राप्त गरेको थियो । अर्थ मन्त्रालयका अनुसार क्रेडिट ‘रेटिङ’का लागि विश्वभर कहलिएको अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच’ले सन् २०२५ का लागि ‘फिट्च रेटिङ्स’बाट दोस्रो पटक यस्तो रेटिङ्स प्राप्त गरेको हो । यससंगै क्रेडिट रेटिङले नेपालको दीर्घकालीन दायित्व पूरा गर्ने क्षमतालाई अन्तर्राष्ट्रिय रूपमा पुनः राम्रो देखाएको छ । यो रेटिङले मुलुकभित्र सकारात्मक आर्थिक आधार तयार हुँदै गएको कुरालाई देखाएको मन्त्रालयले जनाएको छ । यो रेटिङले नेपाललाई वैदेशिक लगानी बढाउन मद्दत पुर्‍याउने मन्त्रालयले जनाएको छ…

३ महिनामा विदेशी विनिमय सञ्चिति बढेर २९ खर्ब ७९ अर्ब ८१ करोड पुग्याे
आर्थिक परिवेश

३० कार्तिक, काठमाण्डौ ।    नेपालमा विदेशी मुद्राको सञ्चिति बढेर ३० खर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक (साउन–असोज) मा विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ । २०८२ असार मसान्तसम्म विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको थियो । अमेरिकी डलरमा असार मसान्तसम्म १९ अर्ब ५० करोड सञ्चिति रहेकोमा असोज मसान्तसम्म ८.७ प्रतिशतले बढेर २१ अर्ब २१ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार चालु आवको तेस्रो महिनासम्मको तथ्यांकलाई आधार मान्दा विदेशी विनिमय सञ्चिति १९.९ महिनाको वस्तु…

नेपालको अर्थतन्त्रको विकासमा डा यादवप्रसाद पन्तको योगदान महत्वपूर्ण
पूर्व गभर्नर स्वर्गीय पन्तको १०० औँ जन्मजयन्ती

२९ कार्तिक, काठमाण्डौ । नेपालका धुरन्धर विद्धान डा. यादवप्रसाद पन्तको बहुआयामिक व्यक्तित्व र नेपालको अर्थतन्त्रमा उहाँको योगदान’ विषयक एक दिने विचार गोष्ठी शुक्रवार काठमाडौंमा सम्पन्न भएको छ । नेपाल सरकारका पूर्व अर्थमन्त्री एवम् नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर स्वर्गीय पन्तको १०० औँ जन्मजयन्तीका सन्दर्भमा नेपाल राष्ट्र बैंकद्वारा अायाेजित गोष्ठीमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपालको आधुनिक अर्थतन्त्रको जग बसाली नेपालको अर्थव्यवस्थालाई अन्तर्राष्ट्रिय क्षेत्रसँग आबद्ध गर्ने सन्दर्भमा डा. पन्तको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो । डा. पन्तलाई बहुआयामिक व्यक्तित्व’को रुपमा स्मरण गर्दै अर्थमन्त्री खनालले भन्नुभयो, “उहाँ कुनै एउटा विधामा मात्रै सीमित हुनुहुन्थेन । वित्तीय नीति र मौद्रिक नीतिसँगै कुशल योजनाकार ,कुटनीतिज्ञ र राजनीतिमा…