दश महिनामा भित्रियो १० खर्ब बढी विप्रेषण
आर्थिक परिवेश

२६ जेठ, काठमाडाैं ।  चालु आर्थिक वर्षको १० महिनामा कूल रु १० खर्ब पाँच अर्ब विप्रेषण मुलुकभित्र भित्रिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्यामा बढोत्तरी भएको तथा वैधानिक तवरबाटै विप्रेषण भित्रन थालेकाकले आप्रवाहमा सुधार देखिएको हो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनासम्मको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव पाँच प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव चार प्रतिशतले वृद्धि भई सात अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह एक दशमलव दुई प्रतिशतले…

मेराे भारत भ्रमण पूर्ण रुपमा सफल भयो : प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश

२४ जेठ, काठमाडाैं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालै सम्पन्न गर्नुभएको भारतको औपचारिक भ्रमणका बारेमा राष्ट्रियसभालाई जानकारी गराउनुभएको छ । राष्ट्रियसभाको बुधवारकाे बैठकमा सार्वजनिक महत्वको विषयमा सम्बोधन गर्नुहुँदै उहाँले भारत भ्रमण पूर्ण रुपमा सफल भएको र त्यसक्रममा केही महत्वपूर्ण सहमतिसमेत भएको जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभामा आज गर्नुभएको सम्बोधनको पूर्णपाठ । मित्रराष्ट्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा मैले गत जेठ १७ देखि २० गतेसम्म भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी फर्केको छु । भ्रमणका अवसरमा भएका द्विपक्षीय भेटघाट एवम् कार्यक्रमहरूका बारेमा यहाँहरू अवगत नै हुनुहुन्छ । नेपाल र भारतबीच सदियौँ पुरानो तथा घनिष्ट सम्बन्ध रहिआएको…

प्रमसँग परमाणु परीक्षण प्रतिबन्ध सन्धिका एक्जुकेटिभ सेक्रेटरी र राजदूतकाे भेट
आर्थिक परिवेश

२४ जेठ,काठमाडाैं ।  प्रधानमन्त्री पुष्पकमल दाहालसँग परमाणु परीक्षण प्रतिबन्ध सन्धिका एक्जुकेटिभ सेक्रेटरी रोबर्ट प्लोयर्डले  बुधवार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री दाहालले परमाणु परीक्षण नियन्त्रणका सन्दर्भमा संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो । एक्जुकेटिभ सेक्रेटरी रोबर्टले नेपालका तर्फबाट जनाइएको प्रतिबद्धताका बारेमा प्रसन्नता व्यक्त गर्नुभएको थियो । त्यसै गरी  प्रधानमन्त्री दाहालसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत इलिवेथ भोन क्यापेलरले पनि बुधवार नै शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटका अवसरमा नेपाल र स्वीट्जरल्याण्डको आपसी सम्बन्ध र द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल र भारतबीच दुई महत्वपूर्ण पाइप लाइन सहित ७ बुँदे सहमति
आर्थिक परिवेश

१८ जेठ, नयाँदिल्ली,भारत ।  इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा दुई महत्वपूर्ण पाइप लाइन निर्माणमा सहमति भएको छ । त्यसका लागि भारतले झण्डै रु १७ अर्ब बराबरको सहयोग उपलब्ध गराउने भएको छ । त्यसबाट दुई वटा पेट्रोलियम पाइपलाइन परियोजना र एक भण्डारण स्थल निर्माण हुने भएको छ । भण्डारण स्थल भने नेपालले आफ्नै खर्चमा निर्माण गर्नुपर्नेछ । पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि भारतको सिलिगुडीदेखि झापासम्म र बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ । यस्तै झापामा भण्डारण स्थल…

नेपाल र भारतका प्रधानमन्त्रीले कार्गो रेल्वे सेवाको उद्घाटन
आर्थिक परिवेश

 १८ जेठ, नयाँदिल्ली, भारत । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र उहाँका भारतीय समकक्षी  प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे सेवाको बिहिवार संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ । नयाँदिल्लीस्थित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर कार्गो रेल्वे सेवाको उद्घाटन गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्ड र उहाँका भारतीय समकक्षी मोदीले झण्डा देखाएपछि बथनाहाबाट भारतीय पक्षले कार्गो रेललाई बिदाइ र बुधनगरमा नेपाली सरकारी अधिकारीले स्वागत गर्नेछन् । विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकीसम्म आइपुग्ने सो मालवाहक रेलले केही उद्योगका लागि कच्चापदार्थ ढुवानी गरेको छ । लामो समयदेखि कोशी प्रदेशका व्यवसायीले सीमा क्षेत्र बथनाहादेखि विराटनगरको…