धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्दै नेपालमा लक्ष्मीपूजा तथा तिहार मनाइदै ।
आर्थिक परिवेश

काठमाडौं। धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्दै नेपालमा लक्ष्मीपूजा तथा तिहार मनाइदै छ ।  आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ । यमपञ्चकको महत्वपूर्ण दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ । कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर…

नेपाल दश हजार जनासम्म शान्ति सैनिक खटाउन कटिबद्ध, मुख्य सचिव
आर्थिक परिवेश

काठमाण्डौ । संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसर पारेर विश्व शान्ति स्थापना कार्यमा नेपाल र नेपाली सेनाको सहभागिता तथा योगदानको स्मरण एवं भविष्यमा नेपाली शान्ति सैनिकहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्य अनुरुप एक दिने अन्तर्राष्ट्रिय सेमिनार काठमाण्डौमा सम्पन्न भएको छ । आइतवार जङ्गी अड्डामा आयोजित एक दिने अन्तर्राष्ट्रिय सेमिनारको नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले उद्घाटन गर्नु भयो । मुख्यसचिव बैरागीले संयुक्त राष्ट्रसंघ स्थापनाको ७७ वर्ष पुगेको साथै राष्ट्रसंघमा नेपालको ६० वर्ष लामो सदस्यता तथा विश्व शान्ति स्थापनामा नेपालको ६४ वर्ष लामो सहभागिताको रहेको चर्चा गर्नु भयो । मुख्य सचिव बैरागीले नेपालद्वारा संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा महत्वपूर्ण सहभागिता र योगदानमार्फत विश्व शान्ति…

स्पेनी राजाको नेपाल भ्रमणको चाहना
आर्थिक परिवेश

काठमाण्डौ । नेपालसंग पुरानो सम्बन्ध भएको युरोपेली मुलक स्पेनका राजा फिलिपे छैठौंले नेपाल भ्रमणको चाहना व्यक्त गर्नु भएको छ । नेपाली राजदूतका रुपमा नियुक्त डा. शर्मिला पराजुली ढकालको ओहोदाको प्रमाणपत्र ग्रहणका क्रममा स्पेनी राजाले यस अघि अनौपचारिक रुपमा नेपालको भ्रमण गरेको स्मरण गर्दै उपयुक्त समयमा पुनः नेपाल भ्रमण गर्ने चाहना गरेको बताउनु भएको हो । भेटका क्रममा स्पेनी राजाले नेपालमा कोभिड तथा हालैको बाढी पहिरोका कारण ज्यान गुमाएकाप्रति समवेदना प्रकट गर्दै राजदूत ढकालको कार्यकालमा दुई देशबीच परस्परको सहकार्य र सहयोगका आधारमा सम्बन्ध थप सुमधुर हुने विश्वास व्यक्त गर्नु भएको स्पेनस्थित नेपाली दुतावासले जनाएको छ । तयस अवसरमा राजदूत ढकालले नेपालमा…

डलरको मूल्य वृद्धि सहित अन्य कारणले नेपालको मुल्यवृद्धि डबल डिजिट नजिक
आर्थिक परिवेश

काठमाडौं । चालु आर्थिक बर्षको भदौ महिनामा नेपालको मूल्यवृद्धि दर दोब्बरभन्दा माथि पुगेको छ । गत बर्षको भदौमा ३.४९ प्रतिशत रहेको मूल्यवृद्धि दर यसपालीको भदौसम्म आइपुग्दा बढेर ८.६४ प्रतिशत पुगेको हो । राष्ट्र बैंकले शुक्रबार भदौको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै खाद्यान्नको भाउ ८.१७ प्रतिशतले बढ्दा गैर–खाद्य क्षेत्रको भाउ ९.०२ प्रतिशतले बढेको जनाएको छ । हरेक क्षेत्रको भाउ बढेको राष्ट्र बैंकको भनाइ छ । फलफूल, घ्युतेल, रेष्टुरेन्ट तथा होटल, मदिराजन्य पदार्थदेखि तरकारीसम्मको भाउ बढेको प्रतिवेदनले औल्याएको छ । स्वास्थ्य सेवादेखि फर्निसिङ, घरायसी उपकरण, शिक्षा लगायतको भाउ बढेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार पत्याउने हो भने हिमालपछि काठमाडौंको मूल्यवृद्धि…

सीमाबाट हुने तस्करी नियन्त्रण गर्न व्यवसायीहरुको आग्रह, सीमापारी किनमेलमा जानेलाई रोक्न नसकिन्न सिडिओ
आर्थिक परिवेश

बेलहिया,रुपन्देही । खुल्ला सिमानाको फाइदा उठाउँदै चोरी तस्करी बढ्दासमेत स्थानीय प्रशासनले नियन्त्रणका लागि पहल नगरेको भन्दै रुपन्देहीको सीमा क्षेत्रका व्यवसायीले स्थानीय प्रशासनको आलोचना गरेका छन् । उद्योग व्यापार सङ्गठन, रूपन्देहीको १५औँ वार्षिक साधारणसभामा कार्यक्रमका नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले मुलुकलाई आत्मनिर्भर बनाउन सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ ।” कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष ओमकार गौचनले खुलेआम चोरी तस्करी भइरहदा पनि प्रहरी प्रशासनले नियन्त्रणमा पहल नै नगरेको बताउनुभयो । गौचनले सीमापारी सुनौलीमा चाडपर्वका बेला करोडौँको व्यापार हुँदा सीमावारी नेपाली बजार भैरहवा क्षेत्रका व्यवसायीको…