भारतले पेट्रोलियम पदार्थ र रासायनिक मलको निरन्तर आपूर्तिको प्रतिबद्धता जनायाे
आर्थिक परिवेश

२४ वैशाख, काठमाडौं ।   भारतीय विदेश मन्त्रालयले पेट्रोलियम पदार्थ र रासायनिक मलको   नेपाललाई निरन्तर आपूर्तिको प्रतिबद्धता दोहोर्‍याएको छ । बिहीबार साप्ताहिक मिडिया ब्रिफिङका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले दुई देशबीचको व्यापारिक र रणनीतिक सहकार्य बलियाे रहेको बताउनु भयाे  । नेपालमा अत्यावश्यक वस्तु आपूर्तिबारे सोधिएको प्रश्नको जवाफ दिँदै उहाँले दुई देशबीचको आयात-निर्यात प्रक्रिया निरन्तर जारी रहेकाे समेत जानकारी दिनु भयाे  । ‘नेपाल र भारतबीच पेट्रोलियम पदार्थका सन्दर्भमा जुन सहयोग सम्झौता छ, हामीले सोही सम्झौता अनुसार नै इन्धन आपूर्ति गरिरहेका छौं,’ पेट्रोलियम पदार्थ आपूर्तिका विषयमा प्रवक्ता जैसवालले भन्नु भयाे , ‘यो प्रक्रिया आगामी दिनमा पनि सोही अनुरूप चल्ने छ ।’…

विकास प्रतिवेदनमा सार्कका सदस्य राष्ट्रहरूकाे सहमति
आर्थिक परिवेश

 ११ बैशाख, काठमाडौँ ।     एशियाली विकास बैककाे सहयाेगमा  तयार भएकाे  विकास प्रतिवेदनमा सार्कका सदस्य राष्ट्रहरूले सहमति जनाएका छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को गरिबी निवारणसम्बन्धी अन्तरसरकारी विज्ञ समूहको बिहीबार मालद्विभ्सको राजधानी मालेमा सम्पन्न दोस्रो बैठकमा त्यस्तो सहमति भएको हो । मालदिभ्सका वित्त तथा सार्वजनिक उद्यम राज्यमन्त्री हुसेन इमरान अब्दुल मुआइमिनले बैठकको उद्घाटन गर्दै क्षेत्रीय सहकार्य विस्तार र आर्थिक वृद्धिमा जोड दिनुभएको सार्क सचिवालयले जनाएको छ । सार्क सचिवालयकी निर्देशक (सूचना तथा गरिबी निवारण) प्रथमा उप्रेतीले बैठक आयोजना गरेकामा मालदिभ्स सरकारलाई धन्यवाद दिँदै क्षेत्रीय सहकार्य प्रवद्र्धनमा निरन्तर सहयोगका लागि एसियाली विकास बैङ्कप्रति आभार व्यक्त गर्नुभयो । सार्क…

आईएमएफले नेपालको आर्थिक वृद्धिको प्रक्षेपण २.२ प्रतिशतले घटायाे
आर्थिक परिवेश

५ वैशाख, काठमाडौं ।   अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले चालू आर्थिक वर्षको नेपालको आर्थिक वृद्धिको प्रक्षेपण २.२ प्रतिशत बिन्दुले घटाएको छ । यसअघि गत अक्टोबरमा आईएमएफले नेपालले चालु आवमा ५.२ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण सार्वजनिक गरेको थियो । तर, त्यस प्रक्षेपणमा उच्च अंकले कटौती गर्दै आईएमएफले यो वर्ष ३ प्रतिशत मात्रै आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गरेको हो । मध्यपूर्वमा जारी तनाव तथा गत सेप्टेम्बरमा नेपालमा भएको आन्दोलनको प्रभावस्वरुप नेपालको आर्थिक वृद्धि कम हुने आईएमएफले उल्लेख गरेको छ । आगामी आर्थिक वर्ष २०२७ को आर्थिक वृद्धिको प्रक्षेपण पनि ०.५ प्रतिशत बिन्दुले घटाउँदै आईएमएफले  ४.६ प्रतिशतमा सीमित गरेको छ । अहिलेको…

अमेरिका इरान बीचकाे इस्लामावाद  बार्ता निष्कर्ष विहिन
आर्थिक परिवेश

२९ चैत, इस्लामावाद ।   विशवभर निकै चासाेका साथ हेरिएकाे  अमेरिका इरान बीचकाे इस्लामावादमा  बार्ता विना निष्कर्ष सकिएकाे छ  । इरानसँग वार्ताका लागि इस्लामावाद पुगेको अमेरिकी प्रतिनिधिमण्डल कुनै पनि सम्झौता नगरी स्वदेश फर्किएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको टोली वार्ता असफल भएपछि फर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । टोली अब्बास नगरस्थित होटल सेरेनामै पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै वार्तामा सहमति नजुटेको पुष्टि गरेको हो। उप राष्ट्रपति भान्सले इरान अमेरिकी प्रस्ताव स्वीकार गर्न तयार नभएको बताउनुभएकाे छ। उहाँले आफूहरूले स्पष्ट सर्त राखेको र केही विषयमा लचकता देखाए पनि इरानी पक्षले ती स्वीकार नगरेको दाबी गर्रनुभयाे । तर कुन–कुन सर्त अस्वीकार भए भन्ने…

अमेरिका र इरानबीच उच्चस्तरीय वार्ता शनिबारदेखि पाकिस्तानमा सुरु हुँदै
आर्थिक परिवेश

२८ चैत, इस्लामाबाद ।    मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप अमेरिका र इरानबीच उच्चस्तरीय वार्ता शनिबारदेखि पाकिस्तानमा सुरु हुने भएको छ । एक महिनाअघि सुरु भएको युद्धपछि पहिलोपटक दुवै पक्ष आमनेसामने हुन लागेका हुन् । यसलाई सम्भावित दीर्घकालीन शान्तितर्फको प्रारम्भिक कदमका रूपमा हेरिएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल यस वार्तामा सहभागी हुन इस्लामाबाद पुग्दैछ । यसअघि नै इरानी टोली संसद्का अध्यक्ष मोहम्मद बाघेर कालिबाफको नेतृत्वमा त्यहाँ आइपुगेको छ । उहाँले लेबनानमा इजरायलसँगको युद्धविराम सुनिश्चित भएमा मात्र अवरुद्ध इरानी सम्पत्तिको रिहाइ बारे छलफल हुने सङ्केत गर्नुभएको छ । यद्यपि, वार्ता सुरु हुनुअघि नै चुनौतीहरू स्पष्ट देखिएका…