जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, विकसित देशले क्षतिपूर्ति दिनुपर्छ : अर्थमन्त्री पुन
आर्थिक परिवेश

६ वैशाख,वासिङटन ।  अर्थमन्त्री वर्षमान पुन अनन्तले जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपाल जलवायुको उच्च जोखिममा हुनुमा आफूहरुको योगदान न्यून रहेको बताउनु भएकाे छ । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन संयुक्त बैठकमा सहभागी हुन अमेरिका पुगेका पुनले वासिङटनडिसीमा आयोजित भी–२० को १२औं मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै त्यसताे धारणा राख्नु भएकाे हाे  । मन्त्री पुनले बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित विकासोन्मुख मुलुकले सामना गरिरहेको समस्याबारे विश्व समुदाय समयमै सचेत र गम्भीर हुनुपर्ने बताउनु भयाे  । जलवायु परिवर्तनको प्रभावका कारण नेपालमा खास गरी गरिब र सीमान्तकृत…

विश्व बैक, अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्षहरूसंग नेपालमा लगानी बढाउन अर्थमन्त्रीकाे आग्रह
आर्थिक परिवेश

५ वैशाख , वासिड.टन डिसि ।   अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेन तथा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटीसँग वासिङटन डिसीस्थित विश्व बैंक मुख्यालयमा गएराति  छुट्टाछुट्टै वार्ता गर्नु भएकाे छ  । विश्व बैंक उपाध्यक्ष आकिहिको निसिओसँग अर्थमन्त्रीले आगामी जुनमा काठमाण्डौँमा विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ बैठक गर्ने नेपालको प्रस्ताव स्वीकार गरेकामा धन्यवाद दिनु भयाे  । आईडा बैठकको राम्रो तयारी भइरहेको भन्दै त्यसका लागि काठमाडौँस्थित विश्व बैंकको देशीय कार्यालयसँग समन्वय गरिरहेको अर्थमन्त्रीले बताउनु भयाे । अर्थमन्त्रीले नेपालमा सहुलियतपूर्ण कर्जा वा अनुदानमार्फत लगानीका थप क्षेत्र पहिल्याउन भेटका क्रममा उहाँहरूलाइ आग्रह गर्नु भयाे  ।…

विप्रेषण आप्रवाह गत बर्षकाे तुलनामा ४.३ प्रतिशतले घट्याे
आर्थिक परिवेश

२२ चैत्र, काठमाडौं। चालु आर्थिक वर्षको आठ महिनामा नेपालमा नौ खर्ब ६१ अर्ब २२ करोड रूपैया बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले बिहिवार  सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार  विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्ताे विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८ दशमलव आठ प्रतिशतले वृद्धि भई सात अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४ दशमलव आठ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ८६ हजार नौ सय…

नेपाली राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग लगानी सम्मेलनलाई लक्षित  गरी भर्चुअल बैठक
आर्थिक परिवेश

१८ चैत्र, काठमाडौं ।  अर्थमन्त्री वर्षमान पुनले  विदेशस्थित ४० भन्दाबढी  नेपाली राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग लगानी सम्मेलनलाई लक्षित  गरी भर्चुअल बैठककाे माध्यमबाट छलपफल गर्नु भएकाे छ । आगामी १६ र १७ वैशाखमा तय भएको लगानी सम्मेलन तयारीस्वरुप मन्त्री पुनले राजदूत र नियोग प्रमुखहरूलाई अबको एक महिना लगानी सम्मेलन केन्द्रित भएर काम गर्न प्रधानमन्त्रीका तर्फबाट निर्देशन दिनु भयाे  । ‘लगानी सम्मेलन राष्ट्रको इज्जत, प्रतिष्ठा, गौरबको विषयसँग जोडिएको छ’, भन्दै मन्त्री पुनले , ‘सम्माननीय प्रधानमन्त्रीज्यूकै तर्फबाट म यहाँहरूलाई आग्रह गर्छु कि अबको एक महिना सबै काम छाडेर यसैमा लाग्नुस् ।’ मन्त्री पुनले विदेशी विकास साझेदार, ठूला लगानीकर्ता, सम्भावित लगानीकर्ता, कार्यक्रमका वक्ता…

अन्तर्राष्ट्रिय बजारमा नेपाली मौलिक समानको प्रवद्र्धनका लागि सहकार्य गर्ने सहमती
आर्थिक परिवेश

१४ चैत्र, काठमाडाैं  ।    गैर आवासीय नेपाली संघ (एनआरएनए) र नेपाल सरकार उद्योग वाणिज्य आपूर्ति मन्त्रालय अन्तर्गत रहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी)बीच नेपालमा उत्पादन भएको सामाग्री अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा संघका अध्यक्ष डा बद्री केसी र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी)का तर्फबाट  कार्यकारी निर्देशक शरद विक्रम राणाले हस्ताक्षर गर्नुभएको हो । समझदारी अनुसार टीइपीसी र एनआरएनएको सहकार्यम नेपाली सामानको अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, नेपाली मौलिक सामानलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने तय भएकाे छ  । समझदारीमा  नेपाली डायस्पोरामा बढी भन्दा बढी मात्रामा नेपाली सामानको उपभोग गर्ने तथा गर्न प्रोत्साहन…