मुलुककाे आर्थिक अवस्थाका वारेमा प्नधानमन्त्रीबाट निजी क्षेत्र र दलहरूसँग छलफल
आर्थिक परिवेश०५ मंसिर,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेपालको आर्थिक अवस्था र चुनाैतिहरूका वारेमा मंगलवार निजी क्षेत्र र विभिन्न दलका प्रतिनिधिसहित छलफल गर्नु भएको छ । सरकारले आन्तरिक छलफलपछि अर्थतन्त्रका समस्या समाधानका उपाय पहिल्याउन राजनीतिक दलका प्रतिनिधि, अर्थविद्, निजी क्षेत्र लगायत सरोकारवालासँग छलफलको आयोजना गरेको हो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएकाे छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्रलाई चलायमान बनाउन सरकार निजी क्षेत्रको साथमा रहेको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले सबैको साझा प्रयासबाट मात्रै अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्न सकिने भएकाले अर्थतन्त्रको सुधारका लागि मिलेर काम गर्न सरोकारवाला सबैको सहयोग र साथ रहनुपर्ने बताउनु भएकाे छलफलबाट बाहिरिनु भएका नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सञ्चारकर्मीलाई…
डा. थापाको जीवनीमा आधारित ‘राष्ट्र–परराष्ट्र’ पुस्तक सार्वजनिक
आर्थिक परिवेश५ मङ्सिर,काठमाडौँ । वरिष्ठ अर्थशास्त्री एवं कूटनीतिज्ञ डा भेषबहादुर थापाको जीवनीमा आधारित ‘राष्ट्र–परराष्ट्र’ पुस्तक आज सार्वजनिक भएको छ । पत्रकार हरिबहादुर थापाद्वारा लिखित सो पुस्तक फाइन प्रिन्टले प्रकाशन गरेको हो । डा थापाले २०६० को दशकदेखि करिब ४० वर्ष नेपालको प्रशासनिक, आर्थिक तथा कूटनीतिक क्षेत्रमा पु¥याउनुभएको योगदान, भूमिका र अनुभवलाई पुस्तकमा समेटिएको छ । विमोचन समारोहमा सांसद् एवं अर्थशास्त्री डा स्वर्णिम वाग्लेले नेपालको आर्थिक तथा कूटनीतिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका डा थापाको जीवनीमा आधारित महत्वपूर्ण पुस्तकबाट सम्पूर्ण नेपाली लाभान्वित हुने धारणा व्यक्त गर्नुभयो । सांसद सुमना श्रेष्ठले डा थापाको जीवनीमा आधारित पुस्तक हाम्रो र भावी पुस्ताका लागि महत्वपूर्ण ग्रन्थ हुने…
सी जिनपिङ र जो बाइडेन बीच सानफ्रान्सिस्कोमा भेटवार्ता सम्बन्ध सुधारकाे संकेत
आर्थिक परिवेश३० कात्तिक, काठमाडौं । अमेरिका र चीनका राष्ट्रपतिबीच अमेरिकाकाे क्यालिफोर्नियामा भेटवार्ता भएको छ । अमेरिकाको क्यालिफोर्नियामा आयोजित एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिनपिङबीच सनफ्रान्सिस्कोस्थित फिलोली एस्टेटमा भेटवार्ता भएको हो । बाइडेन र सीबीचको यो भेटवार्ता लामो समयदेखिको दुइ देश बीचकाे तिक्तता घटाउन सहयोगी बन्ने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । भेटवार्ता पछि पत्रकार भेटघाटमा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र चीन बीच सैन्य सम्पर्क फेरि स्थापित हुने बताउनु भएकाे बीबीसीले जनाएको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सीले दुवै देशले संयुक्त रुपमा सही धारणा विकसित गर्नुपर्ने…
गैरआवासीय नेपाली संघले नव निर्वाचित पदाधिकारीहरूकाे जिम्मेवारी ताेक्याे
आर्थिक परिवेश२८ कार्तिक, काठमाडाैं । गैरआवासीय नेपाली संघले नव निर्वाचित पदाधिकारीहरूकाे जिम्मेवारी ताेकेकाे छ । अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा सोमबार (१३ नोभेम्बर २०२३) बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रवक्तामा फणिन्द्र पन्तलाई मनोनयन गरेको छ । पन्तलाई आगामी दुई वर्षको लागि मनोनयन गर्ने निर्णय गरिएको हो । बैठकले विभिन्न पदाधिकारीहरुलाई विभागीय जिम्मेवारी समेत तोकेको छ । मिलियन तथा मेघा परियोजना डा. केसी जस अन्तर्गत १०० मिलियन तथा मेघा परियोजनाको प्रमुखमा डा. बद्री केसी, सदस्य सचिवमा टीका गुरुङ, संगठन तथा प्रशासन प्रमुखमा गौरीराज जोशी र सदस्य सचिवमा प्रविण गुरुङ तथा सोम सापकोटालाई जिम्मेवारी तोकिएको छ ।…
कोरला नाका खुले पछि स्थानीय बासिन्दालाई आवतजावत सहज
आर्थिक परिवेश२८ कार्तिक, काठमाडौं । काेराेला नाका संचालनसंगै मुस्ताङका सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको (नेचुङ–लिजी) बजार आवतजावत गर्न पाउने भएका छन् । चार वर्षपछि खुलेको कोरला नाकाबाट मुस्ताङका सबै पाँच वटै स्थानीय तहका बासिन्दालाई आवतजावत गर्न दिने दुई देशका जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुबीच सोमबार सहमति भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले जानकारी दिनुभयाे । यसअघि चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर चीन जान पाउने अनुमति थियो। ‘कोरला नाकाको उद्घाटनपछि भएको बैठकमा हामी (नेपाल) पक्षबाट मुस्ताङका सबै बासिन्दालाई कोरला नाकामा सिमापारको अनुमतिको व्यवस्था गर्न प्रस्ताव गरेका थियौ,’ उहाँले जानकारी…